राजनीति

कलेजलाई बिद्यार्थी बेच्ने कारखानाको संज्ञा दिँदै नेता भट्टराई भन्छन्, ‘डा केसीले मुलुक अस्तब्यस्त बनाए’

काठमाण्डौ । नेकपाका युवा नेता योगेश भट्टराईले विद्यार्थी बेच्न पल्केका स्कुल कलेजहरुले डा. केसीलाई अनसन बस्न उचाल्ने गरेको बताएका छन् ।

चिकित्शा शिक्षा विधेयकले डा केसीका अधिकाँस मागहरु पुरा गरिसकेका भएपनि उनले भनेजस्तो गर्ने हो भने अझै १० बर्ष कुनैपनि स्थानमा अस्पताल खोल्न नसकिने तर्क गरेका छन् । झापाको बिर्तामोडमा पत्रकारहरुसंग कुरा गर्दै डा केसी कुनै पवित्र मान्छे नभएको र काम गर्न मेहेनत गर्नुपर्ने भएपनि उनले ईलाम वा कतै टेक्दैमा सुन नफल्ने बरु मेहेनत गरेमा मात्र उपलब्धी हाँशिल गर्न सकिने विचार ब्यक्र गरेका छन् ।

डा केसीले बिधेयकको अध्ययन नै नगरी स्वास्थ्य क्षेत्रलाई अस्तबयस्त बनाउन खोजेको आरोप लगाएका छन् । बुधबारमात्र नेता भट्टराईले अनशनरत डा. केसी कम्युनिष्ट बिरोधी भएको आरोपसहित उनले चुनावका बेला काँग्रेसलाई मत मागेर हिँडेको बताएका थिए ।