• Thursday, July 13th, 2017
  • मङ्गलबार, १० साउन २०७४

शिक्षा

९० प्रतिशत अङ्क ल्याउने राहुलले पाए ५० हजार

महोत्तरी । एसइई परीक्षा २०७३ मा ९० प्रतिशत अङ्क ल्याएका महोत्तरीस्थित सरस्वती ज्ञानोदय सेकेन्डरी इंगलिस बोर्डिङ स्कूल गौशालाका छात्र राहुल रौनियारलाई ‘मथुरानन्द चौधरी माथुर पुरस्कार’बाट पुरस्कृत गरिएको छ । आज बिहान विद्यालयमा आयोजित एक कार्यक्रममा रौनियारलाई प्रमाणपत्र र ५० हजार नगद प्रदान गरिएको हो । एसइईमा ०२१५१६८ ‘आर’ सिम्बोल नं भएका रौनियार शिशु कक्षादेखि नै...

पुरा समाचार

रामपुर रिभाइबलका आदर्श पाण्डेय भए एसइइमा नेपाल टप

काठमाण्डाै । रुपन्देहीको रामापुर रिभाइबल स्कूलका आदर्श पाण्डेयले ल्याए जिपिए फोर, रुपन्देहीले यसबर्ष पनि माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा नेपाल प्रथमको स्थान सुरक्षित गरेको छ । रुपन्देहीको सैनामैना ८ स्थित रामापुर रिभाइबल स्कूलका आदर्श पाण्डेयले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेर नेपालमा प्रथम भएका हुन् । अहिलेसम्मको नतिजामा उनको मात्रै ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ४...

पुरा समाचार

एसईई नतिजाको विस्तृत् विवरण, पूरक परीक्षा साउन १९ गतेदेखि

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यसवर्ष नियमित तर्फ चार लाख ४५ हजार ५६४ जना परीक्षार्थी सहभागी भएकोमा १२ हजार २८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएको जानकारी दिए...

पुरा समाचार

परीक्षाफल प्रकाशित

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७३ साल फागुन/चैत महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित)को समाजशास्त्र/मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । परीक्षाफल www.educationsansar.com, www.edusanja.com, www.tu.ntc.net.np र www.educducationkhabar.cm मा हेर्न तथा नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने सो कार्यालयले...

पुरा समाचार

जनजाति र दलित विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम

  कञ्चनपुर । आर्थिक अभावले कम्प्युटर शिक्षा पाउनबाट वञ्चित रहेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका जनजाति र दलित समुदायका विद्यार्थीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम आजदेखि सञ्चालन गरिएको छ । शुक्लाफाँटा नगरपालिकाको आर्थिक सहयोगमा दलित र आदिवासी जनजाति सञ्जालको पहलमा कम्प्युटर तालिम सञ्चालन गरिएको हो । तालिममा जनजाति र दलितका गरी ३० छात्रा र...

पुरा समाचार

मोरङ जस्तो बिकसित जिल्लामा समेत यसरी बालबालिका विद्यालय जाँदैनन्

पथरी (मोरङ) । घरकै छेउमा विद्यालय छ । तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन् । गाउँको विद्यालयमा नाम लेखाएका पनि हजुरआमा हजुरबुबालाई काम सघाउनु पर्ने भएकाले विद्यालय जान पाउँदैनन् । मोरङको बाहुनी सोमबारेकी अन्जना ऋषिदेव १० वर्ष पुगे । तर उनले विद्यालय देखेका छैनन् । उनी भन्छन्, “बुबा आमा पञ्जाब जानुभएको...

पुरा समाचार

नेबिसंघले स्थानीय तहको निर्बाचनमा वडा वडामा कार्यकर्ता खटाउने, पाँच सयलाई प्रशिक्षण

काठमाण्डौ । नेबिसंघले देशभर लोकतन्त्र दिवश मनाएको छ । लोकतन्त्र दिवशको अवशरमा आउदै गरेको स्थानीय तहको निर्बाचनलाई लक्षित गरि बिशेष रुपमा प्रशिक्षण अभियान पनि सम्पन्न गरेको छ । उपत्यका स्तरीय पाँच सय भन्दा बढी नेबिसंघका अगुवा नेताहरुको बीचमा संघका पूर्बअध्यक्ष तथा काँग्रेस केन्द्रीय सदस्य गुरु घिमिरे,  नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेबिसंघ केद्रीय सभापति...

पुरा समाचार

प्याब्सनले दियो यस्तो दबाब !

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले धेरै त्रुटि रहेको ‘प्याब्सन साइन्स बुक’ पढाउन सदस्य विद्यालयहरुलाई दबाब दिएको छ । प्याब्सनका पदाधिकारीहरुले एसएमएस, भेटघाटमा आफैंले प्रकाशन गरेको प्याब्सन साइन्स बुक पढाउन दबाब दिएका हुन् । ‘प्याब्सन साइन्स बुकमा धेरै त्रुटि पाइएपछि उसकै सदस्य विद्यालयले समेत पुस्तक पढाउन नचाहेपछि विभिन्न तरिकाले दबाब दिन थालिएको...

