कुराकानी

काँग्रेस नै अबको सबैभन्दा ठूलो पार्टी हो, देवेन्द्रराज कँडेल- केन्द्रीय सदस्य, नेपाली काँग्रेस (कुराकानी)

आसन्न चुनाव नजिकिदै गर्दा विभिन्न पार्टीले आ-आफ्ना पार्टीका चुनाव लक्षित कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । नवलपरासी सुस्ता पश्चिम प्रतिनिधि सभा-२ का उम्मेद्वार एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम् पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कंडेलसंग आसन्न निर्वाचन र देशको समग्र राजनीतिक अवस्थालाई केन्द्रित गरेर गरीएको छोटो कुराकानी :

अहीलेको बाम गठबन्धनसंग चुनावी मैदानमा आउदा नेपाली कांग्रेसलाई कस्ता चुनौतिहरु देख्नु भएको छ ?
मेरो विचारमा एमाले र माओवादी केन्द्रले गरेको यो चुनाव केन्द्रीय गठबन्धन जसलाई बाम गठबन्धन भनिएको छ । यो केवल मतदातालाइ झुक्याउने खेल मात्र हो, चुनाबपछि यी दुई पार्टी एकिकरणको कुनै सम्भावना छैन् ।

अहिले एमाले र माओवादी केन्द्र पार्टी एकताको निकै चर्चामा रहेको बेला तपाईले यी दुई पार्टि एकिकरण कुनै सम्भव छैन भन्नु भयो किन ?
राजनिति सिद्धान्तमा आधारीत रहेर गरीन्छ । यी दुई पार्टीविच पार्टीगत रुपले हेर्दा कुनै पनि सिद्धान्तहरु मिल्दैनन् । जवकि सिद्धान्त नै मिल्दैन भने कसरी पार्टी एकिकरण हुन सक्छ ? अहिले आएर माओवादी केन्द्र पार्टी एमालेमा नै विलय हुनु थियो भने यो पार्टीले आफ्ना कार्यकर्ता र आफ्नो सिद्धान्त नै छाड्नु पर्दछ त्यसैले मलाई लाग्छ कि, माओवादी केन्द्रले आफ्नो सिद्धान्त नै छाडेर एमालेमा विलय हुदैन ।

काँग्रेसको कति सिट आउला त आउदो निर्बाचनमा, भन्न सक्नुहुन्छ ?

यति नै भनेर भन्न चैं सक्दिन तर काँग्रेस नै अबको सबैभन्दा ठूलो पार्टी हो भन्ने कुरामा दुईमत छैन ।

अहिले चुनावि मैदानमा बाम गठबन्धनसंग हुमीदा चुनाव जित्न तपाईलाई निकै चुनौति छ भन्छन नि ?
तपाईले भनेको कुरा बाहीरी विश्लेषणको आधारमा निकै सही हो तर चुनावमा आन्तरीक विश्लेषण गर्न जरुरी छ । हामी आन्तरीक र बाह्य विश्लेषण गरेर हेर्दा मैले त मेरो क्षेत्रमा म संग चुनावी प्रतिस्पर्धा हुने अवस्था नै देखेको छैन ।

तपाईले त अचम्मको कुरा पो गर्नु भयो त, तपाईसंग अहिले चुनावि मैदानमा बाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटव्यारो सदस्य घनश्याम यादव हुनुहुन्छ । उहांसंग तपाइैको चुनावी प्रतिस्पर्धा हुदैन त ?

