राजनीति

मेयर पराजुली भन्छन्, ‘म आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’

बिराटनगर । नेपालको दोस्रो शहरको रुपमा रहेको बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफू नगरपालिकाको आर्थिक समृद्धीका लागी जिउज्यान दिएर लागी परेको बताएका छन् ।

सुर्यखबर डट्  कम् संगको छोटो कुराकानीमा मेयर पराजुलीले आफू स्थानीय तहको निर्बाचनको घोषणपत्रमा जनतासंग गरेका बाचा पुरा गर्न दिनमा १८ घण्टा खटिरहेको जनाएका छन् । उनले भने मलाई मेरो भन्दा पनि बिराटनगर र यसक्षेत्रका जनताको माया छ, जसले मलाई बिश्वास गरेर जिताएर पठाउनुभएको छ, मेरो कार्यकालमा उहाँहरुलाई बिश्वासघात गर्ने छैन ।

प्रदेश नम्बर १ को राजधानी समेत रहेको बिराटनगरलाई भ्रष्टाचारमुक्त, शुसाशन, बिकशीत र समृद्धीकोदीशामा लाने जनाउदै नैतिकता र ईमान्दारीताको जगबाट काम गर्ने बिश्वास दिलाएका छन् । उनले भने, ‘म आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न ।’ उनले थपे, ‘म पाँच बर्षपछि जनताले गौरब गर्ने शहरको रुपमा बिराटनगरलाई बिकास गर्छु ।’

‘मेरा अल्पकालीन र दीर्घकालीन योजनाहरु छन्, शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा राखेको छु, शुशाशन नै समृद्धीको पहिलो आधार भन्ने मेरो मान्यता छ’ मेयर पराजुलीले भने ।
धार्मिक, सात्विक ब्यक्ती समेत रहेका पराजुली भन्छन्, ‘म जानेर कुनैपनि गल्ति गर्दिन, अन्जानबाट कुनै गल्ति भएमा सच्याउछु, म जनताको सरसल्लाह सुझाबलाई लिएर अगाडी बढ्नेछु’ उनले जिकिर गरे । उनले बिज्ञ समूह गठन गरेर बिराटनगरको समृद्धी र बिकासका लागी अगाडी बढेको बताए ।

साथै, बिराटनगरमा द्रुत गतीमा बिकास निर्माणका कार्यहरु अगाडी बढिरहेको देख्दा उनलाई बिराटनगरबासीले बिश्वास गर्ने आधारसमेत खडा भएको देखिन्छ ।

विद्यार्थी आन्दोलनबाट महेन्द्र मोरगं क्याम्पसमा सदस्य, कोशाध्यक्ष, सचिब हु्दै स्वबियू सभापतिमा बिजय भएका मेयर पराजुली बिराटनगरको गल्लि गल्लिको समस्याको बारेमा जानकारी भएकाका कारण  बिकास हुनेमा बिराटनगरबासी बिश्वस्त छन् । ग्रासरुटका जनताले मनपराउने मेयर पराजुली नेपाली काँग्रेसको भाबी नेतृत्व सम्हाल्न सक्ने क्षमता भएका युवा नेतामा समेत पर्दछन् ।

बर्तमान काँग्रेसका नगरसभापति समेत रहेका पराजुली बिद्यार्थी आन्दोलनमा संघर्ष गर्दै, ०६२ ६३ को दोस्रो जनआन्दोलनमा जेल परेका जुझारु कार्यकर्ताभित्र पर्दछन् ।