पु.समाचार

महिलाद्वारा प्रहरी क्यान्टीन मै झुण्डिएर आत्महत्या

बर्दीया । प्रहरी क्यान्टीन भित्रै एक महिलाले झुण्डीएर आत्म हत्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यलय बर्दीयाका अनुसार सोही कार्यालयमा काम गर्ने राजुसिंहकी श्रीमती कल्पना सिंह श्रेष्ठको शव झुण्डीएको अवस्थामा फेला परेको हो ।

प्रहरी क्यान्टीनमा काम गर्ने कल्पनाको मृत शरीर पोष्ट मार्टमका लागि गुलरिया लगिएको छ । यसवारेमा थप अनुसंन्धान भईरहेको प्रहरीको भनाई छ । राजु र कल्पनाविच वीगत लामो समयदेखि राम्रो सम्बन्ध नभएको र राजुले उनलाई कुटपीट गर्ने गरेको बताइएको छ । यसवारेमा अनुसंन्धानपछि मात्र जानकारी दिने प्रहरीको भनाई छ ।