राजनीति

अध्यक्ष दाहालको ठोकुवाः यो सरकार कसैले हिलाएर हिल्दैन

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई बहुमत सहित बनेको बाम सरकार ५ बर्षसम्म कसैले हल्लाउन नसक्ने बताएका छन् । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२ औं स्थापना दिवसमा बिहिबार बोल्दै अध्यक्ष दाहालले नेकपासँग कसैले चाहेर पनि सरकार नहल्लिने गरी सुविधाजनक बहुमत रहेको बताएका हुन् ।

अध्यक्ष दाहालले कार्यक्रममा गरेको सम्बोधनको सुरुमै भनेका छन् ‘हामीले कम्युनिष्टहरुको निकै सुविधाजनक एकलौटी बहुमतको सरकार बनाएका छौं । यो सरकार कसैले हिलाएर हिल्दैन, ५ वर्षमा कम्तीमा लोकतान्त्रिक मूल्य र मान्यता अनुसार चल्छ’ स्थिर सरकारको अवस्था आफूहरुले गरेको भन्दै दाहाले अघि भने ‘पञ्चायतमा राजाले टीका लगाउने सरकार पनि ३ वर्षभन्दा टिकेन, अनि बहुदल पछि हुन्छ कि भनेको झन् खराब स्थिति आयो । अब गणतन्त्र आएपछि धेरै राम्रो होला भनेको छ ९र९ महिनामा फेरिने झन् विकराल अवस्था देखिएपछि’ उनले भने ‘यो अवस्था ल्याउने राजनीतिक त्याग तपस्या र बलिदान गर्ने हामी जनता र नेतृत्वका लागि ठूलो चिन्ताको अवस्था रहृयो ।’

यस्तै, तत्कालिन एमाले र माओवादीबीच भएको एकताबारे पनि दाहाल बोलेका छन् । उनले देशलाई समृद्ध र सुशासन युक्त बनाउन पार्टी एकता गरिएको भन्दै भने, ‘यस्तै फेरि पनि अर्को ७० वर्ष रहने हो भने अर्थतन्त्र डामाडोल हुन्छ, अर्थतन्त्र जति डामाडोल हुँदै जान्छ यो राष्ट्रको अस्मिता त्यति नै खतरामा पर्दै जान्छ र कुनै दिन यस्तो पनि आउन सक्छ नेपालको राष्ट्रिय अस्मिता बचाउनै नसक्ने ठाउँमा पुग्ने खतरा छ । यही कुरालाई हेरेर हाम्रा उतार चढाव घु्म्ती मोडहरु र हाम्रा सबै संघर्षहरुको समीक्षा गरेर एकतामा आयौं’ प्रचण्डले भने ।

देशको मुहार फेर्न प्रत्येक नागरिकले आआफ्नो ठाउँको जिम्मेवारी निभाउनुपर्ने अध्यक्ष दाहालको भनाई छ ।