विचार/ब्लग

राजनीतिक बेफाईदामा मोदी भ्रमण, ओलीले गरे ऐतिहाशिक गल्ति

 

पुष्प थापा

पुष्प थापा/प्रदेश नम्बर २ को राजधानी जनकपुर र राष्ट्रिय सभागृहमा मोदीको नागरिक अभिनन्दनको सम्बोधनले सबै सहभागीहरुको मन जित्ने कोशिस गरेको देखियो।

नेपालीहरु फराकिलो सोचाई र बिशाल हृदयका हुन्छन् भन्ने प्रमाणको संकेत दिएको छन् । नाकाबन्दीले दिएको कष्टलाई बिर्सिएको मुटुमा च्यापी छिमेकोसितको सम्बन्ध हार्दिकता होस भन्ने नेपालीको चाहना रहेकोले फेरी पनि छिमेकीबाट यस्तै अमानवीय कार्य दोहरिन हुदैन भन्ने आम सोचाई रह्यो। मृदुभाषी स्वरका धनि प्रधानमन्त्री मोदीले नेपाली र हिन्दी भाषामा बोल्दै स्थानीय स्थल र स्मारक तथा बुद्ध,सीता र सगरमाथाको पनि नाम उच्चारण गरी गडगटाह तालीले सम्मान पाएका छन् ।

विश्वको १० औ प्रबल शक्तिवान नेताको रुपमा परिचित नरेन्द्र मोदीले नेपालीको संबिधानको कार्यान्वयनलाइ प्रशंशा गर्दै नेपालको संबिधानलाई शहर्ष बर्णन गरी स्वीकार गरेको देखियो। प्रधानमन्त्री मोदीले नेपालको आन्तरिक मामिला नेपाली जनताको नेतृत्वको सरकार र नेपाली जनताको आपसी सहकार्य र सहमतिमा समाधान हुनु पर्नेमा जोड दिदै उनको भाषणमा भारत नेपालको सच्चा छिमेकी मित्रको रुपमा सधै नेपाली जनताको साथमा काधमा काध मिलाउदै जाने भनेको सुनियो। प्रधान मन्त्रीमोदीको नेपाल भ्रमणले दुईवटा बिषयलाई स्पस्ट बनायो।

२५ बर्ष पहिले एमालेले निर्माण हुने नदिएको ९०० मेगावाटको अरुण तेश्रो जलबिद्युत परीयोजना एमालेकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा सिलान्यास गरे भने भारतले नेपालको संबिधानलाई स्वीकार गरी नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता प्रधानमन्त्री मोदीले व्यक्त गरेको सुनियो।

उपरोक्त दुवै थरी बिषयमा ढिलै भए पनि पश्चाताप गरी सही दीशामा आएका छन्। प्रधानमन्त्री मोदीलाई जनकपुरमा धेरै राम्रो स्वागत तथा नागरिक अभिन्नदन गरिएको छ। नेपालको आन्तरिक मामिलालाई मोदीको नागरिक अभिनन्दनमा प्रदेश न २ का मुख्य मन्त्रि लालबाबु राउतले समाबेस गर्नु कुटनैतिक मर्यादा भन्दा बाहिर गएको देखियो। नेपालको संबिधानलाई संसोधन गर्न भारतको हस्तक्षेप हुनु पर्ने संकेत देखाए। यस बारेमा चारै तिरबाट धेरै आलोचित बनेका २ न प्रदेशका मुख्य मन्त्री ज्युलाई प्रधानमन्त्री मोदीले त्यति धेरै महत्व पनि दिएको देखिएन।

जनकपुर काठमाण्डौ मुक्तिनाथमा मोदीले धेरै राम्रो स्वागत पाएका छन। मोदीको तिर्थ यात्रा पछि मुक्तिनाथ र जनकपुरमा धेरै तिर्थ यात्रीहरुको आगमन हुने देखिन्छ। तर जनकपुर र मुक्तिनाथको पूर्वाधारको दुर्दशाले तीर्थयात्रीहरुलाई निरुत्वसाही बनाउने छ। फोहरमहिला धेरै छ भने यातायातको लागी राम्रा सडक छैनन भने भर पर्दा यातायातका साधनहरु छैनन् । यात्रीहरु रहनको लागी होटेल र खान खाने रेष्टुराँहरु प्रयाप्त छैनन्। प्रधानमन्त्री मोदीको नेपालको धार्मिक तथा कुटनैतिक भ्रमणले नेपालको पर्यटन बिकासको लागी धेरै टेवा पुग्ने छ। हजारौ लाखौ करोडौ रकम खर्चेर नहुने मुक्तिनाथ र जानकी मन्दिरको प्रचार प्रसार भारतीय टिवी च्यानलहरुले सित्तैमा गरि दिएका छन। मोदीलाई नेपालीहरुले देखेको सद्भावपूर्ण सत्कारसहितको सम्मान धेरै प्रशंशायोग्य रहेको छ। आगामी दिनमा चीनको राष्ट्रपतिलाई पनि धार्मिक तथा कुटनैतिक राजकीय औपचारिक भ्रमणको लागी निमन्त्रण गर्नु पर्दछ। यसै शिलशिलामा चीनको राष्ट्रपतिलाई लुम्बिनीको भ्रमण गराउनु पर्दछ। चीनको राष्ट्रपतिको लुम्बिनी भ्रमणमा चिनिया टिवी च्यानलहरुले लुम्बिनीको बारेमा धेरै बर्णन गर्न सक्दछन। यसरी नै नेपालको धार्मिक र राजनीतिक सम्बन्धले पर्यटन प्रबर्धन हुनसक्दछ।

