• Friday, January 20th, 2017
  • शुक्रबार, ०७ माघ २०७३

समाचार

आयल निगमले कर्मचारीलाई बाँड्न लाग्यो बिना नैतिकता २ अर्ब बोनस

काठ्माण्डौ । बोनस भन्दा पनि अन्य धेरै सुबिधाहरु पाउदै आएका नेपाल आयल निगमका कर्मचारीहरुलाई झाण्डै दुई अर्ब बोनस पाउने भएका छन् । बिकाससमितिले समेत नराम्रो ठानेको उक्त बोनस बाँड्ने कार्य निगमले थालनी गर्न लागेको बुझिएको छ ।

पुरा समाचार

सुनसरीमा किन सम्बन्धबिच्छेदका घटना बढ्छन् ?

काठमाडौं । सुनसरीमा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढेको छ । जिल्ला अदालत सुनसरीका अनुसार पछिल्लो चार महिनामा ४९ वटा समबन्धविच्छेदका मुद्दा दर्ता भएको छ । जिल्ला अदालतमा दैनिक चारदेखि सात वटासम्म सम्बन्धविच्छेद का मुद्दा दर्ता हुने गरेको तथ्यांक छ ।

पुरा समाचार

चिकित्सकहरुले अब ५० प्रतिशतसम्म अतिरिक्त भत्ता पाउने

काठमाडौं । सरकारले स्वास्थ्य सेवामा कार्यरत चिकित्सक, नर्स र स्वास्थकरुर्मीलाई अतिरिक्त समयसेवा दिएबापत तलबको ५० प्रतिशतसम्म आतिरिक्त पारिश्रमिक दिने भएको छ ।

पुरा समाचार

प्रचण्डलाई धन्यवाद दिँदै बिदा भए इवान विरान्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले बिदाई भेट गरेका छन् । आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् । भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्पको बिपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि...

पुरा समाचार

काठमाण्डौ उपत्यकाबाट साना सवारी हटाइँदै

काठमाडौं । यातायात व्यवस्था विभागले साना सार्वजनिक सवारी साधनलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यकामा सवारी साधानको अत्याधिक चाप बढेसँगै साना सवारीका साटो ठूला बस ल्याउन लागिएको छ ।

पुरा समाचार

महासंघको अन्र्तराष्ट्रिय भ्रमण उपलब्धिमूलक

काठमाडौं । महासंघले आज पत्रकार सम्मेलनको आयोजना गरी भ्रमणका क्रममा अमेरिकाको राज्य विभागीय प्रमुखहरुसँग भएको उच्चस्तरीय भेटवार्ताका साथै अन्य कार्यक्रमहरु र गतिविधिहरुको बारेमा पत्रकार तथा समुदायका बीचमा जानकारी गराए ।

पुरा समाचार

आयोगमा आयव्यय विवरण बुझाउनेमा ८० दल

काठमाडौँ । नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दलले मात्र आर्थिक वर्ष २०७२/७३ को वार्षिक आयव्यय बुझाएका छन् ।

पुरा समाचार

अब यस्तो बन्नेभो धरहरा !

काठमाडौं । कहिले ठडिएला धरहरा ? राजधानीको सुन्धारामा रहेको ऐतिकासिक धरहरा अघिल्लो बर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कौतुहलता छ । अघिल्लो सरकारले अघि सारेको म बनाउँछु धरहरा अभियानमा हजारौं नेपालीले करोडौं सहयोग गरे ।

पुरा समाचार

काठमाण्डौको सडकमा हिड्दै हुनुहुन्छ, अब होसियार रहनुस् है !

काठमाडौं । सरकारले अब सडक वरिपरि हिड्ने पैदल यात्रीहरुका लागि कडा नियम बनाउने भएको छ । पछिल्लो समय सडक दुर्घटनामा पैदल यात्रीहरुको समेत दोष देखिन थालेपछि सरकारले कडा नियम ल्याउने तयारी गरेको हो । सोमबारको नागरिकले लेखेको छ, सरकारले ल्याउन लागेको नियममा विशेषगरी यी कुराहरुमा ध्यान दिनुपर्ने जनाइएको छ । -पैदल यात्रुले तोकिएको स्थानबाट मात्र...

