खेलकुद

करातेमा काठमाडौंको वर्चस्व

काठमाण्डौ । काठमाडौं ७ स्वर्ण, २ रजत र १ कांस्य जित्दै करातेमा टिम च्याम्पियन बनेको छ । १ स्वर्णसाथ काभ्रे दोश्रो र ३ रजतसहित रामेछाप तेश्रो भए ।
छात्रमा ३० केजीमा सुशिल परियार, ३४ केजीमा सुशान्त हुमागाईं, ३८ केजीमा वीरेन्द्र तामाङ तथा एकल कातामा पनि सुशान्तले स्वर्ण जिते । स्वर्ण विजेता सबै काठमाडौंका हुन् ।
छात्रा ३० केजी र एकल कातामा एन्जिला राई, ३४ केजीमा सन्जु देशार तथा ३८ केजीमा मिना ब्लोनले पहिलो स्थान हात पारे । मिना काभ्रेकी हुन् भने बाँकी काठमाडौंका हुन् । छात्र÷छात्रामा समान ४–४ स्वर्णका लागि प्रतिस्पर्धा भएको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।