तस्विरहरु

नेबिसंघको भारत बिरुद्धको बिरोध !

काठमाण्डौ । नेपाली काँग्रेसको विद्यार्थी भातृसंस्था नेपाल बिद्यार्थी संघले काठमाण्डौस्थीत भारतीय दूताबास अगाडी भारतीय साँसद कीर्ति आजादले भारतीय प्रधानमनत्रीको नेपाल भ्रमणका बेला नेपालको जनकपुरलाई भारतमा मिसाउनुपर्छ भनेर दिएको अभिब्यक्तीका बिरुद्धमा बिरोध प्रदर्शन गरेको छ । नेबिसंघका अध्यक्ष नैनसिंह महर, माहामन्त्री सरोज थापा, कुन्दनराज काफ्ले लगायत पदाधिकारी तथा सदस्यहरुले भातीय साँसदले दिएको अभिब्यक्ती फिार्ता लिनुपर्ने माग सहित संबोधन गरेका थिए ।