• Friday, January 27th, 2017
  • मङ्गलबार, १६ जेठ २०७४

खेलकुद

स्याबास नेपालकी छोरी, जसले फेरि एकपटक नेपाललाई विश्वभर चिनाइदिइन् !

काठमाण्डौ । विश्वको एउटा अर्को नयाँ प्रतिस्पर्धामा नेपालकी अल्ट्रा म्याराथुन धाविका मिरा राई विजयी भएकी छन् । विश्वप्रसिद्ध टेलिभिजन च्यानलल नेश्नल जोग्राफीको एडभन्चर अफ दी एयर २०१७ मा भएको प्रतिस्पर्धामा धाविका राई विजयी भएकी हुन् । धाविका राइले विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहासीहरुको सुचीमा आफ्नो नाम अंकित गरेकी छन् । धाविका राईले...

पुरा समाचार

शनिबारदेखि खुल्ला राष्ट्रिय कराँते प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । गुह्येश्वरी बोर्डिङ हाइ स्कुलको आयोजनामा जिबीएचस कप खुला राष्ट्रिय कराँते प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न २४ जिल्लाका ३ सय पुरुष र १ सय महिला गरी जम्मा ४ सय खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सानुबाबु गिरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कुमुतेमा २२ र एकल कातामा २ गरी जम्मा...

पुरा समाचार

दशरथचन्द स्मृति क्रिकेट: त्रिलोचन र एकेडेमी विजयी

बैतडी । बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यु –१९ आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लब विजयी भएका छन् ।

पुरा समाचार

१५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिता आज(सोमबार)देखि सुरु हुँदै

काठमाडौं । ज्ञान निकेतन हायर सेकेन्डरी स्कुलको आयोजनामा १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ४ विधामा जम्मा ४३ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रिन्सिपल शेरबहादुर कुँवरले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

पुरा समाचार

कराँतेमा नेपाल च्याम्पियन

झापा । बनियानीमा आयोजित अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा १५ स्वर्ण, सात रजत र २० कास्य पदक जित्दै नेपालले उपाधि जितेको हो । यस्तै एउटा स्वर्ण, चार रजत र चार कास्य पदकका साथ भुटान दोस्रो तथा तीन रजत, एउटा कास्य पदकका साथ भारत तेस्रो भएको छ । सो प्रतियोगितामा दुई रजत...

पुरा समाचार

पदक विजेता टोली स्वदेश फर्कियो

काठमाडौं । दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको पदक विजेता खेलाडीसहितको टोली बुधबार स्वदेश फर्किएको छ । श्रीलंकाको कोलम्बोमा जनवरी १५ र १६ तारिखमा भएको प्रतियोगितामा नेपालले पुरुष/महिला रेगु र डबल्समा गरी जम्मा ४ स्पर्धामा सहभागिता जनाएको थियो । चारै स्पर्धामा नेपाल रजत पदक जित्न सफल भएको थियो ।

पुरा समाचार

क्रिकेट प्रशिक्षणका लागि नेपालले श्रीलंकासँग राख्यो यस्तो प्रस्ताव

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र श्रीलंकाको खेलकुद मन्त्रालयका डाइरेक्टर जेनरल समन बन्दराबीच सोमबार भेटवार्ता भएको छ । भेट श्रीलंकाको कोलम्बो सेभेनस्थित खेलकुद मन्त्रालयमा भएको कोलम्बोबाट राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।

पुरा समाचार

फाइनलमा पुगे इमेज र कान्तिपुर

काठमाण्डौ । चौथो र छैटौं संस्करणको विजेता इमेज च्यानल र डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप आठौं मिडिया कप फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् । ७ टिम सहभागी प्रतियोगिताको लिग खेलमा दुवै आ–आफ्नो समूहबाट विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । इमेज समूह ‘बी’ तथा कान्तिपुर समूह ‘ए’ को विजेताका हैसियतले सेमिफाइनल पुगेका थिए ।

पुरा समाचार

मंगलबारबाट दोस्रो रामेछाप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । दोस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिवल प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद विकास समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

पुरा समाचार

एपी वन सेमिफाइनलमा

काठमाडौँ । एपी वन शुक्रबार नेपाल टेलिभिजनलाई गोलरहित बराबरीमा रोकेर आठौं मिडिया कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तिम लिग खेलमा पूर्व विजेता नेपाल टेलिभिजनलाई बराबरीमा रोकेपछि एपी वन समूह उपविजेताको हैसियतले अगाडि बढ्यो ।

