राजनीति

राष्ट्रपति विद्या भण्डारीलाई पूर्वराजा ज्ञानेन्द्रसँग जोडेर लाग्यो कडा आरोप !

काठमाण्डौ । बिहीबार पूर्वराजा ज्ञानेन्द्रले नाति ह्रदयेन्द्रको वर्तवन्धको भोज निकै भव्य रुपमा सम्पन्न गरेका छन् । पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानीका छोरा ह्रदयेन्द्रको वर्तबन्ध भने चैत १७ गते नै निर्मल निवासमा सम्पन्न भएको थियो ।  चैत २४ गते आयोजित सो भोजमा राष्ट्रपति विद्या भण्डारीदेखि विभिन्न राजनीतिक दलका नेताहरुले सहभागिता जनाए । यद्यपि, ठूला दलका शीर्ष नेताहरु भने सो भोजमा सहभागी भएनन् । तर राष्ट्रपति भण्डारीको सो सहभागितालाई नेपाली संस्कार र नैतिकतासँग जोडेर बहस गर्नेहरुको पंक्ति पनि निकै ठूलो देखिएको छ ।

केही महिनाअघि राष्ट्रपति भण्डारीकी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाह समेत पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्रले देखाएको नैतिकता र संस्कारलाई नजिकबाट निहालिरहेकी राष्ट्रपति भण्डारीले पनि उनका नातिको भोजमा गएर नेपालीहरुको उच्च संस्कारलाई प्रतिबिम्बित गरेकी छन् । तर राष्ट्रपति भण्डारीको सो सहभागितालाई नरुचाउनेहरुले उनको कडा आलोचना समेत गरिरहेका छन् ।

विशेषगरी विवाह,व्रतवन्ध लगायतका भोजहरुमा निकै तामझाम र नेपालको कानुन र नीति विपरित खर्च गरेको भन्दै त्यो खालका कार्यक्रमहरुको चर्को आलोचना हुने गरेको छ । पूर्वराजा ज्ञानेन्द्रले दिएको यो भोजको सवालमा पनि केही सर्वसाधरण र बौद्धिक व्यक्तित्वहरुले समेत चर्को आलोचना गरिरहेका छन् र राष्ट्रपति आफैले कानूनको खिल्ली उडाएको आरोप लगाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले बिहीबार राजधानीमा दिएको भोजमा लाखौं पैसाको खोलो बगाएको भन्दै प्रगतिशिल लेखक खगेन्द्र संग्रौलाले उनको चर्को आलोचना गरेका छन् । त्यतिमात्रै होइन, पूर्वराजाले बगाएको पैसाको खोलोमा राष्ट्रपति विद्या भण्डारीले पौडी खेलेको कडा आरोप लगाउँदै उनले चर्को आलोचना गरेका छन् । लेखक संग्रौलाले आफ्नो ट्वीट अकाउन्टमा स्टाटस् लेख्दै पूर्वराजा ज्ञानेन्द्रले आयोजना गरेको भोजको तामझाम र त्यसमा राष्ट्रपति भण्डारी समेत डुबेको भन्दै चर्को आलोचना गरेका हुन् ।

त्यस्तै, अन्य केही सर्वसाधारणहरुले पनि पूर्वराजा ज्ञानेन्द्रले दिएको भोज र त्यसमा सहभागी नेता लगायत अन्य व्यक्तित्वहरुको पनि आलोचना गरेका छन् भने अधिकांश सर्वसाधारण र बौद्धिक व्यक्तित्वहरुले भने राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्रले एक अर्काले आयोजना गरेको पारिवारिक कार्यक्रममा सहभागिता जनाएर अति उच्च संस्कार प्रदर्शन गरेको भन्दै प्रशंसा गरेका छन् । कसैले भने दुई विपरित राजनीतिक तन्त्रहरुको अनौठो मिलन भनेर बहस समेत चर्काइरहेका छन् ।