मुलुकको भ्रमणमा बिश्वको शक्तीशाली हुने होडमा उदाउदै गएको मुलुकका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनु सबै नेपाल्ीले सुखद नै मान्नु पर्दछ तर कतिपय कुरामा प्रधानमन्त्री केपी शर्मा ओली र पछिल्लो समयमा मुलुकको सबैभन्दा ठूलो पार्टी भएको नेकपा एमालेले भारतीय सेनालाई भित्र्याएर गम्भिर गल्ति गरेका छन् । यो नेपाल र नेपाली जनताको बिरुद्धको नागों हस्तक्षेप हो । नाकाबन्दीका कारण भारतसंग चिढीएका नेपाली जनताले नाकाबन्दीको ठाडो पिबरोध गर्ने नेकपा एमाले र अध्यक्ष ओलीको बिश्वासले ठूलो पार्टी बनाएका थिए, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधी सभा निर्बाचनमा तर त्यो प्रधानमन्त्री ओलीले च’नाबी नाराको रुपमा मात्र बनाएको झैं जनतालाईै देखाए ।

०७० सालदको संबिधान सभा निर्बाचनमा सबैभन्दा ठूलो पार्टी बनेको नेपाली काँग्रेसलाई भारतसंग जोडेर बिरोधमा उत्रिएको नेकपा एमाले र शक्तीशाली प्रधानमन्त्री केपी शर्मा ओली दुईपिदनमा नै जनतासंग नागिंएका देखिन्छन् । नेकपा एमालेका जिम्मेवार नेताहरुले समेत उनको खुलेर बिरोध गर्न थालेका छन् । भनेर फेसबुक, ट्वीटर जस्ता सामाजीक संजालमा रङ्गाउने मुलुकको माया गर्ने विश्वभर बस्ने नेपालीहरुले कतिपय घटनामा प्रधानमन्त्री ओलीलाई जोडेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत गाली गरेका भेटिए ।

मेदीले नेपाल धार्मीक र पर्यटनको नेपाल भ्रमण गरेर राम्रो नै गरेका छन् । तर नेपालकालदाग्ी शक्तीशाली देखिएको कम्न्युष्ट सरकार र त्यसका कार्यकारी प्रमुखको रुपमा रहेका प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ मा मोदीको हेलिकप्टेर झारेर समेत राष्ट्रियतामाथी गम्भिर हस्तक्षेप गर्न भारतलाई सघाएका छन् ।

मेदी भ्रमणले मुलुकलाई धेरै आर्थिक फाईदा भएपनि राजनीतिक रुपमा ईतिहासमा नै सबैभन्दा घाटा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेश नम्बर २ को लागी मात्र एक सय करोड दिन्छु भनेका छन्, केन्द्र सरकारले त्यसको समेत बिरोध वा कुनै प्रतिकृया दिन सकेको छैन । अरुण तेस्रोको उद्घाटन गर्नु र शुशील कोईरालाले बनाएको संबिधानलाई स्वीकार्नुलाई भनेको यस भ्रमणको सकारात्मक पक्षको रुपमा लिनुपर्दछ ।

नेपालमा कुनैपनि बिदेशी बिशिष्ट कुटनीतिज्ञ आउदा दह्रो सुरक्षा दिन सक्ने नेपाली सेनालाई प्रधानमन्त्रीको सुरक्षाका लागी मुख्य जिम्मा नदिई भारतीय सेनाका कमाण्डो फोर्सलाई दिईनु नेपाल सरकार र प्रधानमन्त्री ओलीको गल्ती हो, प्रधानमनत्री ओलीले यस्ता धेरै राजनीतिक गल्तीहरु गरेका छन् त्यसको हिसाब आगामी निर्बाचनमा नेपाली जनताले गर्ने नै छन् ।
(लेखक गैरआवाशीय नेपाली संघका निबर्तमान सल्लाहाकार हुन्  । )