अन्तर्राष्ट्रिय

बुवाबाट बलात्कृत छोरीको बयानः ‘नमानेमा पिट्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, मसँग मुखमुखै लाग्छेस्’

काठमाडौं । उनलाई बलात्कार भन्ने शव्द उच्चारण गर्न अप्ठेरो भइरहेको थियो । त्यसैले पटक-पटक यत्तिमात्र भन्थिन् ‘बुवाले गलत काम’ गर्नुहुन्थ्यो । नमानेमा पिट्नुहुन्थ्यो ‘भन्नुहुन्थ्यो- मसँग मुखमुखै लाग्छेस्’

तर उनलाई बलात्कार भएको थाहा थियो । टुट-फुटे शव्दमा आफूलाई केके भयो भनेर उनले साँचो कुरा भन्थिन् । उनले त्यो कोठामा पनि देखिइन् जहाँ उनलाई भुइँमा पछारिन्थ्यो । पीडाले उनी चिच्याउँथिन् तर एउटा अजंगको हातले उनको मुख छोपिदिन्थ्यो ।

त्यही कोठामा बसेर उनले क्राइम पेट्रोल देख्थिन् । यस्ता धेरै कहानी उनले देखिरहिन् । तर एक कहानी उनको भित्रै चलिरहेको थियो । तर पिटाइ खाने डरले त्यो कहानी पनि कसैलाई सुनाइनन् ।

सहोदर आमालाई छाडेर जब सौतेनी आमकहाँ आइन्

पायल एक वर्ष अगाडि आफ्नो सहोदर आमालाई छाडेर आफ्नो भाइ बलरामसँग हरियाणाको एक गाउँमा आएकी थिइन् । बिहारबाट हरियाणा आउँदासम्म उनलाई सन्तोष थियो कि म बुवाको जिम्मेदारीमा छु, मलाई राम्रो संरक्षण मिल्ने छ ।

पायलको बुवा भुवनको दुई श्रीमती छन् । जेठी श्रीमती बोल्न सक्दिनन् । उनी एउटा छोरासहित माइतमी बस्दै आएकी छन् । पहिले पायल र उनको भाइ पनि आमासँगै थिए । तर, जब उनीहरुलाई बोझ ठान्न थालियो अनि भुवनले आफूसँगै लिएर आए ।

यता पहिलेदेखि नै भुवनको एक परिवार थियो । कान्छी श्रीमती सुजाता र उनका दुई बच्चा थिए । तर, पायल र बलरामलाई कहिल्यै सौतेनी आमासँग रहेको भान भएन ।

सुजाताको कपाल सुम्सुम्याउँदै पायल भन्छिन्, ‘मम्मी निकै असल हुनुहुन्छ । बुवाले पिट्नुहुन्थ्यो मम्मीलाई पनि, हामीलाई पनि । दिनहुँ रक्सी पिएर आउनुहुन्थ्यो र मम्मीलाई पिट्नु हुन्थ्यो, तर मम्मी असल हुनुहुन्छ ।’

पहिलो पत्नी हुँदाहुँदै दोस्रो पत्नी

सुजाता भन्छिन्, ‘उनी मेरो गाउँमा आइरहन्थे । त्यहाँ उनका आफन्त थिए । हाम्रो लभ पर्‍यो र बिहे पनि गर्‍यौं ।’

सुजाताको दावी छ कि भुवनको पहिलो बिहेबारे उनलाई थाहा थिएन । भुबनले पनि त्यसबारेमा संकेतसमेत दिएनन् ।

उनी भन्छिन्, ‘म जब बिहे गरेर आएँ त्यसपछि थाहा भयो उसको त बिहे भइसकेको रहेछ र बच्चा पनि छन् भन्ने कुरा । तर मैले सबै कुरा सुम्पिइसकेकी थिएँ । त्यसैले चुपचाप सबै सहेर बसें ।’

सुजाताका अनुसार भुवनको पहिले नै बिहे भइसकेको थाहा पाएपछि सुजाताका आमा(बुवा पञ्चायतमा पुगेका थिए । तर, भुवनले दुई महिलाको सिउँदोमा सिन्दूर हालेको छु भने दुवैको जिम्मेवारी लिन्छु भने ।

भुवन सुजातालाई लिएर करिब दुई वर्ष अगाडि हरियाणाबाट यस गाउँमा आएका थिए । उनी सिमेन्टको पाइप बनाउने काम गर्दथे । सुजाता घरको सरसफाइको काम गर्दथिन् ।

सुजाता भन्छिन्, ‘पायलकी आमा र मेरोबीचमा कहिल्यै झगडा भएन । हामी गाउँमा गएको बेला उहाँ भेट्न आउनु हुन्छ ।’

त्यो दिन के भयो ?

