समाचार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

हिलिहाङ । मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी सख्त घाइत भएका थिए ।

घाइतेहहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राति नै झापा र विराटनगरका विभिन्न अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए ।लालीखर्कवाट फिदिमतर्फ आउँदै गरेको मे१त २९६१ नंको ट्याक्टर फिदिम–२ ओदिन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।