अन्तर्राष्ट्रिय

साम्प्रदायीक दङ्गामा परी तीन दिनमा ८९० जना मारिए

जेनेभा । साम्प्रदायीक दङ्गामा परेर लोकतान्त्रिक गणतन्त्र कङ्गोमा तीन दिनमा ८९० जना मारिएको तथ्य सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् । गत डिसेम्बर महीनाको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको राष्ट्रसङ्घीय अधिकारीहरुले बताएका छन् ।