• Monday, February 13th, 2017
  • मङ्गलबार, १५ चैत २०७३

खेलकुद

नेपाल पुलिस च्याम्पियन

काठमाडौं । प्रथम काठमाडौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको फाइटमा नेपाल च्याम्पियन भएको छ । आइतबार सम्पन्न प्रतियोगिताको सिनियरतर्फ नेपाल पुलिस क्लबले ३ स्वर्ण, ४ रजत र २ काँस्य जितेर च्याम्पियन भैरहँदा नेपालकै यति तेक्वान्दो डोजाङ २ स्वर्णका साथ दोस्रो भएको छ ।

पुरा समाचार

आइकिडोमा १४ सदस्यीय केन्द्रीय समिति निर्माण

काठमाण्डौ । नेपाल आइकिडो संघको दोश्रो साधारणसभाले शितकर राजभण्डारीलाई अध्यक्षमा निरन्तरता दिदै १४ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा सानु गुरुङ, उपाध्यक्षद्वयमा मणिकुमार सुनुवार र एविराज राई, महासचिवमा प्रमोदराज अधिकारी, उप महासचिवमा नहकुल राई, सचिवमा गंगा राई तथा कोषाध्यक्षमा चन्द्रबहादुर तामाङ रहेका छन् । केशवराज खनाल, गृमान पुन, उमा श्रेष्ठ,...

पुरा समाचार

सातदोबाटास्थित टेनिस कोर्टमा भारतले चीनलाई हरायो

काठमाण्डौ । भारतका गुन्जन जाधव र अथर्व शर्माको जोडीले नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपको पुरुष डबल्स उपाधि शुक्रबार जितेका छन् । अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुन्जन र अथर्वको जोडीले चीनका पेनग्यु र ग्वाङसेन वेनको जोडीलाई ६–४ र ७–६(२) को सेटमा पराजित गरे ।

पुरा समाचार

फिफामा राजदूत बन्दै म्याराडोना

जुरिच । डिएगो म्याराडोनाले फिफामा दूतको भूमिका पाउने भएका छन् । फिफाले अर्जेन्टिनी महान् खेलाडीलाई संसारभर फुटबल खेलको प्रवद्र्धनमा उतार्न चाहेको छ । ५६ बर्षीय म्याराडोना विकास परियोजनाहरुमा संलग्न हुनेछन् ।

पुरा समाचार

दृष्टिविहीन नेपाली क्रिकेटरले राखे कीर्तिमान

काठमाण्डौ । नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन्। जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन्।

पुरा समाचार

सुनसरीमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

सुनसरी । सुनसरीमा आगामी फागुन २१ गतेदेखि जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । बक्लौरी गाविस खेलकुद समितिको अयोजनामा सो प्रतियोगितामा हुन लागेको हो ।

पुरा समाचार

इनोभेटिभ र एचएचसीए उपाधिनजिक

काठमाडौं । आयोजक इनोभेटिभ इङलिस स्कुल र डिफेन्डिङ च्याम्पियन एचएचसीए छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

पुरा समाचार

नोटिभ र एचएचसीए सेमिफाइनलमा

काठमाडौं । आयोजक इनोभेटिभ इङलिस स्कुल र एचएचसीए छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । इनोभेटिभले बेबिलनलाई ४०–३४ ले पराजित ग¥यो । इनोभेटिभको जितमा ईश्वर सापकोटाले १६ अंक योगदान गरे ।

पुरा समाचार

निम्सले जित्यो उपाधि

काठमाडौं । आयोजक निम्सले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । निम्स सिनियर ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो ।

पुरा समाचार

भ्याली पब्लिकलाई दोहोरो सफलता

काठमाण्डौ । भ्याली पब्लिक हायर सेकेन्डरी स्कुल, काठमाडौंले छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार दोहोरो जित हात पारेको छ ।

