पर्यटन/संस्कृति

आफ्नै जिल्लाको महोत्सव उद्घाटन हुन दिएनन् जनार्दन शर्माले !

रुकुम । विहीबार २७ गते हुने भनिएको रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सव उद्घाटन हुन सकेन । महोत्सव सञ्चालनकालागि मुसीकोट नगरपालिकाले दिएको अनुमति स्थगित गरेपछि महोत्सव उद्घाटन हुन नसकेको हो । महोत्सव उद्घाटन गर्ने भनिएको बह्राटाकुरामा सर्वसाधारणहरु झा“की सहित पुगेका थिए ।
महोत्सव उद्घाटन हुन्छ हुन्छ भनिएपनि अन्तिम सम्मपनि महोत्सवउद्घान हुन नसकेको हो । महोत्सव मुल आयोजक समितिका अध्यक्ष केशव रावलले जनार्दन शर्माको कारण महोत्सव उद्घाटन हुन नसकेको आरोप लगाए । मुसीकोट नगरपालिकाले बैशाख ७ गते महोत्सव सञ्चालनगर्न भनि अनुमति प्रदान गरेको थियो । सोही अनुमतिका आधारमा उपराष्ट्रपतिलाई महोत्सव उद्घाटन गर्न प्रमुख अतिथि बोलाइएपछि जनार्दन शर्माले महोत्सव रोक्न नगरपालिकालाई प्रयोग गरेको आरोप अध्यक्ष रावलले लगाए । नगरपालिकाले दिइसकेको अनुमति एक्कासी स्थगन ग¥यो, यसमा जनार्दनकै हात हो, आफू प्रमुख अतिथि बन्ने स्थिति नआएपछि उनले नै महोत्सव रोक्ने चालबाजी गरेकाहुन् अध्यक्ष रावलले दावी गरेका छन् । जनार्दन शर्मा प्रतिनिधि सभा सदस्यमा रुकुम (पश्चिम)बाट निर्वाचित भएका छन् भने महोत्सव मुल आयोजक समितिका अध्यक्ष केशव रावल नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष हुन् ।
रुकुम यातायात प्राली, युवा सञ्जाल रुकुम र ग्राण्डि इन्टरनेशनल होलिडे जलेमहोत्सव आयोजना गरेका हुन् । बैशाख २१ गते महोत्सव उद्घाटन गर्न भनि अनुमतिदिएको र २१ गते महोत्सव उद्घाटन नभएकाले अनुमति स्थगनभएको भनेर नगरपालिकाले बैशाख २३ गते अर्को चिठी पठाएको थियो । २१ गते महोत्सव उद्घाटनको तयारी गरिएपनि हावाहुरीले स्टल र मञ्च उडाइदिएपछि नगरपालिकाको सल्लाहमै २७गते मिति तोकिएको अध्यक्ष रावलको भनाई छ । आफू प्रमुख अतिथि नहुने स्थिति भएपछि अंकलनाता पर्ने नगर प्रमुख देवीलाल गौतमलाई ढाल बनाएर जनार्दन शर्माले सिन्डिकेट लाएकाहुन्, अध्यक्ष रावलले भने, यो राजनीतिक सिन्डिकेट पनि ढिलोचाँडो तोडिन्छ । नगर प्रमुख देवीलाल गौतमले नै जनार्दन शर्मासँग सल्लाह मिलाएपछि महोत्सव सञ्चालनको अनुमतिदिने भनेर आफूसित भनेको र त्यो प्रमाण सुरक्षित रहेको भनाई रावलको छ । महोत्सव उद्घाटनमा आफू हावी नहुने देखिएपछि अनेक हत्कण्डा अपनाएर नगरपालिकामार्फत महोत्सव उद्घाटन रोकिएको भएपनि अनौपचारीक रुपमा महोत्सव लाग्ने जानकारी अध्यक्ष रावलले दिए । यहाँ लाखौंको लगानी भएको छ, आयोजकले ३० लाख बढी लगानी गरेको छ, व्यवसायिको लगानी ५ करोड भन्दा बढी छ । जिल्लाको पर्यटन र साँस्कृतिक प्रचार प्रसार गर्ने कुरा भएकाले भैसकेको तयारी नहटाउने बरु उद्देश्यअनुसार नै महोत्सव सञ्चालनहुने भनाई आयोजकको छ । महोत्सव उद्घाटनमा आएका अतिथि र सर्वसाधारण बेलुकासम्म महोत्सव स्थलमा बसेर फर्किएको थिए । महोत्सव उद्घाटनको लागि केही ठाउँका झाँकी आएका थिए भने केही ठाउँका झाँकीलाई मुसीकोट नगरपालिकाले नै जवरजस्त राकिएको आरोप आयोजकले लगाएको छ । महोत्सव उद्घाटन नभए पनि अन्य कार्यक्रमहरु नियमित रुपमा सञ्चालनगर्ने तयारी आयोजकले गरेको छ । २८ गते राष्ट्रिय कलाकार पुस्कल शर्माको प्रस्तुती र अन्य प्रतिश्प्रधात्मक कार्यक्रमहरु हुने जनाइएको छ ।