पर्यटन/संस्कृति

महिला पत्रकारहरुको समुहले गर्यो सगरमाथा आरोहण

काठमाण्डौ । नेपाली महिला पत्रकारको एक समुले सगरमाथा आरोहण गरेको छ । पर्यटन मन्त्रालयका अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार बुधवार बिहान ६ बजेको समयमा आरोहण गरेको हो ।

दलका सदस्यहरु मेगा टेलिभिजनकी कल्पना महर्जन, पुर्णिमा श्रेष्ठ कारोबार दैनिक, नेपाल टेलिभिजनकी रोजिता बज्राचार्य, रासरसकी रोसा बस्नेत , स्बतन्त्र पत्रकार देउरालि चाम्लिङ्गको टिम सगरमाथाको चुचुरोमा पुग्न सफल भएको छ । सो समुह फर्कदै गरेको अधिकृत श्रेष्ठले बताए ।

१३ चोटि सम्म सगरमाथा आरोहण गर्न सफल फूर्वा शेर्पाको नेतृत्वमा सो टोली गएको थियो