कुराकानी

अमेरिकाले साना देशलाई हेपिरहे उ आफैं समाप्त हुन्छ, उत्तर कोरियाले अमेरिकालाई दिएको चेतावनी सहि छ –बिशाल भट्टराई (अन्तरवार्ता)

२०७४ साल मंसिर १० गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्बाचनमा पुर्वी पहाडि खोटाङ जिल्ला क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका विशाल भट्टराई नेपालीहरुकाबीच चिनाईरहनुपर्ने नाम होईन । नेकपा एमालेको तर्फबाट ०७० सालको दोस्रो संबिधान सभा निर्बाचनमा विजयी हाँशिल गरि पहिलो पटक जनताका प्रतिनिधि बन्न सफल भएका भट्टराई ०७४ सालको विजय पश्चात दुईपटक जनताका प्रतिनिधि ह्याट्रिक गर्न सफल भएका छन् । दुईपटक सम्म खोटाङको पार्टी नेतृत्व हाँकिसकेका एमाले नेता भट्टराईले नेपाली काँग्रेस नेतृ सरस्वति बजिमयलाई पराजय गरेर पुन संसद हुने मौका पाएका छन् । ०७० सालमा आफूले जिल्लाका लागि काम गरेकाले आफूलाई मतदाताले पुनः मतदान गरेर पठाएको दावी गर्ने सांसद भट्टराईसँग खोटाङ जिल्लाको समग्र विकास योजना तथ समसामायीक राजनीतिक परिस्थितिका विषयमा केन्द्रित रहेर सुर्यखबर प्रतिनिधिले गरेको कुराकानीको सारसंक्षेप :

खोटाङबाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित हुनु भएको छ । यो भन्दा अगाडि सभासद हुनु भएको थियो । विशाल भट्टराईलाई जनताले कसरी चिनुन भन्ने लाग्छ ?
पहिलोपटक यस सूर्यखबर डट् कम् मामा बोल्न पाएकोमा म यस अनलाईन पत्रिकाको सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहान्छु । पहिला जनताले मलाई कसरी चिनिरहेका छन् भन्ने एउटा अनुमानको विषय हो । मेरो चाहनामा विशाल भट्टराई जनताको माझ इमान्दारीपूर्वक काम गर्नका लागि समर्पित मान्छे हो । र हामीलाई धोका दिँदैन भनेर जनताले चिने भने मलाई पुग्छ । राजनीतिमा चाहिएको हामीलाई सबैैभन्दा महत्वपूर्ण कुरा पूरा दूर दृष्टी राख्ने र त्यसपछि निष्ठा र इमान्दारीपूर्वक जनताको काममा समर्पित हुने, मेरो खास चाहना त्यँही हो । निष्ठा होस् उसँग, इमान्दारीता होस् र जनमतको अवमूल्यन कहिल्यै नगरोस् । मलाई पनि जनताले यँही चाहँन्छन् । मलाई पनि जनताले पछि सम्म पनि यो मान्छेले इमान्दारीतापूर्वक यो काम गर्यो भनेर भनिदिएदेखि पुग्छ । बिशाल भट्टराई जनताको लागि ज्यान दिएर काम गर्छ भनेर चिनिदिए हुन्छ, म सकेको लागिपनि रहेको ।

०४८ सालबाट एमालेले खोटाङमा सधैं जितेको छ । देशभरीबाट सांसद भएर आउनुहुन्छ तपाईहरु तर, केके न गर्छु भन्नुहुन्छ, काम चैं केहि पनि हुंदैन, जनताले केही पनि पाउँदैनन् किन ?
त्यस्तो होइन, ०४८ साल यता दुईवटा चुनाव हामीले हार्यौं । ०५६ र ०६४ का निर्बाचनमा हामी पराजय पनि भएका थियौं, ०४८ पछिका चार वटा चुनाव हामीले जितेका छौं । त्यसमध्ये दुई वटा चुनाव मैले आफैंले जितें । अब के–के न गर्ने भनेर आउने तर केही नगर्ने भन्ने कुरामा म सहमत छैन । तर के हो भने भौतिक विकासको कुरा जतिसुकै दिए पनि मान्छेलाई चित्त भने बुझ्दैन । जति दिइन्छ थप अरुले माग गर्ने हुनाले त्यो चित्त बुझाइ हुँदैन् । सामान्यतया खोटाङमा हामीले धेरै कामहरु गर्यौं । ०७० सालपछि कै कुरा गर्नुहुन्छ भने हामीले खोटाङमा चुनाव जित्दा खोटाङको अवस्था जस्तो थियो चार वर्षपछि खोटाङको अवस्था बेग्लै छ । त्यसमा हाम्रो कुनै पनि हिसाबले पहलता छ । चौध वर्षदेखि नबनेको सुनकोशीको पुल हामीले ठुलो लडाँई लडेर बनाइयौं । आठ वर्षदेखि नबनेको जयराम घाटको पुल हामीले निर्माण गर्यौ । त्यो पुल त्यत्तिकै लडेर बसेको थियो । त्सससँगसँगै दुःखद घटना सुनाउँछु तपाईलाई चिसापानी र एसेलुखर्कमा प्राथमिक स्वास्थ्य केन्द्रमा २० वर्षदेखि डाक्टर बसेको थिए । उपचार हुँदैन थियोे । बिरामी हामीले लाखौ खर्च गरेर काठमाण्डौ लैजानु पथ्र्यो । अहिले उपचार पनि त्यही हुने गरेको छ । मैले चुनाव जितेको तिन महिनापछि चिसापानीमा डाक्टर बस्यो । हामीले भवितव्यमा परेको लास । जहिले पनि कुहेको लास बोकेर जनता हिँड्नुपर्ने अवस्था थियो । त्यो अवस्थाको अन्त्य गरेर त्यही पोष्टमार्टम घर निर्माण गरका छौं । त्यही मोस्टमार्टमको व्यवस्था गरको छौं । अब कुहिएका लास बोकेर हिँड्नु पर्दैन । यस्ता अनगिन्ति सम्झाएरै नसकिने घटनाहरु हाम्रा पालामा भएका छन् । जुन भनेर साध्य छैनन् । एउटा घटना सुनाउँछु म तपाईलाई गाईघाट दिक्तेल सडक करिब–करिब २५ वर्ष अगाडि मनमोहन अधिकारीले सिल्यान्यास गर्नुभएको थियो । त्यो बाटो धेरै विवादमा पर्यो र सरकारको अस्थिरताका कारण पनि त्यस्तो भएको हो । त्यो बाटो हाम्रो पालामा २ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेका थियौं । त्यो बाटो अहिले ‘डबल लेन’को बन्ने कुरा भइरहेको छ । अहिले पनि खोटाङ जिल्लाका खोलाहरुमा १० वटा पक्की पुल धमाधम निर्माणाधिन अवस्थामा रहेका छन् । त्यसले गर्दा बाटोघाटोको कुरा गर्नुहुन्छ भने गाउँपालिकासम्म पनि पुग्न सक्ने अवस्था थिएन । तर, अहिले हामी ७९ वडामा साधन लिएर पुग्न सक्छौं । चुनावमा म कँही पनि उत्रिनु परेन । साधनमा चुनाव प्रचारप्रसारमा खटिएँ । त्यसैले केही भएन भनेर तपाईको प्रश्नसँग म सहमत छैन । धेरै भएको छ तर, अहिले पनि आवश्यकता त्यत्तिकै खड्किएको छ जसलाई निरन्तरता दिन आवश्यकता पूरा गर्न फेरि जनताले हामीलाई विश्वास गरेका छन् । चुनाव जिताएका छन् ।