पुरा समाचार

ललितपुर उपमहानगरपालिकाले जित्यो उपाधि

ललितपुर । ललितपुर उपमहानगरपालिकाले ‘नेपाल टेलिकम कप’ दसौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगितामा ललितपुरले बिहीबार ३ स्वर्ण र २ रजत जित्यो । प्रतियोगितामा समावेश तीन खेल मध्ये एकमा मात्र सहभागिता जनाएर पनि ललितपुर टिम च्याम्पियन बन्न सफल भएको हो ।

पुरा समाचार

हङकङसँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोली हाबी

काठमाण्डौ । हङकङसँगको मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी हाबी भएका छन् । कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङ एण्ड फिटनेश क्लबमा भएको मैत्रिपुर्ण तेक्वान्दो खेलमा नेपालले ६ तौल समुहमै स्वर्ण जित्न सफल भयो । नेपाल तेक्वान्दो संघको आयोजनामा भएको खेल अन्तर्गत महिलाको ४९–५३ केजी तौलसमुहमा नेपाली निमा गुरुङले स्वर्ण,हङकङकी सो युइन तिनले रजत तथा रेश्मा थापा...

पुरा समाचार

बुधबारदेखि अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । इनोभेटिभ इङलिस स्कुलको आयोजनामा छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा विभिन्न ३ विधामा जम्मा ३६ टिमको सहभागिता रहने इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

पुरा समाचार

महिला राष्ट्रिय भलिबल: एपिएफ विजयी

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ । सशस्त्र प्रहरीको हलचोकस्थित भलिबल कोर्टमा आइतबार भएको खेलमा एपिएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।

पुरा समाचार

शुक्रबारदेखि सम्झना कप टेबलनेनिस प्रतियोगिता हुँदै

काठमाण्डौ । नेपाल भेट्रान्स टेबलटेनिस संघको आयोजनामा सम्झना कप खुला टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि लैचनौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ ।

पुरा समाचार

स्याबास नेपालकी छोरी, जसले फेरि एकपटक नेपाललाई विश्वभर चिनाइदिइन् !

काठमाण्डौ । विश्वको एउटा अर्को नयाँ प्रतिस्पर्धामा नेपालकी अल्ट्रा म्याराथुन धाविका मिरा राई विजयी भएकी छन् । विश्वप्रसिद्ध टेलिभिजन च्यानलल नेश्नल जोग्राफीको एडभन्चर अफ दी एयर २०१७ मा भएको प्रतिस्पर्धामा धाविका राई विजयी भएकी हुन् । धाविका राइले विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहासीहरुको सुचीमा आफ्नो नाम अंकित गरेकी छन् । धाविका राईले...

पुरा समाचार

शनिबारदेखि खुल्ला राष्ट्रिय कराँते प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । गुह्येश्वरी बोर्डिङ हाइ स्कुलको आयोजनामा जिबीएचस कप खुला राष्ट्रिय कराँते प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न २४ जिल्लाका ३ सय पुरुष र १ सय महिला गरी जम्मा ४ सय खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सानुबाबु गिरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कुमुतेमा २२ र एकल कातामा २ गरी जम्मा...

पुरा समाचार

दशरथचन्द स्मृति क्रिकेट: त्रिलोचन र एकेडेमी विजयी

बैतडी । बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यु –१९ आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लब विजयी भएका छन् ।

पुरा समाचार

१५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिता आज(सोमबार)देखि सुरु हुँदै

काठमाडौं । ज्ञान निकेतन हायर सेकेन्डरी स्कुलको आयोजनामा १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ४ विधामा जम्मा ४३ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रिन्सिपल शेरबहादुर कुँवरले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

पुरा समाचार

कराँतेमा नेपाल च्याम्पियन

झापा । बनियानीमा आयोजित अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा १५ स्वर्ण, सात रजत र २० कास्य पदक जित्दै नेपालले उपाधि जितेको हो । यस्तै एउटा स्वर्ण, चार रजत र चार कास्य पदकका साथ भुटान दोस्रो तथा तीन रजत, एउटा कास्य पदकका साथ भारत तेस्रो भएको छ । सो प्रतियोगितामा दुई रजत...

पुरा समाचार

ime-ad       civil-investment-trust   nepa-oil-advrt    

ताजा अपडेट