• Sunday, March 26th, 2017
  • आइतबार, १३ चैत २०७३

खेलकुद

भेट्रान कपमा ब्वाइज स्पोर्ट्स सेमिफाइनलमा प्रवेश

काठमाडौं । दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा ब्वाइज स्पोर्ट्स क्लब शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा भएको प्रतिस्पर्धामा ब्वाइज स्पोर्ट्ले रुपन्देही युनाइटेड, बुटवललाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो ।

पुरा समाचार

दिल्लीमा हुने रोलर स्केटिङ च्याम्पियनसीप प्रतियोगितामा नेपाली टोली सहभागी हुने

काठमाण्डौ । मित्र राष्ट्र भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रथम आईपिएल आरएस अल इन्डिया तथा तेश्रो अल इन्डिया गोल्ड रिङक रेस रोलर स्केटिङ्ग च्याम्पियनसिप २०१७ मा सहभागी हुन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

पुरा समाचार

विश्व मुवाथाईमा सञ्जयले पाए स्वर्ण

काठमाण्डौ । थाइल्यान्डको बैंककमा भएको चौधौ विश्व मुवाथाई च्याम्पियनसिपमा नेपालका सञ्जय राईले स्वर्ण पदक जितेका छन् । नेपाल राष्ट्रिय मुवाथाई संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिका अनुसार सञ्जयले प्रतियोगिताको पुरुष ४८ केजी तौलसमूहको फाइनलमा सञ्जयले स्पेनका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

पुरा समाचार

बिहीबारदेखि नेपाल कप भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । स्पोर्ट्स फर अल क्लब नेपालको आयोजनामा सो प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पुरा समाचार

टेबलटेनिस टोली भारत प्रस्थान

काठमाडौ । आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुन नेपालको एक टोली भारत प्रस्थान गरेको छ । आइतबार १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली भारतको सिलोङ प्रस्थान गरेको हो ।

पुरा समाचार

किङ खानले पायो हक्की उपाधि

काठमाडौं । दोश्रो किङ खान–नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा किङ खानले नेपाल आर्मी क्लबलाई ५–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।

पुरा समाचार

शनिबार किङ खान इन्डोर हक्की प्रतियोगिता हुँदै

काठमाण्डौ । नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबको संयुक्त आयोजनामा दोश्रो किङ खान–नेपाल इन्डोर हक्की प्रतियोगिता शनिबार सुरु हुँदैछ । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन दुबईको किङ खानसहित ८ पुरुष टिमको सहभागिता रहने आयोजक मध्येको एक क्लबका अध्यक्ष राजेन्द्र पाठकले जनाएका छन् ।

पुरा समाचार

कीर्तिपुर खेल मैदानमा सुपर एट क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौं । काठमाण्डौमा प्रथम सुपर– एट क्रिकेट प्रतियोगिता हुने भएको छ । खुकुरी इन्टरटेन्मेन्ट र देवीवास इभेन्ट्स एन्ड मिडिया प्रा.लि. को संयुक्त आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

पुरा समाचार

बिदाई भए भेट्रान एथलेटिक्स खेलाडी

काठमाण्डौ । मित्रराष्ट्र दक्षिण कोरियाको देगु सहरमा आयोजना हुने बिश्व मास्टर्स इन्डोर एथलेटिक्स च्याम्पियनसिप २०१७ मा सहभागी हुन जाने भेट्रान एथलेटिक्स टोलीलाई विदाई गरिएको छ ।

पुरा समाचार

खेलमा देखिएको समस्यामा खेलाडीको कुनै दोष छैन : विष्ट

मंगलबार नक्सालमा आयोजित राष्ट्रिय पुरुष क्रिकेट टोलीसंगको अन्तरक्रियामा सदस्य–सचिव विष्टले भने– ‘नेपाली क्रिकेटमा देखिएको समस्या क्रिकेटको नेतृत्व गर्नेहरुको अदुर्शिताका कारण हो । यसमा खेलाडीको कुनै दोष छैन ।’

पुरा समाचार

उज्वलले प्रदर्शन गरे आठ मिनेटमा पाँच प्रस्तुति

काठमाडौं । केही समयअघि खुकुरी काता प्रदर्शन गरी चर्चामा आएका उज्वल ठकुरीले अमेरिकाको साउथ क्यारोलीनामा भएको ४३ औ युनिभर्सल मार्सल आर्ट च्याम्पियनसिपमा आठ मिनेटको अन्तरमा पाचँ भिन्न डेमोन्सट्रेसन गरी अर्को सफलता पाएका छन् ।

पुरा समाचार

नेपालको जित गराउन सफल भएकोमा क्रिकेट टोलीलाई हर्दिक बधाई !