भनेपछि तपाईले काम धेरै गर्नु भएको छ ?
धेरै काम गरें मैले । सबैभन्दा ठुलो काम के गरें भने जनप्रतिनिधि चुनाव जितेपछि फर्केरै आउँदैनन् भनने मान्छेलाई परेको थियो । यसअगाडिका पूर्ववर्ती जनप्रतिनिधिले त्यस्तै उदाहरण दिएका थिए । जनप्रतिनिधि बोलाएका बेला आउँदोरहेछ भन्ने मानसिकत स्थापित गरियो । जनताहरु हामीसँग खुसी नै हुनुहुन्छ । जनताकाबीचमा हामी पटक–पटक गयौं त्यसैको निरन्तरता दिँदै हामीलाई भोट हाल्नुभयो । त्यसकारणले गर्दा जनता र जनप्रतिनिधिबीचको सम्बन्ध सुमधुर हुनुपर्छ भन्ने मान्यताले गर्दा यहाँसम्म आयौं ।

वाम एकता अगाडि बढ्छ कि भोली प्रचण्डले धोका दिन्छन् ?
अब यो एउटा गम्भीर प्रश्न पनि हो र यो अप्ठ्यारो परिस्थिति पनि हो । फरक फरक दुईवटा धारमा उभिएका दुई वटा राजनीतिक दहरुका बीचमा एकता गर्ने कुरा चाँही आफैंमा एउटा चुनौतीपूर्ण काम हो । जसलाई हामीले सहर्ष स्वीकार गरेका छौं । यसलाई पार लगाउँछौं भन्ने लागेको छ । र वाम एकता अहिले म तपाईकोबीचमा विश्वास दिलाउन चाहान्छु जनताको म्यान्डेडलाई हामी कहिल्यै पनि अस्वीकार गर्न सक्दैनौं । त्यसैले हामी निश्चित रुपमा पार लगाएर छाड्छौं र बहुमतको पाँच वर्षीय सरकार बनाउँछौं मुलुकको स्थायीत्व, विकास र समृद्धीको ढोका खोल्छौं ।

प्रचण्डलाई अध्यक्ष दिन तयार हुन्छ त एमाले ?
को के हैसियतमा जाने ? कसललाई के जिम्मेवारी दिने ? भन्ने कुारहरु टुंगिनेछन्, टुंग्याउँछौं हामी । अहिले नै म यसै हुन्छ भन्न सक्दिन । माथिल्लो तहमा कुरा भइरहेका छन् । मलाई विश्वास के छ भने अहिलेको जनमत हामीलाई मतदान गर्ने मतदाताको भावना आम नेपाली जनताले बहुमतको सरकार बनोस् एकीकृत कम्युनिष्ट पार्टी बनोस् । र यो संविधान निर्माणपछिको पहिलो निर्वाचनले मुलुकमा लामो समयदेखि जनताको आवश्यकता बनेको मुलुकको विकास र समृद्धीको प्रस्थान बिन्दू बनोस् भन्ने जनताको चाहना छ त्यो चाहना हामी जसरी पनि पूरा गर्न सक्छौं ।

राष्ट्रपति पनि विद्या भण्डारीकै कुरा आइरहेको छ को बन्छ अबको राष्ट्रपति ?
प्रयधानमन्त्रीमा केपी ओलीको कुरा प्रस्ट छ प्रधानमन्त्री उहाँ नै बन्नुहुन्छ । बाँकी पदहरु अहिले नै टुंगो लागेको छैन । एउटा संम्भावना तपाईले भनेको पनि तर, त्यही नै विषय अहिले टुंगो लागिसकेको छैन । मैले यहाँ भन्नेबित्तिकै टुंगो लाग्नेस्थिति पनि छैन । त्यसैले तपाईले भनेको एउटा आँकलन पनि हो । अरुका पनि त्यसमा भावनाहरु छन् । त्यसकारणले दुइवटा पार्टीलाई समायोजन गर्नुपर्ने हुनाले विभिन्न विकल्पहरु छन् । सबै बिकल्पहरुमा छलफल गरेर एमाले अगाडि बढ्छ, अत्तिनुपर्ने कुरै छैन बाम एकता जसपिनि पार्टी एकतामा रुपान्तराण् हुन्छ ।

 

होइन, यसोभन्दा घमण्ड गरेजस्तो हुन्छ । हामी वामपन्थी गठबन्धन नहुँदा पनि सिङ्गल–सिङ्गल चुनाव लड्दा पनि हामी खोटाङमा जित्ने हैसियत भएका थियौं र छौं । ०७० सालको चुनाव हामीले जितेकै हो नि त स्थानीय तहको चुनावमा हामीले बहुमत ल्याएकै हो नि त । सार्वजनिक रुपमा यसो भन्दा अलिक बढ्ता हुन्छ । जो मिल्न आयो उसलाई मन दुखाई हुन्छ एकल रुपमा पनि एमालेले जित्न सक्ने जिल्ला हो खोटाङ । यद्यपी वाम गठबन्धनले जित्नमा सघाउ पुर्याएको छ ।

तपाईको नेतृत्वसँग पार्टी एकताको बिषयमा कस्तो कुरा भइरहेको छ ?
मैले धेरै खालका नेतृत्वसँग यो विषयमा कुरा गरेको छु । आफ्ना सुझावहरु पनि दिएको छु । खासगरी हाम्रो सुझाव के हो भने हामीले जनतासँमग जे भनेर भोट माग्यौं त्यो कुरा व्यवहारमा उतार्नुपर्छ । एमाले र माअ‍ोवादी केन्द्रमात्रै होइन, सकेसम्म अरुपनि सबै कम्युनिष्ट पार्टी पनि एक ठाउँमा उभ्याउनु पर्छ । एकीकृत बृहत कम्युनिष्ट पार्टी बनाउनुपर्छ । त्यसको नेतृत्वमा मुलुकको विकास र समृद्धीमा अगाडि बढ्नुपर्छ । मुलुकमा लाखौंलाख युवाहरु बेरोजगार छन् । विदेशमा छन् । कमसेकम हामीले देशभित्र रोजगारी दिनुपर्छ । हामीसँग अनन्त सम्भावना छ, स्रोत छ । हामीसँग हरेक कुराको स्रोतसाधान छ । त्यसलाई समुचित प्रयोग गर्दै देशभित्रका युवाहरुलाई उचित स्थान दिनुपर्छ । पाखुरी भएका पसिना बगाउन सक्ने क्षमता भएका युवाहरुलाई देशभित्र काम दिन सक्यौं भने हाम्रो गौरव बढ्छ । हामीले कसैसँग हात थाप्न जानु पर्दैन यो कुरा पनि हाम्रो सरकारको पालामा पूरा गर्ने कोशिस गर्न सक्छांै । जसकारणले गर्दा यति कुरामा चाहीँ म ढुक्क पार्न सक्छु । सात सालभन्दा पछाडिका एउटा पनि प्रधानमन्त्रीले पाँच वर्ष सरकार टिकाउन नपाएको इतिहास छ । तीन पटक काँग्रेसले बहुमत ल्यायो, उसले एकपटक पनि सकारलाई पाँच बर्ष टिकाउन सकेन । तर, यसपटक जनताले हामीलाई दिएको म्यान्डेडलाई पूरा गर्छौं, हामी पाँच बर्ष टिकाएर देखाउछौं ।

