खेलकुद

फेरिल्यान्ड र फ्रेन्डसिप फाइनलमा

काठमाण्डौ । फेरिल्यान्ड र फ्रेन्डसिप एफसी तेश्रो रियो एसईई फुटसल प्रतियोगतामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
लगनखेलस्थित आयोजक क्याम्पियन एकेडेमीमा भएको सेमिफाइनलमा फेरिल्यान्डले पद्मोदय ‘बी’ लाई टाइब्रेकरमा २–१ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल ५–५ गोलको बराबरीमा टुंगिएको थियो । अर्को सेमिफाइनलमा फ्रेन्डसिप एफसीले राइजिङ टिमलाई ४–१ गोलअन्तरले हरायो ।
फाइनल शुक्रबार हुनेछ । विजेताले ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।