• Wednesday, July 19th, 2017
  • शनिबार, ०७ साउन २०७४

स्वास्थ्य

उदयपुर जिल्ला अस्पतालमा भाइरल बिरामीको ठूलो चाप

गाईघाट । एक हप्तादेखि यता आएर जिल्ला अस्पताल, उदयपुर बोक्सेमा भाइरलबाट प्रभावित बिरामीको संख्याको चाप व्यापक रुपमा बढ्दै गएको छ । जिल्ला अस्पताल उदयपुरका अनुसार अहिले दैनिक ६० जनाभन्दा बढीको संख्यामा भाइरलबाट प्रभावित बिरामीको अस्पतालमा उपचार तथा भर्ना गराउन आउने गरेपछि बिरामीको चाप ह्वात्तै बढेको छ । पचास श्ययाको अस्पताल रहेको जिल्ला अस्पताल उदयपुरमा अहिले...

पुरा समाचार

झापामा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

बनियानी (झापा) । पछिल्लो समय झापामा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक औषधिले ढिलो रोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डाक्टर केकिन राईले बताए । ‘अहिले विकसित मुलुकमा हर्बल भनेर आयुर्वेदिक औषधिको प्रयोग बढेको छ’, उनले...

पुरा समाचार

जानी राखौं : नर्सले गर्नुपर्ने यस्ता छन् १२ महत्वपूर्ण कामहरु

प्रत्येक स्कुलमा एक जना नर्स वा स्वास्थ्य स्वयंसेवीको व्यवस्था गरी विद्यार्थीलाई स्वास्थ्य शिक्षा प्रदान, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ व्यवहार अवलम्बन गराउन निजी विद्यालयहरुको संगठान प्याब्सन र स्वास्थ्य मन्त्रालयबीच केही समयअघि सम्झौता भयो। मन्त्रालय र प्याब्सनबीच भएको ८ बुँदे सझदारीपत्रमा प्याब्सनले स्कुलहाताभित्र गुलिया पेय पदार्थ र जङ्कफुड निषेध र विद्यार्थीलाई दिवा खाजामा पोषिलो खानेकुरा पठाउन...

पुरा समाचार

निमित्त निर्देशकमा डा केसी नियुक्त

भक्तपुर । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको निमित्त निर्देशकमा केन्द्रीय कारागारका डा केदार नरसिंह केसीलाई नियुक्त गरिएको छ । उमेर हदका कारण केन्द्रका निर्देशक डा शरच्चन्द्र बर्मा गत शुक्रबारदेखि लागू हुनेगरी सेवा निवृत्त भएपछि मन्त्रालयले केसीलाई निमित्त निर्देशकमा नियुक्त गरेको हो । नियुक्त भएपछि डा.केसीले सोमबार केन्द्रमा पद बहाली गरे. । केन्द्रमा विगत ३०...

पुरा समाचार

स्वास्थ्य बिमा गरेका ५८ बिरामीले वीरमा उपचार गराए

काठमाडौँ । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालबाट स्वास्थ्य बिमा गराएका ५८ बिरामीले सेवा लिएका छन् । सबैभन्दा पहिले स्वास्थ्य बिमा सुरु भएको कैलाली जिल्लाबाट उपचार गराउन आउने बिरामको सङ्ख्या उल्लेख्य भए पनि इलाम, पाल्पा, कास्की, बागलुङलगायतका जिल्लाबाट आएका बिरामीले पनि सेवा लिएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले पहिलोपल्ट वीर अस्पतालसँग गत वर्ष...

पुरा समाचार

काठमाडौंमा फेरि स्वाइन फ्लू देखियो, सजग रहन चिकित्सकको आग्रह

काठमाडौं । काठमाडौंमा फेरि स्वाइन फ्लू भेटिएको छ । कुलेश्वरकी ३८ वर्षीया महिलाको रगतमा स्वाइन फ्लूको एच् वान् एन् वान् भाइरस भेटिएको हो । रगत परिक्षण गर्दा स्वाइन फ्लूको संक्रमण देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक तथा सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले जानकारी दिए । रुघाखोकी, ज्वरो तथा स्वास फेर्नमा...