तपाईले भनिहाल्नु भयो, जस्तै नेपालीहरु विदेश जान्छन् रेमीटेन्सले देश चलेको छ । पहाडी जिल्लामा जनसंख्या घटेको घट्यै छ । देशको जनसंख्या बढीरहेको छ तर, खोटाङको जनसंख्या घटिरहेको छ र खोटाङका युवाहरु प्रायः खाडी देशहरु जाने र घरको समस्या टार्ने परम्परा नै बसेको छ, तपाई के भन्नुहुन्छ उनीहरुलाइर्, जसले तपाईलाई विजय गरेर पठाए ?
हामी कहाँ जनसंख्या घट्नुको मूलभूत कारण बसाईसराई हो । जे कुराका लागि मानिसहरु बसाईसराई गर्दछन् । त्यो सुविधा खोटाङमा उपलब्ध गराउनसके मानिसहरु बसाई नसर्ने रहेछन् । त्यसका लागि हामीसँग केही कार्यक्रमहरु छन् । त्यसलाई योजनाबद्ध रुपमा लागू गर्दै लैजानेछौं । खासगरी खोटाङमा प्रशस्त मात्रामा पैसा छ । पैसा कसरी छ भने ९२ करोडको अलैँची बेच्यो खोटाङले । अम्लिसो त्यत्तिकै मात्रमा बेच्छौं । पेन्सनरहरुको अरबौं पैसा आउँछ, त्यसपछि अहिले बहालवाला शिक्षक कर्मचारीले त्यत्तिकै पैसा बुझ्छन् । भयो के भन्दा त्यो पैसालाई हामीले पुँजीमा रुपान्तरण गर्न सकेनौं । व्यवसायिकता अपनाउन सकेनौं । उपभोगमा खर्च भयो । घडेरी किन्ने, घर बनाउने, खाने, गरगहना लगाउने र पिउने जस्ता काममा खर्च गर्ने हाम्रो बानी बस्यो । यसमा हामीले के गर्न खोजेका छौं भने त्यसलाई बिस्तारै पूँजीमा रुपान्तरण गर्ने, उत्पादनका काममा लगाउने र विस्तारै रोजगारी सिर्जना गर्नतिर समाजलाई केन्द्रीत गराउने अभियानमा लाग्नेछौं जसबाट बसाईसराईलाई समेत घटाउन सकिन्छ । महत्वपूर्ण कुरा पूर्वाधार पनि हो । पुर्बाधारको बिकास भएमा अलैँची बेच्नका लागि हामीले निर्माण गरेको बाटो भएर ट्र्याक्टर, ट्रक चलाउन सक्यौं भने अलैँची बैच्न कुनै दलाल गाउँ पस्न सक्दैन र स्वभाविक रुपमा त्यहाँको अलैँची कृषकले सुपथ मूल्यमा बेच्न पाउँछन्, र रोजागरी पनि सिर्जना गर्न सक्छौं हामी । जनसंख्या घट्नुको अर्को कारण परिवार नियोजनको कारण पनि हो । अहिले परिवार नियोजन गर्ने कार्य व्यवहारिक रुपमा कार्यान्वयन भएको र अहिले एउटा दुईटा भन्दा बढी बच्चा नजन्मिने कारण पनि स्कुलहरु नै खाली भइसकेका छन् । बच्चा पढाउनको लागि परिवार नै शहर पस्ने बोर्डिङ पढाउनका लागि, स्वास्थ्य उपचारका लागि झर्नुपर्ने कारण पनि गाँउ खाली भएका हुन् । यी सब कुराहरु मुख्य कराण बनेका छन् । अब बिस्तारै आधुनिक अस्पताल खोल्ने र व्यवहारिक र वैज्ञानिक शिक्षा दिन शुरु गर्ने गुणस्तरिय शिक्षा प्रदान गर्ने । त्यो पनि सामुदायिक विद्यालयहरुबाट शुरु गर्ने अभियानमा हामी लागेका छौं । यसो हुनाले बसाईसराईलाई हामीले नियन्त्रण गर्न सक्छौं त्यो निणन्त्रण गर्न सक्यौं भने खोटाङको धेरै ठुलो प्रगति हुनसक्छ ।
खोटाङ आफैंमा एउटा समृद्ध जिल्ला हो । हामीसँग नेपालको कूल जनसंख्याको १ प्रतिशत जनसंख्या छ । नेपालको भू–भागको झण्डै १ प्रतिशत भूगोल छ तर खोटाङले कहिल्यै राज्यबाट १ प्रतिशत बजेट पाएन । संधै एक प्रशित भन्दा मुनी नै छ । हामीले केपी ओली प्रधानमन्त्री हुँदा यो कुरा चित्रसहित प्रस्तुत गरेका थियौं र वहाँले कुरा बुझेर हामीलाई १ दशमलव २९ प्रतिशत बजेट खोटाङमा लागि पार्न सहयोग गरिदिनुभो । अहिले त्योभन्दा बढी बजेट बढेर जिल्ला जान थालेको छ । खोटाङमा ठुलाठुला योजना परेका छन् । यी योजना सफल भए भने खोटाङ समृद्ध जिल्ला बन्न सक्छ । हामीसँग जडिबुटी, जनशक्ति र जंगललगायत हामीसँग धेरै कुरा छ तर, हामीसँग भौतिक कुराहरुको मात्र कमी छ । भौतिक पूर्वाधारले सम्पन्न बनाउने अभियानमा हामीहरु लागेका छौं ।

यो पटक माओबादी केन्द्रसंग तपाईहरुको तालमेल थियो, तपाईले वाम गठबन्धनका कारण चुनाव जित्नु भएको होला हो ?
होइन, यसोभन्दा घमण्ड गरेजस्तो हुन्छ । हामी वामपन्थी गठबन्धन नहुँदा पनि सिङ्गल–सिङ्गल चुनाव लड्दा पनि हामी खोटाङमा जित्ने हैसियत भएका थियौं र छौं । ०७० सालको चुनाव हामीले जितेकै हो नि त स्थानीय तहको चुनावमा हामीले बहुमत ल्याएकै हो नि त । सार्वजनिक रुपमा यसो भन्दा अलिक बढ्ता हुन्छ । जो मिल्न आयो उसलाई मन दुखाई हुन्छ एकल रुपमा पनि एमालेले जित्न सक्ने जिल्ला हो खोटाङ । यद्यपी वाम गठबन्धनले जित्नमा सघाउ पुर्याएको छ । मतान्तर धेरै हुनुमा वाम गठबन्धनको ठुलो भूमिका छ, माओबादी केन्द्रको भूमिका पनि छ । बृहत रुपमा मुलुकको विकासका लागि वामपन्थी एकता गर्दैछौं भने हामीले सानोतिनो कुरा गर्न पनि मिल्दैन । जे होस् हामी वाम एकतालाई सुद्दृढ बनाएर फेरि कहिल्यै नहार्ने बनाउन सक्छौं ।

