विचार/ब्लग

‘प्रबासको राजनीति बढि परोपकारि केन्द्रित हुनुपर्छ’

सुभाष योगी/काठमाडौं । नेपाली काँग्रेसको अन्तराष्ट्रिय भातृ संगठन जनसम्पर्क समिति दक्षिण कोरीयाको अधिबेशन आउदो मे ६ तारिखमा सम्पन्न हुदैछ । अधिबेशन सम्पन्न गर्नको लागि भएका सबै तयारीहरु ,प्रचार–प्रसार एवं यसको महत्व नेपाली काग्रेशजनहरुमा निकै उत्साहपुर्ण छ । नेपाली काँग्रेसका नीति, विपिको सिद्धान्त लाई आत्मसात गर्दै नेपाली काँग्रेसको एक आस्थावान सिपाहीको हैसियतले म पनि सन् २०१२ बाट जनसम्पर्क समितिमा आवद्व छु । जनसम्पर्क समितिमा आबद्ध भएर अगाडि बढदै गर्दा धेरै अनुभवहरु संगालेको छु ।

दिनभर वा रातभर काम गरेर बचेको थोरै समयलाई सदुपयोग गर्दै संगठनका बैठकहरुमा सहभागी हुने, कार्यक्रमहरु सम्पन्न गर्ने सायद विश्वभर स्थापना भएका जनसम्पर्क समितिमा आवद्व ब्यक्तिहरु यस्तै बाध्यता सहदै संस्था बचाइ राखेका होलान् । यस्तो बाध्यता अझ बढि दक्षिण कोरियामा रहेको हामी सबलाई थाहा छ । कोरियामा दैनिक ८ देखि १६ घण्टा सम्म काम गरेर समाज र राष्ट्र को लागि केही सोच्नु आफैमा चुनौतिपुर्ण छ ।

यस्तै चुनौति र कठिनाइहरु छिचोल्दै लामो समयदेखि जनसम्पर्क समिति दक्षिण कोरियामा आबद्ध छु । क्षेत्र नं. ५ छनान र फेन्तेक क्षेत्रको क्षेत्रीय सभापति हुँदै समितिको विभिन्न भूमिकामा क्रियाशिल रहदै हालसम्म संगठनको हितको पक्षमा योगदान दिदै आएको यहाँहरु सबैलाई सर्वविदितै छ । आफ्नो पदमा रहदा या नरहदा नेपालीको हितमा मानवीय परोपकारी कार्य तथा जनसम्पर्क समितिको हरेक गतिविधिमा आफ्नो भुमिकामा कमि आउन दिएको छु जस्तो लाग्छ ।

काम गरेर बचेको समयलाइ सदुपयोग गर्दै कोरियामा दुःखमा परेका नेपाली दाजु भाइभाईको उद्वारमा राहत संकलन अथवा नेपालमा प्राकृतिक विपत्तिबाट पिडितहरुको सहयोगका लागि गरिएका समाजसेवी कार्य जीवनमा सधैं याद आइरहने छन । प्रबासमा गरिने राजनीति भनेकै मानव सेवा, उद्वार, राहत तथा परोपकारि कार्यहरु नै रहेछन् ।

यहाँ नेपाल को जस्तो पार्टी केन्द्रीकृत राजनीति त्यति अर्थ र महत्व नदेखिने रहेछ । नेपाली काग्रेसको भातृ संगठन जनसम्पर्क समितिमा आबद्ध भएर नेपाली समुदाय समक्ष गरिएका समाजसेवी एवं परोपकारि कार्य बढि वा वा र प्रसंसनिय मानिने रहेछन् । विपिको प्रजातान्त्रिक समाजवादि सपना पूरा गर्न हामीले यस्तै लोकप्रिय कार्यहरुलाइ निरन्तरता दिदै जानुपर्छ भन्ने मेरो मान्यता छ । यस्ता मान्यता मार्फत नागरिकको मन जितेर हाम्रो संगठनमा धेरै मानिसको संलग्नता बढाउन सकिन्छ जस्तो लाग्छ । तसर्थ यस्तै मान्यतामा आधारीत हुदैँ जनसम्पर्क समितिले अंगालेको नीति, बिधि र विधान लाई आत्मसात गर्दै आगामी पाचौं अधिबेशनमा मेरो उपसभापति पदमा उम्मेदवारी रहेको कुरा जानकारी गराउन चाहान्छु ।

मेरो उम्मेदवारी लाई यहाँहरुले साथ सहयोग दिई मलाई विजय बनाउनु हुनेछ भन्ने पुर्ण अपेक्षा लिएको छु । पुरा नगर्ने तर बुदामा भए नभएका प्रतिबद्धताहरु समाबेश गर्ने मेरो बानी छैन । मात्रै दुईवटा मेरा प्रतिबद्धता हरु छन् । जनसम्पर्क समितिले निर्देशन गरेको विधि विधान बमोजिम नेतृत्वसँग सहकार्य गरि कार्य योजना मार्फत काम गर्ने, अर्को देश वा विदेशमा संकटमा परेका ब्यक्ति वा समुदायको हितमा सक्रियता पुर्वक परोपकारी कार्य अगाडि बढाउने । पदमा पुगेपछि तलको ब्यक्ति वा समुदायलाई वास्ता नगर्ने खालको त्यस्तो आडम्बरीपना समेत म बाट हुने छैन ।

नेतृत्व छनौटमा प्रजातन्त्रको एउटा सुन्दर पक्ष भनेको निर्वाचन प्रणाली भनिन्छ त्यहि प्रणालीमा मेरो पनि विश्वास छ । कोरियाको विभिन्न ८ क्षेत्र का आदरणीय प्रतिनिधि ज्युहरु कतिपय तपाईंहरु सँग विगतमा सगै काम गरेको अनुभव र सम्बन्ध छ, भने नयाँ प्रतिनिधि ज्युहरु सँग आगामी दिनमा काम गर्ने दृढ इच्छाशक्ति छ । प्रबासको बसाइ अनि नेपालमा मन राखेर नेपाली काँग्रेसले अगांलेको राष्टियता, लोकतन्त्र र समाजबादको अस्तित्व रक्षा गर्नको लागी स्थापना भएको जनसम्पर्क समिति दक्षिण कोरियाको सान सधैं माथि बनाउन भुमिका खेल्ने छु । सबैसँग पुनः विन्रम अनुरोधका आग्रह गर्दछु । मेरो उपसभापति पदमा यहाहरुले आफ्नो अमुल्य मतदान गरि विजय बनाउनु हुने छ । जय नेपाल !

लेखक हाल दक्षिण कोरियामा बस्दैँ आएका छन् ।