पुरा समाचार

राज्य पक्षले सहयोग नगरेको गुनासो

काठमाडौं । राज्य पक्षबाट पूर्ण रुपमा सहयोग नपाउँदा काम गर्न समस्या भएको गुनासो राष्ट्रिय मानवअधिकार आयोगले गरेको छ । सहयोग नपाउँदा धेरै पुरानो उजुरी पनि अहिले आएर हेर्नुपरेको आयोगको भनाइ छ ।

पुरा समाचार

बढ्यो ट्याक्सी मालिकको दादागिरी

काठमाडौं । सरकारले लागू गरेको ट्याक्सी बिलिङ मिटर जडानमा ट्याक्सी मालिकले दादागिरी देखाएका छन् । नयाँ नियम लागू हुनै नदिने भन्दै ट्याक्सी चालक तथा धनीले बिलिङ मिटर जडानमा अटेर गरेका हुन् ।

पुरा समाचार

वैशाखबाट वितरण हुँदै गरिबी परिचयपत्र

काठमाडौं । सरकारले ४ लाख परिवारलाई सामाजिक सुरक्षाको प्रबन्ध निर्धारण गरी वैशाखदेखि गरिबी परिचयपत्र दिने भएको छ । छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन् । छानिएका घरधुरीभित्र अनुमानित १८ लाख व्यक्ति पर्ने अनुमान गरिएको छ ।

पुरा समाचार

उपत्यकामा चोरी र लुटपाटमा संलग्न खतरनाक लुटेरा पक्राउ

काठमाण्डौ । उपत्च्यकाभित्र भएका शृंखलाबद्ध लुटपाटका घटनामा संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका टीका थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

पुरा समाचार

इन्डोनेसियामा ९ जना नेपाली पक्राउ

काठमाडौं । इन्डोनेसियाको अध्यागमन कार्यालयले बिना प्रवेशाज्ञा (भिसा) एक घरमा लुकेर बसिरहेको अवस्थामा ९ नेपालीलाई पक्राउ गरेको छ । मानव तस्करले एक सताअघि इन्डोनेसिया पुर्याइएका उनीहरुसँग इन्डोनेसियाका भिसा लगायत अन्य कागजपत्र नभएका कारण त्यहाँको मासास्कर अध्यागमनले आइतबार पक्राउ गरेको हो ।

पुरा समाचार

पिके क्याम्पसमा झडप

काठमाडौं । बागबजारस्थित पद्म कन्या क्याम्पसमा सत्तारुढ घटक नेपाली कांग्रेस र माओवादी केन्द्र निकट छात्राहरुबीचको झगडामा दुवैतर्फका केहि विद्यार्थी घाइते भएका छन् ।

पुरा समाचार

१४ लाखको घडी र कांग्रेस सांसद रामहरी खतिवडाका बिषयमा बाला अधिकारीको टिप्पणी

Ramhari Khatiwada

ओखलढुंगा जिल्लाको समग्र बिकाशका लागि र जनताका लागि लाखौं पैसा खर्चिएका छन्, मैले चिनेका रामहरी खतिवडा दिन जान्दछन् लिन जान्दैनन्, आफ्नो हरेक महिनाको भत्ता सहित आफ्नो जील्लाका गाबिस हरुको बिकासका लागि खर्चिने ब्याक्ति कसरी लोभि हुन सक्छ ???

पुरा समाचार

धुर्मुस–सुन्तलीले सुरु गरे अर्को नमुना अभियान, महजोडीद्धारा शिल्यान्यास

महोत्तरी । काभ्रे र सिन्धुपाल्चोकमा नमुना वस्ती निर्माण गरेर उदाहरणीय बनेका कलाकारद्धय धुर्मुस–सुन्तलीले तेश्रो एकीकृत नमुना बस्ती निर्माणको काम सुरु गरेका छन् । सोमबार महोत्तरीको बर्दिबास नगरपालिका–२ मुसहर बस्तीमा सो नमुना बस्तीको शिल्यान्यास गरियो ।

पुरा समाचार

संसद बैठक अचानक स्थगित, जम्मा ११६ जना मात्र उपस्थित

काठ्माण्डौ । मंगलबारको संसद बैठक कोरम नपुगेपछि स्थगीत भएको छ । ५ सय ९७ मध्ये जम्मा ११६ जना मात्र सांसदहरुको उपस्थित एपछि कोरम पुगेन र स्थगित हुन पुग्यो ।

पुरा समाचार

अन्तर्राष्ट्रिय सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा हुने

काठमाडौँ । ‘जैविक विविधता जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ ।

पुरा समाचार

दुई अस्पतालमा नि:शुल्क डायलाइसिस सेवा सुरु

रुपन्देही । रुपन्देहीमा रहेका दुई अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल र भैरहवामा रहेको सिद्धार्थ नगर सिटी हस्पिटलले उक्त सेवा सुरु गरेका छन् । सरकारले निःशुल्क मिर्गौला डायलाइसिसको लागि अनुमति दिएसँगै यी अस्पतालले सेवाको सुरुवात गरेका हुन् ।

पुरा समाचार

ime-ad nrbb-ng global-kamaladi purna-nirman   classic-tech-dec prabhu-bank-right-part civil-investment-trust   nepa-oil-advrt batti-suchana reliable