पुरा समाचार

छैटौ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता चैतमा हुँदै

काठमाण्डौ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा छैटौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता चैत २५ र २६ गते राजधानीमा हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजीमुनि र ७५ केजीमाथि गरी जम्मा ६ तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव राजन श्रेष्ठले जानकारी गराए ।

पुरा समाचार

बिमल स्मृति भलिबलको उपाधि सेनालाई

दार्चुला । स्व. बिमल सिंह बुढाथोकीको स्मृतिमा सञ्चालित भलिबल तथा सांस्कृतिक कार्यक्रम बुधबार समापन भएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशिको खुल्ला भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाको दुर्गादल गुल्मले हात पारेको छ । स्थानीय भगवती युवा क्बल सर्मोलीलाई ३–० को सोझो सेटमा हराउँदै सेनाले उक्त उपाधिमाथि कब्जा गर्न सफल भएको हो ।

पुरा समाचार

राष्ट्रिय खेलकुद परिषद अन्तर्गतको छानबिन समितिले गर्यो महत्वपूर्ण निर्णय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट/फुटबलमा भएको अनिमियतता र गैरजिम्मेवारीको बारेमा छानविन गर्न गठन गरेको समितिले सम्बन्धित निकायलाई पत्रचार गर्ने निर्णय गरेको छ । राखेपका सदस्य समेत रहेका समितिका संयोजक देवकुमार अधिकारी (बद्री) को अध्यक्षतामा सोमबार बसेको समितिको पहिलो बैठकले प्रारम्भमा सो निर्णय गरेको हो ।

पुरा समाचार

मिडिया कप फुटबल प्रतियोगितामा इमेजको विजयी सुरुआत

काठमाण्डौ । इमेज च्यानल आठौं मिडिया कप फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’ को लिग खेलमा इमेजले अन्नपूर्ण पोष्टलाई ३–० गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि सम्वद्र्धन प्रधानले २ तथा विजय कार्कीले १ गोल गरे । प्रतियोगिताको नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठले एक कार्यक्रमबीच...

पुरा समाचार

आइतबार मिडिया कप फुटबल प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । नेपाल ओलम्पिक संग्राहलयको आयोजनामा आठौं मिडिया कप फुटबल प्रतियोगिता आइतबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ । प्रतियोगितामा ७ टिमको सहभागिता रहने संग्राहलयका संस्थापक अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

पुरा समाचार

केपी ओलीले गरे मदन स्मृति रंगशालाको उद्घाटन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मदन स्मृति रंगशालाको शनिबार उद्घाटन गरेका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अग्रसरतामा निर्माण सुरु गरिएको रंगशालाको तस्बीर अनावरण गरी अध्यक्ष ओलीले उद्घाटन गरेका हुन् । चन्द्रागिरी नगरपालिकाको ठूलो ढुंगामा स्थानिय वन उपभोक्ता समितिको स्वामित्वमा रहेको जग्गामा रंगशाला निर्माण थालिएको हो । सुरुआतमा जग्गालाई...

पुरा समाचार

शनिबार बैंकक जाँदै टेनिस टोली

काठमाण्डौ । आईटीएफ डिभिजन– २ च्याम्पियनसिप खेल्न नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको बैंकक जाने भएको छ । प्रतियोगितामा समान ३–३ पुरुष/महिला गरी ६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरा समाचार

शनिबारदेखि भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नक आउट फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।

पुरा समाचार

कप्तान महेन्द्रसिंह धोनीले दिए राजीनामा

एजेन्सी– भारतीय क्रिकेट जगतका स्टार महेन्द्रसिंह धोनीले एकदिवसीय टिमको कप्तानीबाट राजीनामा दिएका छन् । यसअघि सन् २००७ मा कप्तान बनेका धोनीले इंग्ल्यान्ड विरुद्धको एकदिवसीय श्रृंखलाको पूर्वसन्ध्यामा कप्तानबाट राजीनामा दिएका हुन् ।

पुरा समाचार

साफ च्याम्पियनसिपः नेपाल भारतसँग पराजित

काठमाडौँ । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो । जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ । भारतका जितमा कमलादेवी, इन्दुमती र सस्मिता मलिकले एक एक गोल गरे ।

पुरा समाचार

        civil-investment-trust