राजनीति

प्रजातान्त्रिक सेनानी रावलको निधन

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले पर्साका पुराना नेता गणेशशरण रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रजातन्त्र सेनानी एवं नेता रावलको गत पुस ३० गते ललितपुरको धापाखेलस्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय रावलको पत्नी, दुई छोरा र एक छोरी छन् । नेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा स्वर्गीय रावलले नेपाली काङ्ग्रेसको सङ्गठन र लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदानको स्मरण गरेको छ ।

तत्कालीन मुक्ति सेनाका सदस्य नेता रावल २००७ कात्तिक २६ गते मध्यरातमा वीरगञ्जबाट शुरु भएको सशस्त्र सङ्घर्षमा सहभागी भएको पार्टी कार्यालयले जनाएको छ । थीरबम मल्लको नेतृत्वमा सो सङ्घर्षको शुरुआत भएको थियो ।