प्रवास

जनसम्पर्क समिती जापानमा सापकोटा

तुलसा खनाल

काठ्माण्डौ, असार १४, २०७३ ।
बिदेश स्थित नेपाली कांग्रेसको भातृसंघ नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रीय अधिबेसन बाट बाग्लुङका  यदुराम सापकोटा सभापती पदमा निर्वाचीत भएका छन्।

 

सानै उमेर देखी कांग्रेस राजनीति सँग निकट हुदै आएका   सापकोटा  उमेर ले २३ बर्ष मात्र पुगेपनि त्यहाँका सबै युवाहरुलाई समेटेर चुनाबी मैदानमा हुमीएका थिए। उमेर सानो छ भनेर काम गर्न सक्दैन, हुदैन भनेर हल्ला नफिजाउन आग्रह गरेका सापकोटाले धेरै दबाबको बिचमा उमेदवारी दर्ता गरेका थिए।

 

सभापति मै उमेदवारी घोषणा गरेका लक्ष्मण थापा र एकेन्द्र थापा बाट सापकोटालाई साथ दिएपछी, लक्ष्मण थापाको प्रस्ताब र एकेन्द्र थापाको समर्थनमा सापकोटाको उमेदवारी दर्ता भएको थियो। कौणीन्य गौत्रीय सापकोटाको प्रतीस्प्रधी गुल्मीका टिकाराम खरेल थिए।

चुनाबी मैदानमा गुल्मी  बाग्लुङ को प्रतिस्पर्धा जस्तै देखिएको थियो। सोमवार विहान सार्वजानिक मत परिणाम अनुसार प्रतिस्पर्धी टिकाराम खरेलसंग चुनावी मैदानमा उत्रिएका सापकोटाले ८३ मत पाई विजयी भए । खरेलले जम्मा ७५ मत पाएका थिए ।

निर्बाचित पदाधिकारीहरु प्रमाणपत्रसहित

यस्तै उपसभापतिमा सर्वाधिक मत पाउदै एकेन्द्र थापा ९२ तथा सुजन खडका ६९ मत ल्याएर विजयी भए । सचिब बिमान सिंह मोक्तान तामाङ्ग भने सर्वसम्मत चुनिएका थिए । यस्तै सहसचिवमा बालकृष्ण अर्याल निर्वाचित भएका छन् । उनले ७९ मत ल्याउदै विजयी भए भने कोषाध्यक्षमा रमा कोईराला ८३ मत लिएर  चुनिईन ।
कान्तो क्षेत्रको पदाधिकारी चयनमा सर्वसम्मत गर्न विभिन्न चरणमा छलफल तथा सहमति प्रयास भएपनि आकाँक्षी वढेपछि निर्वाचन गरिएको थियो । सभापतिमा पाँचजना आकाक्षी रहेका थिए । यस्तै उपसभा पतिमा पनि ५ जना आकाक्षी भएपछि पदाधिकारी चयन निर्वाचनबाट गरिएको थियो ।

 

यस्तै सर्वसम्मत चयन गरिएका सदस्यहरुमा गणेश बिष्ट, कृपन दाहाल, राम सिम्खडा, केशव पौडेल, गणेश जैसी, रमेश डँगोल र राजन भारी रहेका छन । उनीहरुले सोमवार एक समारोहकावीच पदभार ग्रहण गरिसकेका छन्।
कामता टोकियोमा भएको अधिवेशनमा विभिन्न चरणमा कार्यक्रम गरिएको थियो । नजिकदो जनसम्पर्क समिति केन्द्रको अधिवेशनका कारण आफनो प्रभाव देखाउन जनसम्पर्कका विशिष्ठ पदाधिकारीहरुको बाक्लो सहभागिता रहेको थियो।