समाचार

अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका नाममा ब्रह्मलुट, सरकार बेखबर

काठमाडौं । सरकारको स्पष्ट दृष्टिकोणको अभावमा नेपालमा शिक्षा र स्वाथ्य अत्यन्तै महंगो भएको छ । च्याउ उम्रे जस्तै खुलेका बोर्डिङ्ग स्कुल कलेज तथा विभिन्न प्राइभेट अस्पतालले सेवाग्राहीलाई सेवाका नाममा महंगो शुल्क लिएर ठग्ने क्रम जारी छ । तर सरकार भने बेखवर छ । घनाबस्ती भएका शहरहरुमा सहजै सेवाग्राहीलाई ठग्न पाइने भएकोले जताततै प्रतिस्पर्धात्मक रुपमा अस्पताल कलेज र स्कुलहरु स्थापना भैरहेका छन ।

तर दुर्गम क्षेत्रमा भने अझै पनि पर्याप्त मात्रामा बोर्डिङ्ग स्कुल कलेज तथा विभिन्न प्राइभेट अस्पताल भने स्थापना भएका छैनन । जसको परिणाम स्वरुप बालबच्चा पढाउन र सानो काम तथा उपचार गर्न पनि शहर आउनु पर्ने बाध्यता छ । स्वास्थ्य केन्द्र तथा अस्पतालहरु पनि शहर केन्द्रीत भएका छन ।

यसै क्रममा १० वर्षअघि काठमाडौको माईतिघरमा स्थापना भएको अन्नपुर्ण न्युरो अस्पतालले पनि अत्यन्तै महगो उपचार शुल्क लिएर ठग्ने गरेको उपचारका लागि आएका विमारी तथा उनका आफन्तहरुले बताए । अस्पतालले सवैभन्दा बढी शल्यक्रियाका व्रmममा ठग्ने गरेको पाईएको छ । अस्पताल प्रशासनले विमारी र उनीहरुको आर्थिक हैसियत बुझी शल्यक्रिया शुल्क लिने गरेको पनि पीडित विमारीका आफन्तले जानकारी दिए ।

बरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तको यो अस्पताल नीकै महंगो भएकोले सर्वसाधारणको पँहुच पुग्ने हैसियत नभएपनि बाध्यताका कारण आउने विमारीको संख्या बढ्दो छ । यो अस्पतालमा सामान्य शल्यक्रिया शुल्क मात्रै ६५ हजार देखि शुरु हुन्छ, त्यो भन्दा माथि विमारीको आर्थिक हैसियत अनुसार निर्धारण हुने गरेको पीडितका आफन्तको दावी छ ।

वरिष्ठ हास्यकलकार मदनकृष्ण श्रेष्ठले २२ लाख तिरेर यही अस्पतालमा (डीबीसी) डिप्रेन्स स्टीमुलीन पार्कीन्सन रोगको उपचार गरेका थिए । यहीँबाट थाहा हुन्छ यो अस्पताल कति महंगो छ । यसबारेमा अस्पतालका डेपुटी मेडीकल डाईरेक्टर डाक्टर शरद गजुरेलसँग कुरा राख्दा उनले अन्य अस्पतालको उदाहरण दिदैँ अस्पताल सामान्य रुपमा चल्न पनि आवश्यक शुल्क त लिनैँ पर्यो भन्ने जवाफ दिए । उनले गरिब विमारीका लागि केही प्रतिशत छुट दिने गरेको पनि दावी गरे ।

तीन दिन देखि अस्पतालको आइसीयुमा भर्ना भएकी रामेछाप धोवी—५ की लक्ष्मी भण्डारीका भाई जीवनराम पाण्डेले भने, दिदी एक्कासी उच्च रतmचापले गर्दा ढल्नु भयो । ऋण खोजेर २० २५ हजार बोकेर यो अस्पतालमा ल्याइयो । अस्पतालका कर्मचारीहरुले आईसीयुमा भर्ना गर्नुपर्छ भने र एक्कासी ३५ हजार डिपोजिट मागे, काठमाडौमा नातेदारसँग मागेर भर्ना गरियो । एक्कासी अस्पतालले शरीरको ब्लक खोल्ने भन्दै ८१ हजारको एउटा मात्र औषधि पर्ने बताएपछि ऋण खोजेर किनियो अब त थेग्नै गाह्रो भयो । के गर्ने होला भन्दैँ झन् चिन्तित देखिए ।

उनले भने, दुई वर्ष अगाडी पनि उनै दिदीलाई ढाडको नशा च्यापिएर बासबारीस्थित डा.उपेन्द्र देवकोटाको अस्पताल लगियो, ९ दिन बस्दा ३ लाख रुपैँया सकियो । अहिल्य फेरि यो समस्या बेर्होनु पर्यो । ऋण लिने ठाँउमा लिई सकियो, अस्पतालले छुट दिदैन के गर्ने होला उनी धेरै चिन्तामा थिए ।

यस्तै पीडा बारा सिमरौनगढ घर भएका असलम अन्सारीको पनि छ । उनी पनि अहिले अस्पतालमा भर्ना भएका छन । उनका भाई अवुलेस अन्सारीका अनुसार उनको दाईको टाउँको पछाडीको पानी जमेको भागको शल्यक्रिया गर्नुपर्ने छ तर शल्यक्रियाको चार्ज एक लाख ७५ हजार तोकिएको छ । हामी त गरिब परियो यत्रो पैसा कहाँवाट ल्याउनु भनेर उनी पनि दिक्दारी मान्दै थिए ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । यो अस्पतालमा कयौ मान्छे महंगो भयो भन्ने भेटीए । स्वास्थ्य सेवा गर्ने नाममा ब्रहमलुट हुदाँ पनि संम्बन्धित निकाय किन मौन छ । हाम्रा देशका नेताहरु उपचारका लागि बिदेश गएर करोडौ खर्च गर्छन, हाम्रो देशमा सस्तो सुलभ सबै सेवा भएको अस्पताल बनाए नी के बिग्रिन्थ्यो ?