समाचार

जबरजस्ती करणी गरेको आरोपमा सांसदका श्रीमान पक्राउ

वीरगञ्ज । जवरजस्ती करणी गरेको आरोपमा सांसद् शेख चाँद ताराका श्रीमान् शेष मन्सुरबाबु पक्राउ परेका छन् । जिल्ला प्रहरुरी कार्यालय प्रर्साका अनुसार नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको हो । मन्सुर विरुद्ध ०७४ पुस २८ गते जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि उनी फरार थिए ।
जिल्ला प्रहरी कार्यालय, पर्सामा दर्ता भएको जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त मन्सुरबाबुलाई बिहीबार पक्राउ गरेको जनाएको छ । श्रोतका अनुसार
झड्केलो छोराकै बुहारीलाई उनले मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेका थिए भने त्यसको त्यसको पर्सिपल्ट बुहारीले घटना भएकोवारेमा जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता गरेकी थिइन् ।मुद्धा दर्ता गरेपछि उनी फरार भएका थिए । उनलाई बिहीबार अदालत चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मन्सुरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको छ ।