तपाई एमाले नेतामात्र नभएर प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । प्रत्यक्षतर्फ विय हुने प्रभावशाली पदमा हुनुहुन्छ । अन्तराष्ट्रिय स्तरकै पद भनौं जनताको प्रतिनिधि भएपछि । नेकपा एमालेको नेतृत्व र प्रचण्ड पनि एमाले नै हुन लाग्नुभएको छ । नेतृत्वलाई तपाई के सुझाव दिन चाहानुहुन्छ ?
मुख्यकुरा नेतृत्वमा भोली को आउला नआउला भोली छलफलकै क्रममा टुंगो लाग्ने कुरा हो । जसले भएपनि हामीले नेतृत्व गर्नैपर्छ । प्रचण्डले पनि नेतृत्व गर्नुपर्छ अथवा अरु कुनै नेताले नेतृत्व गर्नुहोला । नेतृत्वलाई मेरो सुझाव के हो भने । जनताले यो निर्वाचनमा हामीलाई जे म्यान्डेड पूरा गराएर पठाउँनुभएको छ, त्यसलाई सम्बोधन गर्ने कुरामा अलिकति पनि तलमाथि गर्नुहुंदैन । जसले चलाए पनि सरकार अस्थिर हुनुहुँदैन । पाँच वर्षका लागि स्थिर सरकार हुनुपर्छ । आजको भोली रिजल्ट खोज्ने होइन, लामो समयपछि रिजल्ट आउन सक्छ । तर असाध्य दीर्घकालिन योजनाका साथ आउनुपर्यो । जस्तो कि हुनै पनि हालतमा देशमा रेल कुदाउनु पर्यो । पूर्वपश्चिम रेल, मध्यपहाडी लोकमार्गमा रेल, व्यापार पारवाहनका लागि सम्झौता गन, पूर्वाधारको विकास गर्दै एकमिनेट पनि लोडसेडिङ नहुने गरी मुलुकका प्रत्येक घर धुरीमा बिजुली पुग्ने, उद्योगभन्दामा लोडसेडिङ नहुने वातावरण निर्माणका लागि योजना बनाउनुपर्यो । हामीसँग अहिलेको ८३ हजार मेघावट विजुली बाल्ने क्षमता छ तर अहिले हजार मेघावाट पनि विद्युत हामीसँग छैन । १० हजार मेघावट बिजुली उत्पादन गर्न सक्यौँ भने हामीलाई निर्यात गर्न पनि पुग्छ । त्यो हिसबले अगाडि बढ्नुपर्छ । हामीसँग पर्यटनको सम्भावना छ । विश्वले हामीलाई पर्यटकीय देशको रुपमा हेरेको छ । त्यसका लागि होमस्टेहरु सञ्चालन गर्ने, सडक निर्माण, पुर्षधार बिकासमा जोड दिनुपर्छ ।
हामीसँग धेरै राम्रो जमिन छ । जमिन बाँझै छ । आधुनिक खेती गर्न सकेका छैनौं । बीउबिजन पनि छैन । मलजल छैन । त्यसकारण कृषिलाई आधुनिकिकरण गर्ने योजनामा छौं । त्यस्तै हामीसँग यतिमहंगो जडिबुटी छ हामीले त्यसलाई प्लान बनाए लैजना सकेका छैनौं । त्यसलाई योजना बनाएर लैजन सके राम्रो हुनेछ । नेताहरुलाई यी कुरामा अनवरतरुपमा दृढतापूर्वक अगाडि बढ्न आग्रह गर्न मैले सल्लाहा दिन चाहन्छु । देशको विकास नहुनुका तीन वटा कारण देखेको छु मैले एक नम्बरमा स्थायीत्व भएन । मुलुकको समृद्धीका लागि केपी ओलीको नेतृत्वमा वाम गठबन्धन हुनु यो एकदमै सफलता हो । उहाँकै नेतृत्वमा भएको हो । दोस्रो भिजनरी लिडरसिप भएन । यो भनेको नेपाललाई कस्तो बनाउँछु म भन्ने योजना नेतासँग हुनुपर्छ । त्यो केपी ओलीसँग छ । उहाँ सरकारमा हुँदा जे खिल्ली उडाउन खोजे त्यो चुनावी घोषणापत्रमा उतारै हिजो उनीहरुले जुन विषयमा खिल्ली उडाए त्यही कुरा ल्याएका छन, बिपक्ष दलहरुले समेत् । अचम्म लाग्छ हामीलाई त्यसैले उहाँसग भिजन छ भन्ने देखिन्छ । तेस्रो कुरा के हो भने । हाम्रो छिमेकी मुलुक भारत नेपालको प्रगति उन्नति विकासका लागि कहिल्यै पनि सकारात्मक भएन । भोली पनि हुन्छ भन्ने त म भन्न सक्दिन । भोली होला तर आजसम्म चाँही रहेन । त्यसकारण भारतले म ठुलो राष्ट्र हुँ मैले साना छिमेकी राष्ट्रलाई हेप्न मिल्छ भन्ने जुन अहम पालेको छ, उसँग जुन घमण्ड छ, त्यो हटाउन जरुरी छ, सार्वभौम भन्ने कुरा बराबर हुन्छ हरेक देशमा । भुगोल, जनसंख्यामा ठुलो म सानोलाई हेप्न मिल्छ भन्ने हुँदैन । सार्वभोमसत्ता मेरो मात्र हो सानाको छैन भन्न मिल्दैन । त्यसलाई बुझाउने काम चाँही केपी ओलीले गर्नुभएको हो । एक सय ३५ दिन लामो नाकाबन्दीलाई उहाँले दृढतापूर्वक सामना गर्नुभयो । त्यसैले देशको विकासका लागि तीनवटा चुनौति छन् । एउटा छिमेकीको बक्रदृष्टी, दोस्रो भिजनरी लिडरसीपको अभाव र तेस्रो स्थायित्वको अभाव यो तिनवटै कुराको समाधान केपी ओलीले दिनुभएको छ त्यसैले उहाँको नेतृत्वमा पाँच वर्ष सरकार चल्यो भने हाम्रो देशको विकासको समृद्धीको प्रस्थान बिन्दु यँही नै हो ।

भारतसँगको सम्बन्ध झन् बिग्रियो भने ओलीज्यूले सरकार चलाउन सक्नुहुन्छ त ?
मैले अघि पनि भने, सम्बन्ध बिग्रिन्छ भन्ने नै छैन नी किनभने केपी ओलीले असाध्य ठुलो अडान लिएर १ सय ३५ दिन लामो नाकाबन्दीको सामना गर्नुभयो भारत धुरुक्क रोएर नेपालको इतिहासमा पहिलो पटक भारत नेपाली जनतासामू झुकेर उसले नाकाबन्दी फिर्ता गर्यो । प्रधानमन्त्री बनेका बेला नाकाबन्दी नखोली म भारत भ्रमणमा आउँदिन भन्नु भयोे । यति ठुलो सम्मानका साथ भारतले उहाँलाई राख्यो यसले गर्दा के देखिन्छ भने हामीले देशको हितका लागि अडान लिनु भनेको भारतको विरुद्धमा होइन त्यो भारतले जुन हेपाहा प्रवृति अपनाउँदै आएको थियो, भारत त्यसबाट व्याक हुनुपर्यो । केपी ओलीले आफ्नो अडान लिएर वा भारतलाई ठिक पोजिसनमा बस भनेर पाठ सिकाउनु भनेको चाँही फेरि पनि नेपालको विरुद्धमा होइन । नेपालका पक्षमा हो । त्यसकारण डराउनुपर्ने कुरै छैन । भारत आफ्नो पोजिसनमा बस्छ नेपाल आफ्नो पोजिसनमा बसोस् । हामी कसैसँग पनि नजिक र टाढा छैनौं । हाम्रा दुईवटा छिमेकी राष्ट्र छन् । चीनसँग जे सम्बन्ध हो हाम्रो भारतसँग त्यही सम्बन्ध हो,े हामी छिमेकी मुलुकसँग समदुरीमा बस्न चाहान्छौं । दुइवटैसँग उचित दुरीको सम्बन्ध रहन्छ । त्यसमा चाँही हाम्रा पञ्चशिलका पाँच सिद्धान्त, राष्ट्रसंघले अघि सारेका मान्यता छन् र वैदेशिक सम्बन्धमा हाम्रो जे दृष्टिकोण छन् त्यसमा पार्टी नेकपा एमालेको बैदेशीक दृटिकोण स्पष्ट छ ।

नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा जुन अपराधीकरण भएको छ, मध्यमवर्गिय परिवारले आफ्ना छोराछोरी पढाउन सक्ने स्थिति छैन । बोर्डिङ पनि पढाउनुपर्ने बाध्यता छ । बोर्डिङ पढाउनका लागि गाउँबाट जनता शहर पढाउन जाने परम्पराको बिकास हुंदै गएको छ । मध्यमबर्गाीय परिवारले शहरमा पनि महंगीले बस्न सक्ने स्थिति छैन । विदेश जाउन्जेल पैसा पठाउने तर आएपछि कहाँ जाने थाहा छैन । त्यो शिक्षा र स्वास्थ्यलाई चाँही विशेष गरि अब आउने सरकारले कस्ता खालका काम गर्छ ?
यसको एकदमै सहज समाधान छ, अहिलेसम्म स्थायी सरकार नभएर देश बिग्रिएको हो । हामीले स्वास्थ्यलाई जनताको पहुँचमा पुर्याउने । पैसा नभएका कारणले कोही जनता अकालमा मर्न नपरोस् । पैसाको अभाव भएर कुनै पनि जनताले उपचार गर्न पाइएन भनेर महसुस गर्न नपरोस् भनेर एउटै अचुक अस्त्र छ त्यो हो स्वास्थ्य विमा कार्यक्रम । यो कार्यक्रमले प्रत्येक नेपालीले सरकारलाई निश्चित रकम बुझाउँछ । उसको स्वास्थ्य जुनसुकै बेला गढबढ हुँदा राज्यले खर्च गरेर उपचार गर्छ त्यो कार्यक्रम अगाडि बढिसक्यो मुलुकको ४० जिल्लामा लागू हुँदैछ । अर्को कुरा स्वास्थ्यलाई जनताको पहुँचमा पुर्याउने यो चाँही व्यहभारसँग सम्बन्धित भयो । अब अर्को चाँही ग्रामीण भेगमा अत्याधुनिक अस्पताल खोल्नुपर्छ र त्यो अस्पताल चाँही हामीले विशेषज्ञसहितको सेवा सुविधा उपलब्ध गराउनु पर्छ । त्यँही बीमा कार्यक्रमबाट जनताको उपचार हुन्छ । त्यसकारण चाँही स्वास्थ्यलाई हामी असहजतापूर्वक समाधान गर्न सक्छौं । अर्को कुरा हाम्रो स्वास्थ्य के कारणले बिग्रदैछ यस विषयमा जनचेतना जगाउनुपर्छ । हामी नेपालीहरु विरामी परेका खान नपाएर होइन खान नजानेर हो । जनताको फुड ह्याविट जे छ त्यो परिवर्तन गर्नुपर्छ । त्यसलाई व्यापक जनचेतना राज्यले पनि गर्नुपर्छ र निजी क्षेत्रसंग पनि राज्यले समन्वय गरेर अगाडि बढ्नुपर्छ । अर्को स्वास्थ्यको क्षेत्रमा हामीले ख्याल गर्नैपर्ने कुरा के पनि हो भने । नेपाल विकासोन्मुख राष्ट्र हो । हाम्रो कारणले होइन अन्य विकसित राष्ट्रले कार्बन उत्सर्जन गरेका कारणले वायुमण्डल प्रदुषित छ । त्यसले गर्दा हाम्रो स्वास्थ्य बिग्रदो छ । विकासित भनिएका राष्ट्र जसले कार्बन उत्र्सजन गर्छ उसले हामीलाई क्षतिपूर्ति दिनुपर्छ । हामीले राष्ट्रसंघ मार्फत यस कुरामा लड्नुपर्छ । त्यो क्षतिपूर्ति ल्याएर हाम्रो वातावरणमा कसरी सुधार गर्न सछौं त्यसमा हामीले सुधार गर्नुपर्छ । यी नै कुरा स्वास्थ्यमा सुधार गर्ने कुरा ।
शिक्षाको क्षेत्रमा हामीले धरै ठुलो मेहेनत गर्नु पर्दैन । हामीले सामुदायिक स्कुलहरु सरकारी लगानीका विद्यालयहरुलाई सुधार गर्नुपर्छ । अंग्रेजी माध्यमबाट पढाउन सुरु गर्नुपर्छ । शिक्षा क्षेत्र सुधार्न सजिलो उपाय छ । अंग्रेजी माध्यमबाट पढाउन सुरु गर्ने र बोर्डिङ स्कुलका कतिपय राम्रा कुराहरु सरकारी स्कुलले लागू गर्न सक्यो भने सजिलै सामुदायिक शिक्षा सुधार हुन्छ । त्यो सुधार हुनेबित्तिकै हामी गुणस्तरिय शिक्षा गाउँमै दिन सक्छौं । त्यसले गर्दा भोली हामीलाई मुलुकको आवश्कताअनुसार गुणस्तरिय जनशक्ति तयार हुन्छ र त्यो जनशक्तिले देशको विकास गर्न सक्छ र कुनै नागरिक विदेश गएर दुःख गरिरहनु पर्दैन ।

यो निशुल्क शिक्षा लागू हुने सम्भावना छ छैन ?
निशुल्क शिक्षा एकदमै सम्भव छ । कुनै ठुलै कुरा छैन ।

सबै निजी बोर्डिङहरुलाई हटाएर सरकारीकरण गर्न सम्भव छ, छैन ?
अहिले त्यो सकिँदैन तर यसलाई क्रमशः कार्यान्वयनमा राखिनुपर्छ । जबसम्म बोर्डिङले दिने शिक्षा सरकारले पनि दिनसक्छ, सामुदायिक विद्यालयबाट भन्ने कुरालाई स्थापित गर्न सकिँदैन तबसम्म अहिले नै सबै मान्छेलाई हामीले सामुदायिकमा फर्काउन सक्दैनौं । कम्तिमा पनि हामीले त्यो सन्देश दिनुपर्यो कि राज्यका लगानी भएका सामुदायिक विद्यालयले पनि गुणस्तरिय शिक्षा दिन सक्छन् भन्ने कुरालाई हामीले स्थापित गर्न सक्नुपर्छ । त्यसो हुँदा हामीले दुईवटै विद्यालयको ब्यालेन्स गर्न सक्छौं । बोर्डिङहरुले पनि अब हाम्रो एकाधिकार छैन है देशमा भने पनि उनीहरुका पनि कतिपय हामीमात्र राम्रो शिक्षा दिन सक्छौं त्यसबाट हामीले ब्याक गर्न सक्छौं । त्यो गर्ने बित्तिकै सन्तुलनमा आउँछ ।

एमाले महासचिव ईश्वर पोखरेले अध्यक्ष, संसदिय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति अथवा केपी ओली नै हुनुपर्छ भन्नु भएको थियो त्यँही कारणले चाँही वाम एकता भाँडिन्छ कि भन्ने विश्लेषण भएको छ । तपाईले देशको स्थायीत्वको लागि एउटै मान्छे पाँच वर्ष भन्नुभयो, खुलस्त पारिदिनु न?
हामीले यो बृहत वामपन्थी एकता निर्माण गर्नका लागि हरेक मान्छेका राय, सुझाव छलफल सुन्छौं नै । सबैका विचार बाहिर आइरहेका छन् । महासचिव कमरेडको कुरा आएको छ अरुका पनि आएका छन् । मलाई लाग्छ संसदिय दलको नेता भनेकै प्रधानमन्त्री हो । त्यसकारण दलको नेता र संसदिय दलको नेता अलगअलग हुने होइन । त्यसकारण जो संसदिय दलको नेता हुन्छ त्यँही प्रधानमन्त्री हुन्छ ।
अब कुरा आयो पार्टी नेतृत्वको, हेटौडाबाट माअ‍ोवादीले पनि आठौं महाधिवेशन सम्पन्न गरेको छ । नेकपा एमलेले पनि नवौं महाधिवेशन सम्पन्न गरेको छ । अब महाधिवेशन नहुन्जेलका लागि यो दुईवटा पार्टीको नेतृत्व एककिसिमले तदर्थबाटै अगाडि बढ्छ । यो बाम एकताको सङ्क्रमणकालिन अवस्थामा चाँही कस्तो खालको नेतृत्वलाई स्थापित गर्न सकिन्छ ? बाम एकता पछिको महाधिवेशनबाट स्वस्छ, स्वस्थ्य प्रतिष्पर्धाबाट नेतृत्व स्थापित हुन्छ । जनताको बहुदलवादिय जनवादले पनि भनेको त्यही नै हो । माओवादीको २१ औं जनवादले पनि भनेको त्यही हो । त्यो स्टे नआउन्जेलसम्मका लागि संक्रमणकालिन नेतृत्व हुन्छ । र संक्रमणकालमा नेतृत्व कस्तो बनाउने भन्ने कुरा छलफलकै क्रममा छ, टुंगिएको छैन । म के विश्वास दिलाउन चाहान्छु भने केही चुनौतिहरु छन् । केही अफ्ठ्याराहरु छन् । केही दुविधाहरु छन् । यसका बाबजुद पनि यी पार्टीहरु एक हुन्छन् । आम जनताले पार्टी पंक्तिले स्थापित गर्ने खालका नेतृत्व हामी स्थापित गर्छौं । यसमा चाँही ठुलो समस्या आउछ जस्तो मलाई लाग्दैन ।