पुरा समाचार

मेट्रो रेल होईन स्थानीय तहमा एम्बुलेन्स देउ, मेयर साप

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य नगरपालिकाका रुपमा परिचित मेलम्ची नगरपालिकामा एम्बुलेन्स र शववाहन अभाव हुँदा निकै समस्या भएको छ । नगरपालिकाभित्र एउटा एम्बुलेन्स र शववाहन नहँुदा सर्वसाधारणले धेरै सास्ती खेप्नु परेको छ । गम्भीर भएका बिरामी समयमा अस्पताल पु¥याउन नसक्नाले बिरामीको बाटोमै मृत्यु हुने अवस्था छ । मेलम्चीको मुख्य अस्पतालका रुपमा रहेको मेलम्ची प्राथमिक स्वास्थ्य...

पुरा समाचार

ज्येष्ठ नागरिकामा उदासीनता

काठमाडौँ । विश्व स्वास्थ्य दिवस २०१७ ‘ज्येष्ठ नागरिकहरूमा भएको उदासीनताबारे हामी कुरा गरौँ’ भन्ने नारामा आधारित कार्यपत्र प्रस्तुति एवम् सहभागीबीचको अन्तक्र्रिया गरी मनाइएको छ । समाजका अध्यक्ष तारा प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनोचिकित्सक डा सञ्जीवचन्द्र गौतमले उदासीनताबारे कार्यपत्र प्रस्तुत गरेका थिए। करिब ५० जनाको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ छाती रोग विशेषज्ञ एवम्...

पुरा समाचार

गगन थापा मन्त्री भएपछि रु १०० मा पाउने औषधि रु १५ मा

चितवन । भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन् । सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्चालन प्रक्रियागत रुपमा जटिल भए पनि क्रमशः व्यवस्थापन हुँदै जाँदा उपभोक्ता र अस्पताल दुवैले लाभ लिन पाएका हुन् । अस्पतालको फार्मेसी स्टोर प्रमुख राजकुमार ढुङ्गानाका अनुसार बजारमा रु १०० पर्ने स्लाइन लगाउँदा प्रयोगमा आउने...

पुरा समाचार

पहिलोपटक गत साउनमा गर्भपतन गराएका उनीहरुको त्यसपछि पनि यौन सम्बन्ध रोकिएन

काठमाडौँ । उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन)काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध विस्तारै प्रेमका रुपमा मात्र झाँगिएन, अवैध यौनसम्बन्ध पनि हुन थाल्यो । महिनावारी रोकिएपछि उनीहरु दुवैजना...

पुरा समाचार

गगन थापाले दिए जिल्ला अस्पताललाई ६० लाख

नवलपरासी । नवलपरासीको सबैभन्दा पुरानो एक जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालले मन्त्रालयबाट विनियोजन गरेको रु ६० लाख रकमबाट मर्मत सम्भारको काम सुरु गरेको छ । अस्पतालको अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक कक्षसहित शल्यक्रिया कक्षको मर्मत सम्भारको काम सुरु गरेको जिल्ला पृथ्वीचन्द्र अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताएका छन् । स्वास्थ्यमन्त्री गगन थापाको सकृयतामा भएके सरकारको...

पुरा समाचार

निर्वाचनका कारण रगत अभाव

भरतपुर । निर्वाचनको कारण दुई सातायता कुनै पनि संस्थाले रक्तदानको कार्यक्रम नगर्दा जिल्लामा रगतको अभाव भएको छ । रगत आवश्यकपर्ने बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्ने बाध्यता आइपरेको छ ।

पुरा समाचार

थपिँदै मिर्गौला रोगी, सरकारीमा नभएपछि निजी अस्पतालतिर

झापा । झापामा आव २०७३/०७४ मा ५८ मिर्गौला रोगी थपिए छन् । जसमा १९ महिला र ३९ पुरुष छन् । उनीहरुले साताको दुई पटकसम्म नियमित हेमोडायलासिस गर्नुपर्छ । मिर्गौला रोगीका लागि सरकारले निःशुल्क हेमोडायलासिस सेवा उपलब्ध गराउने निर्णय गरे पनि मिर्गौला रोगीले अझैसम्म निःशुल्क सेवा लिन पाएका छैनन । हेमोडायलासिस गराउन महिनामा करिव रु २४...

