विचार/ब्लग

नेपालको बजेट लीक चर्चा , भारत बेलायत लगायत देशमा पनि भएको थियो बजेट लीक ( पद्नुस पुरा )

काठमाडौं,जेठ १८ ।

नेपाली राजनीति अहिले बजेट लीक बारे मुद्दाले ताती रहेको छ । शनिबार संसदमा प्रस्तुत भएको बजेट संसदमा आउनु भन्दा अगाडिनै दैनिक पत्रिकामा आएको भनेर सोमबार बैठक माथि छलफल गर्न बसेको संसदको बैठक प्रमुख प्रतिपक्ष्ये  कांग्रेसको अबरोधले गर्दा स्थगित भयो । छानबिनको लागि संसदीय समिति गठनको माग राख्दै  कांग्रेसले चार पटकसम्म बैठक स्थगित गर्यो । सरकारले  सत्ता साजेदारसंग छलफल गरेर  कांग्रेससंग बार्ता गर्ने निर्णय गरेको संसद चलाउने पहल गरेको छ  । नेपालका यो भन्दा अगाडी बजेट लीकको घटना नपाएपनि विश्वका अन्य देशमा भने बजेट लीकले ठुलै चर्चा पाएको इतिहास छ ।

 

यूरोपियन मुलुक  बेलायतमा  तीन बर्ष अगाडी बजेट लीक भएको घटनाले बबाल भएको थियो  । बेलायती  अर्थ मन्त्रि जर्ज ओस्बोरनले संसदमा बजेट पेस गर्नु भन्दा केहि  मिनेट अगाडी लन्डनको एउटा सन्ध्याकालिन दैनिकले बजेटको मुख्य कुरा अनलाइनमा  प्रकाशित गरेको थियो  । संसदमा पेस हुन ५ मिनेट अगाडी सो पत्रिकाले ट्वीटरमा   पनि बजेटको  मुख्य अंश प्रिन्ट भई रहेको फोटो पोस्ट गरेको थियो ।

 

दैनिक सात लाख बिक्रि हुने सो पत्रिकाले बजेट लीक गरेको बारे बेलायतमा धेरै निन्दा र चासो भएको थियो  । कतिपय अर्थबिदले  बजेट लीकले   केहि ब्यापारीलाई फाइदा पुगेको बताएका थिए  । बेलायती संसद हाउस अफ कमनले   सो घटना बारे छानबिन समिति गठन गर्दै माफी समेत मागेको थियो  ।

 

हाम्रो छीमेकी मुलुक भारतको इतिहास हेर्ने हो  भने  बजेट लीक एकपटक भएको देखिन्छ । भारत स्वतन्त्र भए संगै बजेट बनाउन थालिएको भारतमा १९५०मा बजेट लीक भएको थियो  । बजेट छाप्ने छापाखानाबाट नै बजेट लीक भएको थियो । यो बर्षको बजेट बनाउदा  भारतले बजेट सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको थियो  । बजेट बनाउने कोठामा येक्श्रे स्कान  राखिएको थियो  त्यस्तै शक्तिशालि फोन जामरहरुको प्रयोग गरेर भित्र बाट बाहिर कल र मेसेज नजाने बनाइएको थियो  ।

 

त्यस्तै विश्वको दोस्रो ठूलो देश क्यानडामा सन्  १९८९ मा  बजेट लीक भएको थियो । सो  घटनामा संलग्न भएको आरोपमा  एकजना पत्रकार र चार जना सरकारी अधिकारीलाई कारबाही गरिएको थियो  ।