पुरा समाचार

काँग्रेस युवा नेताको हत्या बिरुद्ध नेबिसंघले गर्यो यस्तो आन्दोलनका घोषणा

काठमाण्डौ । जाँजरकोटमा मंगलबार साँझ अज्ञात समूहको कुटपीटबाट हत्या गरिएका रवीन्द्र शाहको हत्याको बिरोधमा नेबिसंघले काठमाण्डौमा बिरोध जनाएको छ । आज बसेको नेबिसंघको केन्द्रीय समितिको बैठकले त्रिचन्द्र क्याम्पस घण्टाघरमा बिरोध प्रदर्शन गर्नुका साथै आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेको छ ।

पुरा समाचार

आजदेखि एसइई परीक्षा सुरु, ५ लाख ३८ हजार विद्यार्थी सहभागी

काठमाण्डौ । बिहीबार एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा सुरु भएको छ । शुरुमा आज अंग्रजी विषयको परीक्षा हुँदैछ । यसअघि एसएलसीको रुपमा लिइने यो परीक्षामा यसपटक ५ लाख ३८ हजार १ सय ८२ जना विद्याथीहरु सहभागी भैरहेका छन् । जसमा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय...

पुरा समाचार

विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या

बर्दिया । विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् । बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले बुधबार घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए ।

पुरा समाचार

शनिबारको स्वबीयू निर्बाचनमा दुई क्याम्पसको स्ववियुमा नेविसंघको सानदार जीत !

काठमाडौं । धादिङका तीनवटा क्याम्पसहरुमा शनिबार भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलले तीनमध्ये दुई क्याम्पसमा जीत हाँसिल गरेको छ । त्रिभुवन विश्वविद्यालयले पहिलो पटक तोकेको मिति फाल्गुन १४ कै दिन भएको उक्त निर्वाचनमा धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पस र खानीखोला बहुमुखी क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको प्यानलै विजयी भएको हो ।

पुरा समाचार

प्याब्सनमा सोम्बाआम्फे प्यानलको ऐतिहासिक जित

काठमाण्डौ । निजी बिद्यालय एसोसिएसन प्याब्सनकबो भर्खरै सम्पन्न् मतगणना अनुसार अध्यक्षमा बिजय सोम्बाआम्फे निर्बाचित भएका छन् । अधिकाँस पदाधिकारी तथा सदस्यहरु सम्बाआम्फे प्यानलकै बिजयी भएको बताईएको छ ।

पुरा समाचार

स्ववियू निर्बाचन ५ दिन सर्यो, ताला खोल्ने सहमति

काठमाण्डौ । फाल्गुण १द्ध गते हुने भनिएको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचन ५ दिन सार्ने सहमति भएको छ । क्रान्तिकारीले लगाएको तालाका काराण निर्बाचनमा समस्या आएपछि बिहीबर बसेको नेबिसंघ, अखिल, अखिल क्रान्तिकारीबीचमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

पुरा समाचार

मुख्यदलको सहमतिका कारण स्ववियू निर्बाचन निश्चित

काठमाण्डौ । काँग्रेस सभापति शेरबहादुर देउवाले फागुन १४ मै स्ववियु निर्वाचन गर्न क्याम्पसमा तालाबन्दी गर्ने समूहलाई खोल्न अनुरोध गरिने र नमाने ताला फोडेर निर्वाचनको प्रक्रिया सुरु गरिने बताए ।

पुरा समाचार

बिद्यार्थीहरु गुणस्तरीय शिक्षा प्रदानतिर भन्दा गुण्डागर्दीबाटै निर्बाचन जित्ने अभियानमा !

काठमाण्डौ । त्रिबि परिषदले स्वबीयू निर्बाचनको घोषणा गरेपछि मुख्य दलका बिद्यार्थी भातृसंस्थाहरु आफ्नो संगठनलाई बिजयी गराउन मुलुकभरका क्याम्पसमा शक्ती प्रयोग गर्दै अभियानमा जुटेका छन् ।

पुरा समाचार

विद्यार्थी संगठनका नेताहरु को कति वर्षका भए ? (हेर्नुहोस उमेरसहित)

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेद्‌वार बन्न योग्य छैनन् । प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेको बताएका छन् ।

पुरा समाचार

स्नातक र स्नातकोत्तर तह भर्ना खोल्नुपर्ने माग गर्दै नेबिसंघको ज्ञापनपत्र

काठमाडौं । शैक्षिक क्यालेन्डरअनुसार स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना खुलाउन माग गदै नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आज संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाएको छ ।

पुरा समाचार

ग्लोबल अष्ट्रेलियन एडमिशन डे जेनवरी २०१७ सम्पन्न

काठमाण्डौ । सन् २००८मा स्थापित एईसीसीले ग्लोबल अष्ट्रेलियन एडमिशन डे जेनवरी २०१७ आयोजना गरेको छ । कार्यक्रम, जेनवरी २२ तारिकका दिन विहान ११ देखि बेलुकी ४ बजेसम्म होटल याक एण्ड यतिमा आयोजना भएको हो ।

पुरा समाचार

विद्यार्थी सङ्गठन स्ववियु निर्वाचन गर्नेमा सहमतिमा पुगेपछि सरोकारवालाहरु ढुक्क

काठमाडौँ । घोषणा गरिएको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचन गर्न नेबिसंघ सहितका सबै बिद्या र्थी संगठनहरु तयार भएका छन् । नेपाल युवा संस्था सञ्जाल (आयोन)ले काठमाण्डौमा गरेको ‘स्ववियु निर्वाचनमा युवा नेतृत्वको भूमिका’ विषयक युवा संवाद कार्यक्रममा विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयले आठ वर्षसम्म हुन नसकेको निर्वाचन जसरी पनि गराउनु पर्नेमा जोड दिँदै आफूहरु निर्वाचनका लागि तयार...

पुरा समाचार

          civil-investment-trust              

ताजा अपडेट