पुरा समाचार

मानविय समबेदनासंग जोडिएको औषधि आपूर्ति रोके कारबाही गर्ने अध्यक्ष श्रेष्ठको चेतावनी

काठमाडौं । नेपाल औषधि व्यवसायी संघले निहीत स्वार्थमा केही व्यवसायीहरुले औषधि आपूर्ति रोक्ने चलखेल भएको आरोप लगाएको छ । केही महिनाअघिमात्रै गठन भएको नेपाल औषधि आयातकर्ता संघले औषधि आयात ठप्प बनाउने चेतावनी दिएलगत्तै व्यवसायी संघले कडा आपत्ति जनाएको हो । २०३० सालमा स्थापना भएको नेपाल औषधि व्यवसायी संघ देशभरका व्यवसायीहरुको छाता संगठन हो । जीवन...

पुरा समाचार

हैजा लागेर दक्षिणी सुडानमा १ सय ७२ को मृत्यु

जुवा, सुडान । दक्षिणी सुडानका १४ ओटा प्रदेशमा हैजाका कारण १७२ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले बिहीबार जनाएको छ । राष्ट्रसङ्घको मानवीय सहायता संवन्धी कार्यालयका एक जना अधिकारीले सन् २०१६ को जुन १८ देखि अहिलेको अप्रिल १४ सम्ममा छ हजार २२२ ओटा हैजासम्वन्धी विरामी भेटिएको जानकारी दिए । सुख्खा मौसमका बेलामा देशभरी यस्ता नयाँ विरामीहरु...

पुरा समाचार

उपत्यकामा स्वाइनफ्लु देखिएपछि सावधानी अपनाउन आग्रह

काठमाडौँ । टेकूस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा पुनः स्वाइनफ्लु (इन्फुएञ्जा ए एचवन एनवन) देखिएको छ । गत महिना चैत ११ गते अस्पतालमा ज्वरो आई भर्ना भएका ४० वर्षीयलाई स्वाइनफ्लु पुष्टि भएको हो । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले गत फागुनमा एक जना बिरामीमा देखिएको स्वाइनफ्लु चैतमा भर्ना भएका अर्को बिरामीलाई पनि देखिएको...

पुरा समाचार

क्यान्सर पीडीत बिरामीलाई ५ लाख दिने तयारीमा स्वास्थ्यमन्त्री थापाले यसरी लगे अर्थ मन्त्रालयमा प्रस्ताव

भक्तपुर । स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको हालै निर्माण सम्पन्न स्मृति भवनको पहिलो र दोस्रो तलाको साँचो हस्तान्तरण कार्यक्रममा उनले क्यान्सरका बिरामीको सहज उपचार होस् भनेर सहयोग रकम थप गर्ने तयारी गरेको बताएका...

पुरा समाचार

बाग्मती जस्तो पवित्र कार्यमा सबैको सहभागिता हुनुपर्छ : प्रा.डा. चन्दा कार्की

बाग्मती सरसफाइ अभियानको लागि एउटा छुट्टै समिति गठन भएको जानकारी दिदैं डा. कार्कीले भनिन्, ‘बाग्मती सरसफाइ जस्तो पवित्र कार्यमा सबैले सहयोग गर्नु पर्छ ।’

पुरा समाचार

स्वास्थ्यकर्मीको अवरोधका कारण ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन हुन सकेन

काठमाडौँं । स्वास्थ्यकर्मीको अवरोधका कारण ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन हुन नसकेका कैलालीमा फागुन २७, २८ तथा पर्सामा फागुन २६ र २७ गते सञ्चालन हुने भएको छ ।

पुरा समाचार

सिन्धुलीमा तीन महिनासम्मको निःशुल्क रुपमा गर्भपतन सेवा सुरु

सिन्धुली । सिन्धुली अस्पतालमा १२ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । जथाभावी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै अस्पतालमा नै निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको हो

पुरा समाचार

          civil-investment-trust              

ताजा अपडेट