अनि तपाई मन्त्री बन्नुहुन्छ त ?
अब हरेक प्रतिनिधि सभामा जितेको र प्रदेश सभामा जितेको व्यक्ति मन्त्रीका यसै पनि योग्य भइहाल्यो । म पनि दोस्रो पटक चुनाव जितेकाले मन्त्रीका लागि अनफिट छैन । आकांक्षा स्वभाविक रुपमा हुने भइहाल्यो र आम खोटाङ्गे जनताले विशाल भट्टराई मन्त्री भएर खोटाङ र मुलुकको विकासका लागि केही गर्छ भनने आशाले मतदान गरेर विजय गराउनुभएको छ ।
यो अपेक्षा मैले नेताहरुकाबीचमा राखेको छु तर मन्त्री हुनका लागि यसपटक तीन चारवटा चुनौतिहरु छन् । सबैभन्दा पहिलो कुरा हामीले संविधानमा २५ जनाको मात्र मन्त्रिमण्डल बनाउन सकिने ब्यबस्था छ । दोस्रो कुरा, अबको संघीय सरकारमा १५ वटा मात्र मन्त्रालय हुन्छन् पहिला २६ वटा मन्त्रालय हुन्थ्यो, अहिले घटेर १५ भएका छन् । तेस्रो कुरा गठबन्धन हुने भएकाले वामपन्थी दलका धेरै नेता कार्यकर्तालाई समेट्नु पर्ने हुन्छ । चौथो कुरा हाम्रा पनि कतिपय नेताहरु चुनाव जितेर आउनु भएको छ । कतिपय तीन पटक जित्ने हुनुहुन्छ, कपिय चार पटक जित्ने हुनुहुन्छ । अब हाम्रो मुलुकले समावेशीय सिद्धान्तलाई अंगिकार गर्ने घोषणा गरेको छ । त्यहाचाँही सबैखाले समावेशी सिद्धान्तलाई अपनाउनु पनि पर्यो । मलाई कुनै पनि समावेशीले छुदैन, यस्ता अप्ठ्याराहरु पनि छन् । त्यसकारण सबै चुनौतिकाबीचमा पनि एउटा इमान्दार, सक्षम, मेहनति राजनीतिज्ञको रुपमा नेताहरुले यदि यो स्वीकार गर्ने हो भने कुनैपनि मन्त्रालयको जिम्मेवारी लिन म तत्पर छु । मन्त्री हुँदै नहुँदा पनि एउटा इमान्दार जनप्रतिनिधिको रुपमा खोटाङको विकासमा म धेरै ठुलो योगदान गर्छु यसमा मलाई दुःख लाग्ने छैन । सक्दा मुलुकका लागि विकास गर्छु, नसक्दा आफ्नो क्षेत्रका लागि गर्छु, प्रदेशका लागि गर्छु । त्यसमा म दुढ र प्रतिबद्ध छु । अघिल्लो कार्यकालमा थालेका काम पूरा गर्छु र नथालेका कामहरु हाम्रो घोषणापत्रमा भएका योजनाहरुलाई प्रारम्भ गर्छु । निरन्तरता दिन्छु र जनतासँग हिजोको के सम्बन्ध हो, एक इन्च पनि म त्यसलाई टुट्न दिन्न । यति चाँही म विश्वास दिलाउन चाहान्छु, अबको पाँच वर्षभित्रमा एउटा थप महत्वपूर्ण जिम्मेवारी पूरा गर्छु, यो कुरामा भने म जनतालाई ढुक्क हुन आग्रह गर्छुु । कुनै महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका बखत मेरो एउटै स्वार्थ हुन्छ एउटै उदेश्य हुन्छ । मैले, मलाई मत दिने र मलाई विश्वास गर्ने जनताको भावनको कदर गर्नुपर्छ । जनताले कम्तिमा पनि नेकपा एमालेको उम्मेदवार विशाल भट्टराईलाई हालेको मतको कदर भयो है भन्ने महशुस गराउँछु ।

मानौं मन्त्री बन्न प्रधानमन्त्री ज्यूले तपाईलाई बोलाउनुभयो र मन्त्रालय रोज्नुस् भन्नुभयो भने तपाई कुन मन्त्रालय रोज्नुहुन्छ ?
रोजीरोजी पाउने स्थिति त के बन्ला र ! तर, रोज्नै पर्यो भने चाँही म सामान्य प्रशासन मन्त्रालय रोज्दछु । अन्य साथीहरु ठुलो बजेट भएका, आयोजना भएका, शान दिने खाल्का मन्त्रालय रोज्छन् । मैले रोज्ने मन्त्रालयमा कुनै आयोजना पनि छैनन् र बजेट पनि छैन । त्यो मन्त्रालय विकासे मन्त्रालय पनि होइन तर म किन रोज्दैछु भन्दा नेपालको निजामती प्रशासनलाई व्यापक परिवर्तन र सुधार गर्नुपर्छ । त्यो भनेको स्थायी सरकार हो । हामी नेता भनेका खास बेलाका मात्र सरकार हौं । त्यो स्थायी सरकारलाई हामीले जनताप्रति उत्तारदायी, कर्तव्यनिष्ठ नबनाएसम्म मुलुकको परिवर्तन हुँदैन । त्यो ठाउँबाट नै मुलुकको विकास र समृद्धी हुन्छ भन्ने विश्वास लिएको छु ।

अर्को प्रशंगमा जाऔं । अमेरिका र उत्तर कोरियाबीच सानो द्वन्द्व सुरु भएको छ । उत्तर कोरियाली शासक किम जोङ उनले भन्नुभएको छ की अमेरिका उडाउने अस्त्रको स्वीच मेरो टेबुलमा छ अब यो राजनीतिक घटनालाई तपाईले कसरी लिनु भएको छ ?
सबैभन्दा पहिलो कुरा सन् १९९० को दशकमा सोभियत संघको विघटन भइसकेपछि बिभिन्न टुक्रामा विभाजित पनि भयो । त्यहाँको साम्यवादी व्यवस्था पनि ढल्यो । त्यसपछि अमेरिका विश्वको एउटा शक्तीसम्पन्न राष्ट्र बन्न गयो । त्यो बेला साम्यवादी र पूँजीवादी गरेर दुईवटा ध्रुब थिए । अब साम्यबादी ध्रुव समाप्त भयो र विश्वकै सम्पूर्ण हैकम मेरै हातमा छ भन्ने व्यवहार अकेरिकाले प्रस्तुत गरिरहेकोछ पूँजिबादी ब्यवस्थाको हिमायतीको आडमा । इराकको आक्रमण होस् वा उत्तर कोरियालाई धम्की होस् वा अरु छिमेकी राष्ट्रहरु ल्याटिन अमेरिकालगायतका राष्ट्रहरुमा उसले राखेको वक्रदृष्टी । जुन छ त्यो राम्रो होइन, कुनै हालतमा अमेरिका सच्चिनै पर्छ । यदि आगामी दिनहरुमा अमेरिका सच्चिएन भने उसलाई चुनौति दिने प्रशस्त शक्तिहरु देखा पर्न सक्छन् । चीन आफैं पनि म अमेरिकासँग आर्थिक, सामरिक विकासमा टक्कर गर्न सक्छु भनेर च्यालेन्ज गरिरहेको छ ।

