विचार/ब्लग

पार्टी एकता नभए देशमा उथलपुथल, ओली प्रधानमन्त्री हुदैँनन् ?

एच आर जोशी/काठमाडौं । पार्टी एकता चाडैँ हुन्छ, पार्टी एकता कुनै पनि हालतमा हुन्छ, पार्टी एकता देश जनताको आवश्यकता हो त्यसकारण बाम एकतालाई कसैले रोक्नै सक्दैन् यावत अभिव्यक्तीहरु नेकपा एमाले र नेकपा माओवादीका शीर्ष नेताहरुबाट प्रायः दिनैपिच्छे आईरहेका हुन्छन् । तर पार्टी एकता कहिले हुन्छ ? भन्ने प्रश्न ती नेताहरुको अगाडी ठड्याउदा उनीहरु सबैको जवाफ हुन्छ सिम्पल अर्थात चाडैँ हुन्छ । चाडैँ भनेको कहिले प्रतिप्रश्न गर्दा प्रतिउत्तर आउछँ, केही आन्तरिक बिषयहरुमा कुरा मिल्न बाकीँ छ, अब छिट्टै हुन्छ भन्ने ।

कतै अब पार्टी एकता यस्तै सवालजवाफमा सिमित त हुने होईन भन्ने चिन्ता दुवै पार्टी कार्यकर्ता र समर्थकमा हुन थालेको छ ।

अब चर्चा गरौँ, पार्टी एकता अर्थात एमाले माओवादीबीच एकता भएन भने के हुन्छ भन्ने कुराको । पार्टी एकता को सम्पूर्ण जिम्मा अध्यक्षद्धय ओली र दाहालले पाईसकेका छन् । ओली र दाहालका पछिल्ला अभिव्यक्तीहरुले पार्टी एकता हुनेमा आशंका उब्जिदैन् । तर दाहालले ५० प्रतिशत स्थान मागेको र ओलीले दिन नमानेको समाचारहरु पनि बेलाबखत प्रकाशमा नआएका भने होईनन् ।

नेताहरुको बोलीमा ठेगान हुदैँन भन्ने भनाई विश्वको राजनीतिमा लागू हुदैँ आएको छ । आज एउटा कुरा गर्छ भोली अर्को । नेपालको कम्युनिष्ट आन्दोलनको यो अवस्थालाई विश्वले समेत हेरीरहेको छ ।
पार्टी एकताबारे शंका र उपशंका गर्नेको पनि पछिल्लो समय कमि छैन्, कार्यकर्ता देखि लिएर केही शीर्ष नेताहरुसम्म ।

विभिन्न अन्तर्वार्तामा राजनीति सम्भावनाहरुको खेल हो भनिहाल्ने दाहालले भागबन्डा नमिले पार्टी एकताको सम्भावनालाई कतै मिल्काउने पो हुन् की भन्नेमा संशय छ । एमाले अध्यक्ष ओलीलाई पार्टी एकताबाट फाईदै भएकाले एकतामा उनी सकारात्मक रहेको बुझिन्छ ।

चुनावमा सँगसँगै गएकाले र दुवै अध्यक्षहरुबीच कुरा मिल्ने कुरामा शंका बीच पार्टी एकता भएन भने निकै ठूलो दुर्घटना हुन सक्छ जसको बयान निकै गम्भीर र डरलाग्दो हुनेछ ।

पार्टी एकता टर्यो भने नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो भूईचालो आउने सम्भावना प्रचुर र वामपन्थिहरु माथि उठ्नै नसक्ने अवस्थामा आउन सक्ने देखिन्छ । पार्टी एकता नभए एमाले र माओवादी प्रति जनविश्वास घटेर दुवै पार्टीको अस्तित्व नै धरापमा पर्ने खतरा बढ्छ ।

उच्च राजनीतिक छवि बनाएका ओली र दाहालको राजनीतिक भविष्य सकिने कुरामा पनि दुईमत छैन् । यदि बामएकता भएन् भने फेरि अस्थिताको अवस्था आई विकासका सपना माटोमा मिल्छन् । पाँच बर्ष दुई तिहाई बहुमतको सरकार चलाउने अबसर पाएको कम्युनिष्ट सरकारले नेपाल अन्तराष्टिय स्तरकै सुन्दर देशको रुपमा विकास गर्नेे र खाडी मुलुक लगायत विदेशमा आफ्नो श्रम बेचिरहेका नेपाली युवाले स्वदेशमै रोजगारी पाउने नेपालीको जनको आशा, भरोशा र सपना समेत चकनाचुर बन्नेछ ।

पार्टी एकता भयो भने एमाले माओवादी, देश र जनतालाई फाईदै हुन्छ । ०४६ सालदेखि जनताले देख्दै र झेल्दै आएको राजनीतिक अस्थिरताको भूमिरी हट्छ भने आर्थिक क्रान्तिको थालनी हुने सम्भावना पनि प्रचुर सम्भावना बढेर आउछ । एमाले माओवादी कार्यकर्र्ता र बामगठबन्धनलार्ई मत दिएका जनतामा खुसीयाली त आउछ नै विपक्षी पार्टीका समर्थक कार्यकर्ता, बाम गठबन्धनलाई भोट नदिएका जनताले बाहिरबाट कुरा काटेपनि भित्रै भित्रै देशको भविष्यप्रति आशावादी हुन्छन् ।

‘मलाई थाहा छैन् बाम गठबन्धनका बीचमा पार्टी एकता होला या नहोला, भए राम्रो तर नभए ओलीलाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्रले सहयोग गर्ला त ? नयाँ समिकरण बन्ने सम्भावना पनि रहन्छ । यदि यसो भए प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहन्छ । हुनत प्रचण्डलाई राजनीतिका चतुर खेलाडी मानिन्छ ।

अहिले प्रचण्डले ओलीलाई धोका दिए आसन्न चुनावमा माओवादीको पत्तासाफ हुन्छ भन्ने कुरा प्रचण्डलाई थाहा नहुने कुरै आउदैँन । त्यसो भएको हुनाले पार्टी एकता टर्ने सम्भावना कमै देखिन्छ । आशा गरौँ, पार्टी एकता हुन्छ र बामपार्टीले ५ बर्ष स्थिर सरकार चलाई देशमा विकास र समृद्धिको मूल फुटाउछन् भनेर ।