हो तपाईले भनेको कुरा एकदमै सही छ मसंग चुनावी मैदानमा अहिले बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता घनश्याम यादव हुनुहुन्छ र यहांसंग मेरो चुनावी प्रतिस्पर्धा नै हुदैन किनकी उहां नवलपरासी जिल्ला निवासीनै होइन र नवलपरासी जिल्लामा पनि एमाले र माओवादी केन्द्रका धेरै साथीहरु हुदाहुदै रुपन्देहीबाट आएर नवलपरासीमा चुनावी मैदानमा होमिनु भएको छ । उहा त हाम्रो जील्लाको अतिथि हो र अतिथिसंग मेरो प्रतिस्पर्धा हुदैन र छैन पनि ।

तपाईले आफ्नो प्रतिस्पर्धा हुदैन भन्नु भएको छ, मतदातासमक्ष पुग्दा कस्तो अनुभुति पाउनु भएको छ त ?
तपाईले एकदमै राम्रो प्रश्न जोड्नु भयो । म अहिले सुनवल, परासी, सरावल, पाल्हीनन्दन लगायतका ठांउहरुमा दैनिकी घर दैलौमा हिडिरहेको छु । म प्रति जनताको ठुलो आशा र अभिलाशा रहेको छ र म जनताका ति आशा र अभिलाषा परीपुर्तिका विगत देखी हालसम्म पनि निकै तल्लीन हुन्छु । त्यसैले चुनावी परीणम पछि जनताका आशा र अभिलाषाहरु परिपूर्तिका लागी काम गर्छु । मैले अहिले जितिन भने कहिल्यैपनि जित्दिन भन्ने हेक्का मलाइ छ ।

के.पी. ओलीले त शेरबहादुर देउवालाई काँग्रेसको अन्तिम प्रधानमन्त्री अब ५० बर्ष हामी सरकार चलाउछु भनेका छन् नि ?

उनले भन्न पाउछन्, लोकतन्त्रमा बाेल्न पाईन्छ, ५० बर्ष त के १०० बर्ष नै जनताको मत जितेर प्रधानमन्त्री बने कसले रोक्छ र, तर गफ गर्न र उखान टुक्का जोडेजस्तो जनताको मत ल्याएर जित्न गाह्रो हुन्छ ।

काँग्रेससंग जनताको एक प्रकारको आक्रोस छ नि ?

आक्रोस हुनु स्वभाकि नै हो, तर हामीले ६०२/६३ को आन्दोलन पश्चात संबिधान निर्माण गर्न सफल भयौं, यो पनि हाम्रो सफलता हो, काँग्रेसले अब आर्थिक समृद्धीको बाटोमा मुलुक हाँक्ने अभिप्राय लिएको छ, त्यो समग्र नेपाली जनताले बुझ्नुभएके छ मलाई लाग्छ वहाँहरुको अमूल्यउ मतले नेपाली काँग्रेस सबैभन्दा ठस्लो पार्टी भएर बिजयी हुन्छ ।

-नेपाली काँग्रेस केन्द्रीय सहस्य देवेन्द्रराज कँडेल, नवलपरासीमा जनतासंग

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

आदरणीय मुलुकभरका नेपाली जनतालाई बुझेर, सोचेर मात्र जिम्मेवार नेताहरुलाई विजयी गराई मुलुकलाई लोकतन्त्रीक पद्धतीबाट बचाउन, संबिधान निर्माण गरेको काँग्रेसलाई संबिधान कार्यान्वयनको लागी सहज वातावरण बनाईदिनहुन समग्र नेपाली जनतालाई नेपाली कँँग्रेसलाई मतदान गर्न हार्दिक आग्रह गर्दछु । आफूले पनि नवलपरासीमा धेरै बिकासका कामहरु गरेको हुनाले विजयी गराउने आशा भएके र यहाँहरुको सेवा गर्ने मौका पाउने बिस्वास छ । द्वन्द्वकालमा १७ हजार भन्दा बढी मान्छे मारेर, हजारौं जनतालाई बिस्थापीत गराएर, भौतिक क्षति गरेर माओबादीलाई नै माथी लाने हो भने मुलुक झन पछाडी पर्छ, निर्दोस जनताको हत्या गर्नु अपराध हो, त्यस्तो अपराध गर्ने सिद्धान्त र बिचार नभएका माओबादीसंग मिल्ने हो भने हिजोको त्यसको औचित्य के त ? मात्र कुर्शी हो र ? नेपाली जनताले एकपटक बुझ्नेबेला अँएको छ ।