उत्तर कोरिया बेग्लै आस्था, विश्वास र दृष्टिकोण लिएर अगाडि बढेको राष्ट्र हो । उसको पनि आफ्नै खालको सार्वभौमसत्ता छ । उसले दक्षिण कोरिया र उत्तर कोरिया दुई धु्रवमा विभाजन भएको अवस्थामा सुरुवातदेखि नै रह्यो । दक्षिण कोरियालाई समातेर उत्तर कोरियाको अहिलेको राजनीतिक व्यवस्थालाई समाप्त पर्न खोजिरहेको छ । उत्तर कोरियालगायत विश्वका दुई सय राष्ट्रहरुमा आफ्नो मूलूकमा कस्तो खालको सार्वभौमसत्ता अपनाउँछु भन्ने सार्बभौम अधिकार छ त्यसतो अधिकार उत्तर कोरियालाई पनि छ । त्यसकारण अमेरिकाले अरु स्वतन्त्र र सार्बभौम ममूलूकहरुलाई यस्तो नीति अपना भन्न मिल्दैन । न अमेरिकालाई अरु देशले सिकाउन मिल्छ । होला अन्तराष्ट्रिय मान्यताहरु लोकतन्त्रका, मानवअधिकारका विश्वव्यापी मान्यता छन् त्यसमा सुझाव दिन सकिएला । जुन किसिमले अमेरिकाले दबाब दिइरहेको छ त्यो आफैंमा अनैतिक हो । जहाँसम्म उत्तर कोरिया हो उसले चाँही अमेरिकाको दबदबालाई प्रतिवाद गर्न खोजेको देखिन्छ । उत्तर कोरिया, एउटा सानो देश हो गरिब देश हो तर पनि उसले जुन टक्कर गर्दैछ । त्यो एउटा स्मरणीय र विश्वको इतिहासका लागि एउटा नौलो घटना होे । पछिल्लो समयलाई नजरअन्दाज गर्दा, अमेरिका अप्ठ्यारोमा छ । धेरै वर्ष भयो उत्तर कोरियालाई धम्की दिएको आक्रमण गरिहाल्न पनि केही सक्दैन, धम्क्याउन पनि छाड्दैन । उत्तर कोरियासँग पनि आणविक हतियार छ भन्ने कुरा विश्वले बुझेको कुरा हो । आणविक लडाई नै हुन थाल्यो भने यसबाट अमेरिका जोगिने अरु चाँही ध्वस्त हुने भन्ने छैन । जसरी भियतना युद्धको बेला अमेरिका हारेर रुदै फर्किनुपर्ने अवस्था थियो भोली उत्तर कोरियासँग युद्ध गरे अमेरिकाको त्यो अवस्था नआउला भन्न सकिंदैन । त्यसकारण अमेरिकाले सोच्नु के पर्छ भने म विश्वको एक्लो दादा होइन । एक ध्रुबिय विश्व व्यवस्था छैन अहिले । देशलाई कस्तो बनाउने भन्ने अधिकार म राख्छु तर अरुलाई हस्तक्षेप गर्न पाउँछु भन्ने अधिकार अमेरिकाले राख्न पाउँदैन । यदि अमेरिकाले बुझेन भने अमेरिका पनि ध्वस्त हुन सक्छ । त्यसकारण उत्तर कोरियाले आफ्ना कतिपय मान्यताहरु बदलोस् । लोकतान्त्रिक बनोस् । उसले आम जनतालाई निर्णायक अधिकार पुर्याओस् । उत्तर कोरियालाई पनि मेरो सुझाव छ – उसले आजका दिनमा कुनै अधिनायकवाद चलाएर हुँदैन । लोकतान्त्रिक हुनै पर्छ र निर्वाचनको माध्यमबाट सत्ता स्थापित गर्ने आजको अन्तराष्ट्रिय मान्यतालाई आत्मसात गर्नैपर्छ । तर, सार्वभौम सत्ताका लागि उसले जे स्ट्यान्ड लिएको छ त्यसका लागि भने मेरो समर्थन छ ।

तपाई राजनीति गर्ने मान्छे । एमाले त माअ‍ोवादीसँग त एक हुनै लागेको छ । व्यक्तिगत रुपमा काँग्रेस–माओवादीसँग केन्द्रका नेता कार्यकर्तासंग जिल्लासम्मको कस्तो सम्बन्ध छ ?
व्यक्तिगत रुपमा मेरो सबैसँग राम्रो सम्बन्ध छ । खोटाङमा दुई कार्यकाल पार्टी प्रमुख भएर बसें । म १५ वर्ष खोटाङ बस्दा एउटा निर्णायक भूमिकामा बसेको मान्छे हुं । एक हिसाबले भन्दाखेरी त्यतिबेला स्थानीय प्रतिनिधि थिएनन् । जिल्लादेखि केन्द्रसम्म राजनीतिक दलको संयन्त्रले जिल्ला चलाउँथ्यो । एउटा नेतृत्व चलाउने मान्छे म पनि हुँ । सबै राजनीतिक दलहरुलाई मिलाएर लैजाने विषयमा महत्वपूर्ण भूमिका थियो र अहिले पनि छ । खोटाङको विकासका लागि सबै दलहरुले साझा सहमतिका आधारमा काम गथ्यौं । धेरै राम्रो परिणाम पनि आएको छ । अहिले चुनावमा प्रतिष्पर्धा गरेर जितेपछि चाँही हाम्राबीचमा तिक्तताहरु त बढेकै होलान् । हार्ने पक्षले जहिले पनि आगामी बाटोमा खतरा देख्ने हुन्छ नै, त्यसका बाबजुद पनि कुनै अनुचित हर्कत नगरिकन लोकतान्त्रिक अभ्यासद्वारा भारी मतान्तरलें विययी भएको हुनाले यो नेतृत्वलाई उहाँहरुले स्वीकार गर्नुको विकल्प छैन । अहिले पनि म उहाँहरुलाई आह्वान गर्न चाहन्छु एमाले एक्लै हिँड्दैन । विशाल भट्टराई पनि हिँड्दैन, खोटाङको समृद्धीका लागि सबैलाईं साथमा लिएर हिँड्न चाहन्छ । तर, उहाँहरुले पनि रचनात्मक भूमिका निर्वाह गर्न सक्नु पर्यो । जितेको नेतृत्वलाई साथ दिनुपर्यो । असहमतिहरु स्वस्थ, मर्यादित र रचनात्मक तरिकाले कुराहरु राख्नुभयो भने मेरो साथमा हिँड्दा कुनै आपत्ति छैन । नेकपा एमाले सम्पूर्ण नेपालमा अहिले प्रतिनिधित्व गरेका राजनीतिक दलहरुलाई विकास र समृद्धीको बाटोमा सँगै लिएर हिँड्न चाहन्छ । उहाँहरुलाई हामी छोड्न चाँहदैनौं तर उहाँहरुले आफ्ना कतिपय कार्यशैलीहरु बदल्न सक्नु पर्यो जितेकोलाई स्वीकार्नु पर्यो । लोकतान्त्रिक विधिलाई मान्नुपर्यो । हार्ने तर बसेकोबसै गर्छु कुर्सीमा भनेर छोड्दै छोड्दीन भनेर टाँसिएर बस्ने प्रवृति उहाँहरुले देखाउनुभयो भने त्यो हाम्रा लागि मान्य हुँदैन ।

नेताहरु जागिर पनि गर्दैनन्, सुकिलामुकिला लुगा लगाउँछन् । महंगा गाडी चढ्छन, मीठो खान्छन, जनताको स्तर खासै बढेको छैन । त्यसको आयस्रोत चाँही के त ?
नेताप्रति जनताको असन्तोष के छ भने नेताहरु जनताभन्दा पृथक हुनुहुँदैन । सामाजिक, आर्थिक रुपमा जनता जुन तहका हुन्, नेताहरु पनि त्यही तहमा रहिदिउन भन्ने आम जनताको चाहना हुन्छ । विगतमा केही नेतृत्वबाट पैसा नै सबै कुरा हो । आफू पावरमा हुंदा, नाता गोता सबैलाई पदमा ल्याउनुपर्छ, जसरी पनि पैसा कामउनुपर्छ भन्ने केहि ब्यक्तीहरु राजनीतिमा छन्, यस्तै कतिपय मान्यताहरुका कारण राजनीतिप्रति जनतालाई केही बितृष्णा भएको सहि हो । तर राम्रो लगाउने, मिठो खाने, सुकिला लुगा लगाउन नहुने भन्ने चाँही होइन । राजनीति गर्ने, मान्छेले राजनीतिबाट पैसा कमाउन पाउँदैन । उसले अरु कुनै व्यवसाय गरेर वा अन्य पेशा अंगालेर पैसा कमाउन पाउनु उसको त्यो हक हो । फेरि पनि उसलाई त्यसबाट बञ्चित गर्ने हक हामी कसैलाई पनि छैन । तर , राजनीतिबाट पैसा कमाउन थाल्यो भने त्यो उ, नेता हुन सक्दैन यो मेरो स्पष्ट मान्यता छ र उच्च नेतृत्वलाई म के सुझाव दिन चाहान्छु भने जनताको आलोचनालाई सहर्ष स्वीकार गर्दै नेताहरु सुध्रिनु पर्दछ । उनीहरु जनताभन्दा माथि छैनन् र जनताको विकासका लागि नै उनीहरु अगाडि बढ्छन् भन्ने कुरालाई स्थापित गर्नुपर्छ । तपाईले भनेजस्तो मिठो खानै नहुने राम्रो लाउनै नहुने होइन तर त्यसैका नाममा राज्यको सम्पति ब्रम्हलुट गर्ने, भ्रष्टाचार गर्ने जनतालाई कोही नसम्झेर हामी मात्र हौं भन्ने मान्यता गलत हो त्यस्तो हामी हुनुहुन्न ।

