समाचार

चार राउण्ड गोली र जर्मन पेस्तोल सहित काठ्माण्डौमा लामा पक्राउ

सुर्यखबर संबाददाता,

काठमाडौं । काठ्माण्डौमा केहि राउण्ड गोली सहित एक ब्यक्ती पक्राउ परेका छन् । झण्डै दुई हप्ता अगाडीमात्र काठ्माण्डौको मध्यबानेस्वरको सेन्टर क्याफेमा गणेश लामालाई हतियार प्रहार गरी सख्त घाईते पारीएको थियो ।

सर्लाहीका कुमार लामालाई नेपाल प्रहरीको बिशेष टोलीले सूचनाका आधारमा पक्राउ गरेको बताईएको छ ।

अपराध अनुसँधान बिभाग काठ्माण्डौका प्रमुख बिक्रमसिँह थापाका अनुसार जर्मनीमा बनेको पेस्तोल र लोड गरिएको सहित चार राउण्ड गोली सहित लामा तीनकुनेबाट पक्राउ परेका हुन् ।
लामालाई हातहतियार तथा खरखजनाएन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीले उनलाई हतियार कारोबारीको आशँका समेत गरेको छ ।