यो सुनेर पायलले सबैभन्दा पहिले पिटेको कुरा गर्छिन् ।

जब हामी गाउँमा थियौं, बुवाले पिट्नु हुँदैनथ्यो तर यहाँ आएपछि दिनहुँ ९चार वर्ष, पाँच वर्ष र दस वर्षका साना भाइबहिनीप्रति इशारा गर्दै० यी सबैलाई गाली गर्नु हुनुन्थ्यो । अनि यिनीहरु सबै कुनामा लुक्थे ।’

सुजाता बीचमै थप्छिन्, ‘बेस्सरी पिट्नु हुन्थ्यो, पैसा खोस्नु हुन्थ्यो । त्यही भएर हामी एक(दुईवटा ठाउँमा थाहा नदिइ काम गर्थ्यौं । उनलाई थाहा हुँदैनथ्यो हाम्रो काम कति छ । अस्पतालबाट पाँच हजार पाँच सय रुपैयाँ तलब पाइन्थ्यो । हामीले पाँच हजार हो भन्थ्यौं ।’

सुजाता बिहान ९(१० बजेतिर काममा निस्किन्थिन् र साँझ ७ बजेतिर आउँथिन् । घरको काम सक्दाबित्तिकै उनी अस्पताल जान्थिन् तर त्यो दिन छिटै छुट्टि भयो ।

उनले भनिन्, ‘१६ मेमा हामी १२ बजेतिर घरमा आएँ । तीनै जना बच्चा एउटा कोठामा थिए । दोस्रो कोठाको ढोका आधा बन्द थियो, आधा खुल्लै । खोलेर भित्र छिर्दा दुवै जनाले आ(आफ्नो कपडा लगाउन थाले । मैले पायललाई सोधें यस्तो नराम्रो काम कहिलेदेखि भइरहेको छ रु उसले भनी बुवाले पिट्ने डर देखाएर धेरै दिनदेखि यस्तो गरिराख्नु भएको छ ।’

सुजाताको दावी छ कि त्यसपछि उनको श्रीमानले गाली गर्दै त्यहाँबाट भागे । त्यसपछि उनी आफै पनि दुई दिनसम्म आफ्नो घरमा बसिनन् ।

सुजाताले भनिन्, ‘उसले हामीलाई मार्ने धम्की दिए । त्यसपछि हामी काम गर्ने एक घरमा गयौं र दुई दिनसम्म त्यहीँ बस्यौं । त्यसपछि १०० नम्बरमा फोन गरेर पुलिसलाई सबै भनिदियौं ।’

१८ तारिखमा सुजाताले यसबारेमा प्रहरीमा जानकारी दिइन् । त्यसैदिन भुवनलाई पुलिसले पक्रियो । पुलिसको एक टोलीले पायलको स्वास्थ्य परीक्षण गरायो र काउन्सिलिङ पनि गरायो । मेडिकल रिपोर्टमा बलात्कार पुष्टि भएको छ ।

यो घटना हेर्दै आएकी महिला प्रहरी चौकीकी पुनम सिंहका अनुसार भुवनले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनीमाथि मुद्दा दर्ता गरिसकिएको छ ।

यो सुन्नासाथ सुजाताका आँखाबाट आँसु झरे । उनले आँचल फैलाएर भन्न थालिन्, ‘उनलाई बचाउनुस् । के अब उनी कहिल्यै जेलबाट बाहिर आउँदैनन् रु उसले गल्ती गरेको छ । तर अब उसले फेरि यस्तो गर्दैन । बचाउनुस्‘मैले एक छोरीलाई सोचेर उजुरी गरें तर अझै तीन छोरा पनि त छन् । अब कसले हेर्छ हामीलाई रु’

‘माइतीले हामीलाई नराम्रो भनिसके । अब कोही रहेन मेरो लागि,’ उनले भनिन् ।

अनि पायल ?

मलाई स्कुल पठाइदिनुस् म पढ्न चाहान्छु । गाउँमा चार कक्षासम्म पुगेको छु । मलाई पढाइदिनुस् र मम्मीले जे भन्नु हुन्छ त्यो पनि गरिदिनुस् ।’

यति भनेर उनी पानी पिउन गइन् । ढोका नजिकै राखेको पानीको घडा छोपेको थिएन । त्यसबाट पानी निकालेर उनी पानी पिउँछिन् । इसारा गरेर बरन्डामा

देखाउँछिन् र फेरि बाहिर राखिएको खटियामा गएर सुत्छिन् ।

प्रश्न नसोधे पनि उनी भन्छिन् अब हामीलाई यो कोठामा डर लाग्दैन । किन लागोस्, बुवा त गइहाल्नुभयो ।’

– बीबीसी हिन्दीको सहयोगमा