मनोरञ्जन

भर्खरै आयो ‘मिस्टर आरजे’ को ‘बाजकली'( भिडियो हेर्नुहोस्)

काठमाडौं । छोटो समयमा नेपाली संगीतमा बेग्लै छवी बनाएका र्‍यापर राजेन्द्र भट्ट मिस्टर आरजे को नयाँ बाजकली बोलको गीत बजारमा आएको छ । मिस्टर आरजेले देउडा फ्युजनको गीत बजारमा ल्याएका हुन् ।

उनले उक्त भिडियो गीत मिस्टर आर जे नामक युट्युब च्यानलबाट दर्शकमाझँ पस्केका छन् । यो समाचार तयार पार्दासम्म गीतलाई हजार बढी पटक हेरिएको छ । गीतलाई रेश बिसीले गाएका छन् भने त्यसमा आरजेले र्‍याप हानेर म्युजिक भिडियोलाई रमाईलो ढंगले प्रस्तुत गरेका छन् । गीत राम्रो बनेकाले खासगरी पश्चिमी भाषा बुझने दर्शकले निकै मन पराउने अपेक्षा गरिएको छ ।

पछिल्लो समय उनी व्याक टु व्याक हिट गीतहरु दर्शक सामु ल्याईरहेका छन् । उनलाई हिजो आज देश विदेशका स्टेज कार्यक्रममा भ्याई नभ्याई छ । उनले नेपालका हिट फिल्मका गीतमा समेत आफ्नो र्‍याप प्रदर्शन गरिसकेका छन् । उनी हिजो आज नेपालको टप र्‍यापरहरु मध्ये पर्दछन् ।

भिडियोः-