कुराकानी

आफुले लेखेको कुरा स्वतन्त्र पुस्टि हुन सक्नु पर्छ – प्रेशकाउन्सील सदस्य, दीपक पाठक

केहिदिन अघि मात्र केपी ओली सरकारको क्याबिनेट स्तरको निर्णयबाट  प्रेश काउन्सीलको सदस्यमा मनोनीत भएका दीपक पाठकको मीडीयामा धेरै नै नकारात्मक प्रचार भयो । कुनै ठूला मीडीयाले नै  नट्वरलालको प्रेश काउन्सीलमा नियुक्ती भनेर प्रचार गरे भने, कुनैले प्रहरीको फरार अभियुक्तलाई नियुक्त, त कसैले आफ्नै तरीकाले पाठकको बिरोध गरे । मार्गदर्शन मासिक पत्रिकाका संपादकका रुपमा एक दशकभन्दा बढी काम गरेका उनी प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रेशकाउन्सीलको सदस्यमा मोनीत भएका थिए । संचारमन्त्री शेरधन राईले समेत आफुले नचाहदा नचाहदै सो पदमा नियुक्त गरिएको भनेर मीडीयामा समेत भनीसकेका छन् । दीपक पाठक को हुन् ? अखिर उनी कसोरी नटवरलाल भए त? उनमा उक्त पद सम्हाल्ने योग्यता क्षमता थियो कि थिएन त ? यसै बिषयमा सुर्यखबर प्रतिनिधिले प्रेशकाउन्सील सदस्य दीपक पाठकसँग गरेको छोटो कुराकानी :
१. प्रेश काउन्सिल सदस्यमा भएको तापाई को नियुक्तिको ब्यापक बिरोध भईरहेको छ नि त्यस बिरोधलाई लिएर के भन्नु हुन्छ ? 
तपाइँको प्रस्न प्रति नै मेरो आम्सिक मात्र सहमति छ किन भने प्रेश काउन्शिलमा मेरो नियुक्ति भएकोमा ब्यापकु  बिरोध भएको म ठान्दिन ।

खालि केहि लालामोहरियाहरु  जो  आफुलाई सधै नेपालि पत्रकारिता को मुलधार हु भन्न रुचाउछन् मुठी भर लोभी पापीहरु जसले नियोजीत ढंगले मेरो नियुक्ति को बिरोध गरिरहेका छन् ।

यो बिरोध प्रायोजित र नियोजित छ भन्ने कुरा धेरै राम्रा पत्रकार साथिहरुले थाहा पाई सक्नु भएको छ, साधारण बुझ्ने मान्छेले पनि राम्रोसँग थाहा पाईसकेका छन् ।

प्रेशकाउन्सिललार्इ लामो समय देखि बन्दि बनाएर आफ्नो पहेलो धन्दा संचालन गरिरहेका केहि कथित पत्रकारहरुले मेरो नियुक्तिलाइ लिएर  तल्लो स्तरको हर्कत देखाई बिरोध गरिरहेका छन्  त्यसले उनिहरुको लुटको स्वर्गमा पहिरो गएको छ  भन्ने कुरा महसुश गर्न सकिन्छ ।

अर्को कुरा मेरो नियुक्ति सरकारले गरेको हो यो कुनै व्यक्तिले खल्तीबाट निकालेर दिएको कुरा हैन, सरकारले प्रेशकाउन्सिल जस्तो गरिमामय पदमा कम्तिमा पत्रकारितामा  स्नातकोत्तर  गरेको यौटा पढेलेखेको र पत्रकारिताको मूल्य र मान्यतालार्इ बुझेको व्यक्तिलार्इ नियुक्ति गर्दा केहि मान्छेको टाउको दुख्दा उनीहरुको हैसियत प्रस्ट हुन्छ ।

यसमा मलाइ थप केहि भन्नु छैन किन पनि भने प्रेश काउन्सिल यस्ता व्यक्तिहरुको घेरामा छ जसको पत्रकारितामा अत्यन्तै निक्रिस्ट हैसियत छ  तपाइँलाइ एउटामात्र उदाहरण दिउ, प्रेश काउन्सिलमा एकजना मान्छे छ जसको म नाम लिन चाहन्न उ त्यहा १६ वर्ष देखि अड्डा जमाएर बसेको छ, पत्रकारिता क्षेत्रमा उसको काम भनेको  पहेलो धन्दा संचालन गरेर दुनियाँ लार्इ दुःख दिनु हो जब उसको विरुद्धमा प्रेश काउन्सिलमा उजुरी पर्छ ति उजुरी दर्ता नै हुन पाउदैनन् म तेस्ता बिकृतिलार्इ भत्काउन चाहन्छु जुन कुरा तिन का गिरोहलार्इ नपचेको मात्र हो ।
 २. तपाइँलार्इ प्रहरीको फरार अभियुक्त भनेर प्रचार गरियो नि त ?
हेर्नुस म कानुन को बिद्यार्थी पनि हु म नेपाल ल क्याम्पस बाट कानुन बिषयको स्नातकोत्तरको अन्तिम वर्षको परीक्षा दिएर बसेको छु कसैलाई फरार अभियुक्त भनेर अभियोजन गर्ने काम राज्यको हो, कसैले कुनै मनगधणन्ते कुरा लेखेर कोहि पनि व्यक्ति फरार अभियुक्त हुन्छ भन्ने कुरा कम्तिमा मैले पढेको कानुनमा चाहि मैले पाएको छैन ।

