मनोरञ्जन

सर्वनाममा ‘मिथिला चित्रकला प्रदर्शनी’

काठमाडौँ । काठमाडौँको सर्वनाम थिएटरमा एकल ‘मिथिला चित्रकला प्रदर्शनी’ भएको छ । चित्रकार पुनमकुमारी दासले बनाएका २२ वटा मिथिला जनजीवनसँग सम्बन्धित चित्रकला प्रदर्शनी भएका हुन् ।

पुनमको प्रस्तुतीकरण र धारणा सशक्त देखेकै कारण चित्रकला प्रदर्शनी गरेको भन्दै वरिष्ठ मिथिला चित्रकार एससी सुमनले भने, “मिथिलाका प्रत्येक घरमा कलाकार भए पनि पुनमको चित्र बनाउने शैली अलि पृथक छ ।”

पुनमले माइती इण्डियाबाट नै चित्र बनाउने तरिका सिकेर नेपालमा बनाउने गरेको उनले जानकारी दिए । उनले बनाएको चित्र प्रत्येक जनजीवनसँग गाँसिने गरेको उनले बताए ।

चित्रकार रमेश खनालले प्रत्येक संग्रहालयको विशेषता मिथिला चित्रकला भएको भन्दै यसलाई जोगाउन सबै कसिएर लाग्नुपर्ने बताए । सर्वनाम थिएटरमा अन्यमाभन्दा दर्शक तथा स्रोता धेरै हुने जानकारी दिए ।

थिएटरका प्रमुख अशेष मल्लले थिएटरले ‘एकघर एक चित्रकला’लाई एकदिन पूरा गरेरै छाड्ने जानकारी दिए ।