खेलकुद

फिफा विश्वकपको ग्लोवल टिभिसि सार्वजनिक, दुई नेपालीमा पनि

काठमाडौं । हालै दी कोकाकोला कम्पनीले फिफा विश्वकपको ग्लोवल टिभिसि सार्वजनिक गरेको छ । नेपालका केही लोकप्रिय स्थानका दृष्यहरु समावेश गरिएको टिभिसी सार्वजनिक गरिएको हो ।

टिभिसिमा सबै मानिसहरु खेल हेर्नलाई उत्सुुक भएको दखाईएको छ ।

उक्त टिभिसिको साउन्ड ट्राक (आर यु रेडी) विश्वकै चर्चित ब्यान्ड एसी डिसिको सन् १९९०को निकै चर्चित एल्बम ‘दी रोर्जस एज’ बाट लिइएको हो ।

यस टिभिसिको सुरुवातमा एउटा टेलिभिजन देखाइएको छ जसमा विश्वकप फुटवलको खेल सुरुवाति क्षण देख्न सकिन्छ । टिभिसिमा युवाहरु खेल हेर्न निकै कहुतल भएको देख्न सकिन्छ ।

उक्त टिभिसिमा विश्वका धेरै मूलुकका युवाहरु कोकाकोला लिनका लागि दौडिरहेका छन् । जसमा दुई नेपालीलाई पनि देख्न सकिन्छ ।

टिभिसिमा विश्वका बिभिन्न लोकप्रिय स्थानहरु देखाइएको छ, जसमा नेपालको स्वम्भुनाथ स्तुपा, काठमाडौको एक डिपार्टमेन्ट स्टोर, सितापाईला नजिकको स्थान र एक हाउजिङ कम्प्लेक्स नजिकैको झुलुङ्गे पुलसमेत देख्न सकिन्छ ।

कोकाकोलाको विश्वब्यापी टिभिसिमा नेपाल एक अभिन्न अंगको रुपमा रहेको छ ।