सामाजिक सञ्जाल

प्रधानमन्त्री मोदी स्वदेश फर्किए, फर्के लगत्तै गरे ट्वीट

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण सकेर उनी भारत उडेका हुन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरेका थिए ।

शुक्रबार आएका मोदी जनकपुरधाम, मुक्तिनाथ र पशुपतिनाथमा पूजा अर्चना गरे । उनले समकक्षी ओलीसँगै उच्च राजनीतिक भेटवार्ता समेत गरी नेपाल भ्रमण ऐतिहासिक भएको प्रतिक्रीया दिएका छन् ।

नेपाल छाडे लगतै ट्वीट गर्दै प्रधानमन्त्री मोदीले भनेका छन्, ओलीसँगको कुराकानी फलदायी रहृयो । यो भ्रमणले नेपाल भारत सम्वन्धमा नयाँ उर्जा प्राप्त भएको छ ।’