आर्थिक

सिभिल बैंकको हकप्रद शेयर लिलाममा अधिक आवेदन

काठमाडौं । कुल ३२,२५,६२० कित्ता शेयरको लागी आवेदन परेकोमा अधिकतम बोली रु १५० र न्यूनतम बोली रु एक सय परेको छ । यससंगै बैंकको चुक्तापूँजी रु सात अर्ब पच्चिस करोड त्रियानब्बे लाख दश हजार तीन सय बैसठ्ठी पुग्ने कुरा बैंकले बताएको छ ।

सिभिल बैंकले नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको चुक्तापूँजी रु. ८ अर्ब पु¥याउन बुझाएको पूँजी योजना बमोजिम, २५% हकप्रद शेयर वितरण गर्न बैंकले शेयर बिक्रीप्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको थियो । जस मध्ये संस्थापक समूहको आवेदन नपरेको २९,९२,२१०.२५ कित्ता हकप्रद शेयर बिक्रिको लागि मिति जेठ ९ गतेसम्म शिलबन्दी बोलपत्र माग गरीएकोमा, कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनिको आवेदन परेको बैंकले जनाएको छ ।

आ.व. २०७४÷७५ को चैत्र मसान्तसम्म २ लाख भन्दा बढी ग्राहकहरु रहेको, करीब रु. ३७अर्वको निक्षेप परिचालन गरी करीव रु.३६ अर्वभन्दा बढीको कर्जा लगानी गर्नुका साथै रु ३५ करोड खुद मुनाफा कमाउन सफल भएको सिभिल बैंकको कुल शाखा संख्या ६१ पुगेकोे पनि बैंकले जनाएको छ ।

सिभिल बैंकले संचित मुनाफाबाट बोनस शेयर वितरण गरी अपुग चुक्ता पूँजी पु¥याउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।