भ्रष्टचारको कुरा गारौं, एउटा डिएसपीको अरबौंको सम्पति छ । एउटा खरदारले दिनमा १० हजार खाजामा खर्च गर्छ । सम्पति सुद्धिकरणको विषयमा तपाई के भन्नु हुन्छ ?
हामीले सम्पति सुद्धिकरणको माध्यमबाट वा भरपर्दो कुनै संरचना खडा गरेर अकुत सम्पति खडा गरेका प्रत्येक मान्छेहरुको सम्पति छानबिन गर्नुपर्छ भनेका छौं, जसको सम्पतीको पुष्टी हुँदैन उनीहरुलाई कानुनको दायरामा ल्याउनुपर्छ । विगतमा लोकमानसिंह कार्की भएको बेला के भयो भने । व्यक्तिहरु छानीछानी आग्रहपूर्वाग्रह राखेर कतिपय कर्मचारीहलाई त्रास दिने काम भयो, त्यो पनि गलत थियो । विगतमा भरपर्दो संरचना खडा गरेर तपाईले भनेजस्तो अनुचित सम्पति आर्जन गर्ने जताजतै हात लम्काउने राज्याको सम्पति दोहन गर्ने । वैयक्तिक हितका लागि सम्पति हार्जन गर्ने काम कडाइका साथ रोक्नुपर्छ । केपी ओलीले पटकपटक भन्नुभएको छ भ्रष्टचारीलाई कुनै पनि हालतमा छाडिदैन भ्रष्टाचार न्यूनिकरण गरिन्छ भनेर त्यो कुरा हामी मान्न तयार छौं ।

सधैं राजनीतिमा मात्र कुदिरहनुहुन्छ जनताले गाली पनि त्यत्तिकै गर्छन् । थकान हुन्छ तपाईले मनोरञ्जनका लागि कहिल्यै समय निकाल्नु हुन्न ?
होइन, गाली मात्र खाएका छैनौं, प्रशंसा पनि त्यतिकै पाएका छौं । म आश्चर्यमा छु, जब मेरो उम्मेदवारी घोषणा भयो, घोषणा भएसँगै एक खालको लहर चल्या, ल यो पटक विशाल भट्टराईलाई भोट हाल्नुपर्छ, जुनसुकै आस्था राख्ने मानिसहरुले पनि मलाइ मतदान दिनुपर्छ भन्ने लहर चल्यो । त्यसकारण विरोध मात्र होइन माया पनि जनताले त्यत्तिकै गर्नुभएको छ । टाउकै पुरीने गरी जनताले माला लगाइदिनु भएको छ । चाकडी गर्नाका लागि थिएन त्यो माया हो । त्यो निरन्तरता दिन हामी चाहान्छौं । विश्वव्यापी मान्यता के हो भने । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्छ । व्यस्त भए पनि कहिले काँही नाटक हेर्न जान्छु । शुनिल पोखरेलले गुरुकुलमा नाटक देखाउनुहुन्छ त्यहाँ जान्छु परिवारको साथमा र सिल्पी थिएटर जान्छु । चर्चीत र राम्रा चलचित्र आए भने परिवारका साथ हेर्न जान्छु । अर्को मेरो अनौठो बानी के छ भने गाडीको यात्रा गर्दा म गीत संगित सुनेर हिँड्नु । गाडीमा देख्नुहुनेले अनौठो मान्नु हुन्छ । कतिपय मै हुँ भन्ने गायकले यो गीत कसले लेखेको भनेर सोध्यो भने जान्दैनन् तर म गायकको नाम भन्न सक्छु । गीत सुनेर गायकगायीकाको नाम भन्न सक्छु । अधिकांश गायकको स्वर म चिन्छु । नेताले राष्ट्रिय गीत संगितमा पनि त्यत्तिकै चासो राख्नुपर्छ । म अधिकांश क्षेत्रको ज्ञान लिने गर्छु । प्रत्यक्ष रुपमा जनता र चुनाव लड्ने मान्छे त हरहमेसा जनताका समस्या सुन्दै ठिक्क हुन्छ । त्यसलाई बेखबर बनेर बेवास्ता गरेर बस्न सकिँदै सकिँदैन । कहाँ के समस्या परिरहेको हुन्छ । अहिले पनि काठमाण्डौका हस्पिटलमा खोटाङका विरामीको चाप त्यत्तिकै छ । भ्याएसम्म हेर्न जाने गरेको छु । काठमाण्डौको जाम यही हो । औषधी खान नपुग्ने जनता भयो भने मैले आर्थिक सहयोग पनि गर्ने गरेको छु । मसँग रेकर्ड छ कसलाई कति सहयोग गरें भन्ने । अहिले पनि फोन आएको आएै छ बिरामीका आफन्तहरुको ।

राजनीति गरेर हिँड्नुहुन्छ तर तपाईको राजनीति बाहेक अन्य पेशा के छ ?
मुलतः मेरो पेशा कृषि हो । मेरी श्रीमतीले शिक्षण पेशा अपनाएकी छन् । त्यही नै हो मूख्य आम्दानीको श्रोत । सांसद भएपछि दैनिकी चलाउन अलिकति तलब भत्ता आइनै हाल्छ । स्थायी रुपमा मेरो पेशा भनेको कृषी नै हो । छोराछोरी पनि हुर्किदैछन् । तिनीहरुले पनि कमाउलान् यी नै हुन् बाँच्ने आधार । मेरो राजनीतिबाट पैसा कमाउनु हुँदैन भन्ने मान्यता छ मैले अघि नै भनिसकें ।

अन्त्यमा तपाईले भन्नुपर्ने कुरा केही छ ?
अन्त्यमा म के भन्न चाहन्छु भने । जनताले धेरै ठुलो आकांक्षा लिएर हामीलाई मत हाल्नु भएको छ । उहाँहरुले धेरै ठुलो आशा गर्नुभएको छ । ति सबै आशा एकैपटक पूरा गर्ने सामथ्र्य मुलुकसँग छैन । बैदेशिक सहयोगमा टिकेको मुलुक हो । विकासका सबै कुराहरु एकै पटक सम्बोधन गर्न सकिँदैन । निष्ठापूर्वक इमान्दारीका साथ मेरो आफ्नो समय एकपटक तपाईहरुको सेवामा समर्पित हुन्छु । क्रमशः विकासका आवश्यकताहरु पूरा गर्नै कुरामा म लाग्छु । म ०७४ साल मंसिर १० गते तपाईहरुले विशाल भट्टराईलाई कदर गरेर दिएको अमूल्य मतको कहिल्यै पनि अपमान हुन दिन्न । जीवनभरी त्यो मतदानबाट तपाईहरुले शीर निहुर्याउनु पर्दैन र मेरा नाममा कसैले कहिल्यै अपमान महसुश गर्नु पर्दैन यो आत्मादेखी नै बिश्वास दिलाउन चाहान्छु ।