राजनीति

संसदमा राजपा तात्यो, दियो यस्तो चेतावनी

काठमाडौं । तराई केन्द्रीत पार्टि राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय जनता पार्टी, नेपालका नेता एवंम सांसद बृषेशचन्द्र लालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान धम्कीपुर्ण चेतावनी दिए ।

उनले संविधान संशोधन गर्नुपर्ने आफूहरुको माग सम्बोधन नगरे मधेशका जनतालाई सहृय नहुने पनि बताए । लालले मधेसीको भावनालाई समेटेर सरकारको नीति तथा कार्यक्रmम नआएको दावी गदै उने संविधान शंशोधनले मात्र मधेशको समस्याको समाधान गर्ने दावी गरेका थिए ।

संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले संविधान संशोधन गर्ने काम नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै आपती प्रकट गरिन् । उनले भनीन्, संविधान संशोधन गर्ने कामवाट सरकार भाग्न पाउदैन ।

सांसद कुमारीले सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई आत्मसात गर्न नसकेको दावी गर्दै यस कामबाट सरकार भाग्न नसक्ने कुरा पनि औल्याएकी थिइन् ।