काठमाडौं । पछिल्लो समय खुबै चर्चामा रहेका र्यापर राजेन्द्र भट्ट उर्फ ‘मिस्टर आरजे’को र्यापमा सजिएको ‘बेहुली बनाईबर’ बोलको देउडा गीत बजारमा आएको छ । लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत देउडा म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
टेक राजको शब्द रहेको गीतमा मिस्टर आरजेले संगीत भरेका छन् । गीतलाई टेक राज र आरजेले गाएका छन् । गीतमा क्रिस्टिना महरा र सन्तोष कुमारलाई फिचरिङ् गरिएको छ । बीचबीचमा ‘मिस्टर आरजे’को र्यापले गीतमा उत्साह थपेको छ ।
हेर्नुहोस् भिडियो::-