सुर्यखबर सम्बाददाता, काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भईरहेको क्रिकेटखेलमा शरद भेसवाकरले जब अनित्म छक्का हानेर नेपाललाइ जिताए, त्यसपछि शुरु भयो नेपालीहरुको खुसीयाली । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भईरहेको केन्या र नेपालबीचको खेलमा नेपालले जितेको छ । दर्शकहरुको हुटिङकाबीच सम्पन्न भएको खेलमा नेपाली क्रिकेट टिमले जित्न सफल भएकोमा हार्दिक बधाई छ । जसको जितले गर्दा एकपटक...

पुरा समाचार

सागर पुन आउट ( अपडेट्)

काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भईरहेको नेपाल र केन्याबीचको खेलमा सागर पुन १० रनको ब्यक्तगत स्कोरमा आउट भएका छन् । केन्या बिरुद्ध २३ बलव र २ चौका प्रहार गरेका उनी १२ औं ओभरको अन्त्मि बलमा आउट भए । उनी आउट भएपछि दिपेन्द्र सिँह ऐरे मैदानमा छन् ।

पुरा समाचार

नेपाल र केन्याबीचको खेलमा दर्शकहरुबाट हुटिङ शुरु, खेलाडीहरुलाई उत्साह !

काठमाण्डौ । बर्षाका कारण अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा नेपाल र केन्याबीचको खेख भर्खर शुरु भएको छ । बिहीबारदेखि नै पानी परेर मौशम चिसो भएपनि क्रिकेटप्रमीहरुको किर्तिपुर मैदानमा भीड छ ।

पुरा समाचार

नेपाल र केन्यबीचको खेलमा वर्षा वाधक, खेलाडीहरु खेल मैदान प्रवेश गरे

काठमाण्डौ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार नेपाल र केन्या भिड्दैछन् । तर बिहानैदेखि परेको वर्षाका कारण निर्धारित समयमा खेल हुन सकेको छैन । खेल मैदानमा खेलाडीहरु प्रवेश गरिसकेका छन् भने दर्शकहरु आउने क्रम जारी रहेको छ ।

पुरा समाचार

स्याट बास्केटबलको उपाधि युनिभर्सलाई

काठमाण्डौ । आयोजक युनिभर्सले तेश्रो स्याट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । प्रतियोगितामा समावेश तीन विधा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजमा युनिभर्सल च्याम्पियन बन्दै उपाधि रक्षा गर्यो । गत संस्करणमा पनि युनिभर्सल तीनै विधामा पहिलो भएको थियो ।

पुरा समाचार

शुक्रबार थाइ बक्सिङ टोली बैंकक जाँदै

काठमाण्डौ । दोश्रो थाइ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाल थाइ बक्सिङ संघको टोली शुक्रबार थाइल्यान्डको बैंकक जाँदैछ । सो टोलीमा ४ पुरुष खेलाडीसहित ६ सदस्यीय टिम रहेको छ । सो प्रतियोगितामा पुरुषको ५१ केजीमा निकेश तामाङ, ५४ केजीमा राजु राई, ५७ केजीमा सविन राई र ६३ केजीमा रमेश पाण्डेले प्रतिस्पर्धा गर्नेछन् । निकेश...

पुरा समाचार

चौथोपटक च्याम्पियन बन्यो पवन प्रकृति

ललितपुर । पवन प्रकृति स्कुलले ललितपुर जिल्लाव्यापी नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा लगातार चौथोपटक टिम च्याम्पियनको उपाधि जितेको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा बुधबार आयोजित प्रतियोगितामा सर्वाधिक २ सय २७ अंकसाथ पवन प्रकृति समग्रमा टिम च्याम्पियन बनेको हो ।

पुरा समाचार

चैत २३ गतेदेखि महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै

काठमाण्डौ । प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैत २३ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ । नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा सो प्रतियोगिता सम्पन्न हुन लागेको हो ।

पुरा समाचार

अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा युनिभर्सल दोहोरो उपाधि नजिक

काठमाण्डौ । आयोजक युनिभर्सल उमावि तेश्रो स्याट अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो उपाधिनजिक पुगेको छ । सिनियर ब्वाइज सेमिफाइनलमा युनिभर्सलले सेन्ट जर्जलाई ५२–२९ ले पराजित गर्दै अमरदीपसंग फाइनल भेट पक्का गर्यो । युनिभर्सलका सिमान्त चौधरीले २४ अंक जोडेका थिए । अर्को सेमिफाइनलमा ऐश तामाङको ६ अंक सहयोगमा अमरदीपले सिल्भर स्राइनलाई १३–१० ले हराएको थियो ।

पुरा समाचार

ime-ad       civil-investment-trust   nepa-oil-advrt