अब पत्रकारितामा धेरै सुद्धिकरणको खाँचो मैले उठाई रहेको बिषय हो । मेरो पत्रकारिताको १८ बर्से करिअरमा मैले सिकेको कुरा के हो भने आफुले लेखेको कुराको स्वतन्त्र पुस्टि हुन सक्नु पर्छ नत्र त्यो पित पत्रकारिता हुन जान्छ ।

पत्रकारितामा पढेलेखेका मानिसहरु आउनु पर्छ भनेर मैले भन्दै आएको तेसै हैन । अध्ययनले मान्छेलार्इ मान्छे बन्न सिकाउछ तर हामी कहा अन्त कतै नबिकेको मान्छे पत्रकारितामा आउने अनौठो  रोग छ कम्तिमा मेरो इथिक्सले भने त्यसो गर्न दिदैन मेरो अन्तिम सास रहुन्जेल सम्म म मेरो मान्यता मा अडिग रहन्छु र लडिरहन्छु । प्रेश काउन्सीलको सदस्य पदमात्र मेरोलागी ठूलो कुरा होईन ।
३. तपाइँ  पुरानो पत्रकार तर तपाइँको नियुक्तिलार्इ लिएर ठूला मीडीयाका  पुरानै पत्रकारहरुले पनि गुनासो गरेको देखियो नि ?
मैले तपाइँ लार्इ अघि नै भने सके मैले पत्रकारिता सुरु गरेको १८ वर्ष भयेछ , यस बीचमा मैले उठाएका  बिषयहरुले राष्ट्रिय मान्यता स्तापित गरि सकेका छन् , अहिले मैले किटानी र प्रमाण सहित लेखेका केहि भ्रस्टहरु अख्तियारमा बयान दिई रहेका छन्  ।

अब कुरा रह्यो पुरानाहरुले केहि गुनासो गरे भन्ने कुरा त्यो मेरो जानकारीमा छैनन् कथम कदाचित त्यस्तो भयो भने पनि मानिसको उमेर र उसको बौदीकताको साइनो सोहि अनुरुपको हुनु पर्छ भन्ने छैन ।

सबै भन्दा ठुलो कुरा मान्छे कति बौदिक छ भन्ने हो उ कति पुरानो वा बुढो भयो भन्ने कुरा ले उसको बौदीकता को मापन गर्न सक्दैन ।
४. सर्बोच अदालतको पछिल्लो निर्णयको बारेमा तपाइँ को के भनाइ छ ?

म आफैँ पनि कानुन को बिद्यार्थी हु, म कानुनि राज्यको पक्षपाती हु, म न्यायालय को फैसलालार्इ उच्चताकासाथ सम्मान गर्छु ।
५ं तपाइँ प्रेश चौतारीमा पनि आबद्ध हुनुहुन्छ,  चौतारीका केहि साथिहरु नै तपाइँ को बिरोधमा लागे अदालत नै पुगे ? यसलाई  के भन्नु हुञ्छ ?
म प्रेश चौतारीको साधारण सदस्य हुँ, अब कसैलाई पनि बिधि र प्रक्रिया भित्र रहेर बिरोध गर्ने छुट हुन्छ तर कसैको बहकाबमा लागेर कोहि कोहि त्यो बिधि र प्रक्रियालार्इ अटेरी गर्छन् भने त्यो अराजकता हो त्यसको बारेमा सम्बन्धित संगठन गम्भीर हुन पर्छ सरोकार बुढी मरी भन्ने भन्दा पनि काल पल्कियो भन्ने कुरा महत्व पूर्ण हो जस्तो लाग्छ मलार्इ ।

६.तपाई दीपक पाठकलाई आफैले परीचय दिदा के भन्नुहुन्छ ?

म  झपाको सामान्य परिवारमा जन्मीएको साधारण नागरीक हुं, काठ्माण्डौलाई कार्यक्षेत्र बनाएको छु, पत्रकारीतामा डीग्री गरेको छु, लोकतन्त्र, मानब अधिकार, न्यायका पक्षमा कलम चलाउछु । मेरो पेसा पत्रकारीता हो । मेरो  परिचय सामान्यतयाः यहि हो ।

 

७. अन्त्यमा  केहि भन्नु छ ?
मेरो भन्नु कति हो भने नेपाली पत्रकारिताको बिकास गर्न पढेलेखेका र यस को मूल्य मान्यतालार्इ स्थापित गराउन सक्ने मान्छे पत्रकारितामा आउनु पर्छ, जवाफदेहि बन्न सक्ने मान्छे यस क्षेत्रमा आउन जरुरी छ,  म त्यसैको पक्षमा सदैब आफ्नो अध्ययन र क्षमतालाइ केन्द्रित गर्दछु मेरो नियुक्तिले एउटा आन्दोलन को प्रतिनिधित्व गरेको छ म त्यो आन्दोलनको अगुवा हुन पाएकोमा खुसि छु भबिस्यमा,  पहेलो पत्रकारिताका गिरोहहरु यो क्षेत्रबाट बिस्थापित हुने आन्दोलनको सुरुवात भैसकेको छ त्यसको नेतृत्व लिन म तयार थिए र छु ।