खेलकुद

एथलेटिक्सः राहुल र रियालाई स्वर्ण

काठमाण्डौ । एथलेटिक्सको १ सय मिटर दौडको ब्वाइजमा प्रदेश ४ का राहुल गुरुङ र गल्र्समा प्रदेश ४ कै रिया थापाले स्वर्ण जिते । राहुलले निर्धारित दूरी ११।४४ सेकेन्डमा पूरा गरे । प्रदेश ३ का विमल बुढाथोकी दोश्रो तथा प्रदेश ५ का सुरेन्द्र विक तेश्रो भए ।

रियाले १३।७० सेकेन्डमा दूरी तय गरिन् । प्रदेश ६ की सेरुणा शेर्पाली दोश्रो तथा प्रदेश ५ की प्रशान्ती थारु तेश्रो भए । ब्वाइज ट्रिपलजम्पमा प्रदेश ५ का कृष्ण घिमिरे पहिलो, प्रदेश ४ का नुतन श्रेष्ठ दोश्रो र प्रदेश ७ का सञ्जय चौधरी तेश्रो भए । सोही स्पर्धाको गल्र्समा प्रदेश २ की अनुषा राउतले स्वर्ण, प्रदेश ७ की दुर्गा धामीले रजत र प्रदेश ३ की मनिका महतोले कांस्य जिते ।