पु.समाचार

सुर्यखबरको कार्यकारी सम्पादकमा खड्का नियुक्त

काठमाण्डौ । सुर्यखबर डट् कम् ले कार्यकारी समपादकको रुपमा पत्रकार हेमराज खड्कालाई नियुक्त गरेको छ । समुन्नत नेपाल पब्लिकेशनद्वारा प्रकाशित अनलाईन पत्रिकाको संचालक समितिको बैठकले डेढ दशक अघि राससबाट पत्रकारिता शुरु गरेका खड्कालाई दुईबर्षका लागी कार्यकारी सम्पादकमा नियुक्त गरेको हो ।

पत्रकारितामा राम्रो अनुभब भएका उनले एभिन्युज टेलिभिजन र नेशनल टेलिभिजनमा बरिष्ठ राजनीतिक समाचारदाताका रुपमा जिममेवारी निर्बाह गरेका थिए ।

बिशेष गरेर संसदीय रिपोर्टिङ गर्न रुची राख्ने खड्काले त्रिभूबन बिश्वबिद्यालयबाट पत्रकारितामा स्नातक तथा राजनीति शाश्त्रमा स्नातकोत्तर गरेका छन् भने पत्रकारिता सम्बन्धी बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिममा भाग लिईसकेका छन् ।

नियुक्तीपछि बोल्दै आफ्नो कार्यकालमा सत्य, तथ्य समाचार छिटो छरितो प्रशारण गर्ने र आफूले पाएको जिम्मेवारीलाई ईमान्दारीपूर्बक निर्बाह गरी सुर्यखबरलाई प्रतिष्पर्धात्मक रुपमा अब्बल बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।