प्रदेश 1

औद्योगिक प्रदर्शनी केन्द्रलाई चार करोड

विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गत सत्यनारायण मन्दिरको स्वामित्वमा रहेको जग्गामा आर्थिक, सामाजिक तथा धार्मिक कार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गरिने भएको छ ।

हालै सम्पन्न ‘विराट ट्रेड एक्सपो मेला –२०७५’ मा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योगपतिका माग बमोजिम उक्त स्थानको विकास र विस्तार गर्न सनुसरी–मोरङ औद्योगिक करिडोरमा उक्त केन्द्र निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

जिल्लास्थित उद्योग सङ्गठनले विराटनगर महागनरपालिकाको सहकार्यमा वडा–३ स्थित उक्त मन्दिर सञ्चालन समितिको स्वामित्वमा रहेको सो जग्गामा प्रदर्शनी केन्द्र निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वो र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको रोहवरमा श्री सत्यनाराण मन्दिर सञ्चालन समिति र जिल्लास्थित उद्योग सङ्गठनबीच हालै सम्झौतापत्रमा हस्ताक्ष्ँर भएको थियो ।

प्रदर्शनीस्थलका लागि महानगरपालिकाले एक बिघा सात कठ्ठा र उद्योग सङ्गठनले दुई बिघा जमीन उपलब्ध गराउने सहमति भएपछि प्रदेश सरकारले यसवर्ष रु चार करोड र महानगरपालिकाले रु दुई करोड रकम उपलब्ध गराउने घोषणा गरिसकेको छ । निजी, सहकारी र सरकारी साझेदारीबाट निर्माण गरिने सो केन्द्र अगामी चारवर्षभित्रमा निर्माण गरिसक्ने र यसका लागि रु एक अर्बभन्दा बढी खर्च लाग्ने उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितले विराटनगरलगायत प्रदेश नं १ कै लागि सहज हुने प्रदर्शनीस्थलबाट यस क्ष्ँेत्रको आर्थिक एवं औद्योगिक विकासमा पनि सहयोग मिल्ने विश्वास व्यक्त गरे । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री आङबोले प्रदर्शनीस्थल अभावमा उद्योग÷व्यवसाय क्षेत्रले आफ्ना उत्पादनको बजार प्रवद्र्धन नसकिरहेको अवस्थामा यस प्रदर्शनीस्थल निर्माणले लामो समयदेखि उद्योग÷व्यवसायीले भोग्दै आएको प्रदर्शनीस्थलको अभावलाई पूर्ति गर्ने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले महानगरपालिकासमेतको सहकार्यमा विराटनगरको गौरवका रुपमा निर्माण हुने प्रदर्शनीस्थलले आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पु¥याउ“छ भने । उद्योग सङ्गठनका अध्यक्ष्ँ घिमिरे अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थलको अभावमा वार्षिक रुपमा आयोजना गरिने विराट एक्स्पोजस्ता प्रदर्शनीलाई निरन्तरता दिन सहज हुने धारणा व्यक्त गरे ।

अध्यक्ष्ँ घिमिरेले सङ्घीय सरकार, प्रदेश सरकार, महानगरपालिका र सङ्गठनबीच भएका सहमतिका आधारमा बहुवर्षीय योजनाअन्तर्गत बनाउन लागिएको प्रदर्शनीस्थल यसै आर्थिक वर्षमा शिलन्यास गरी निर्माण कार्यलाई तीव्रता दिइने बताए ।

प्रर्दशनीस्थलका विषयमा विराटनगरका उद्योगी महेश जाजुले अन्तराष्ट्रियस्तरको बन्ने यो केन्द्रमा कम्तिमा चार विघा जग्गा भएमा यसले अनन्तकालसम्म उद्योग र व्यापारलाई फाइदा पुग्ने प्रतिक्रिया दिए । उनले प्रदर्शनी केन्द्र बहुउपयोगी बनाउन सकिने भएकाले यसको प्रारम्भमा नै दीर्घकालीन सोच राखेर अघि बढ्नु पर्नेमा जोड दिए ।

सम्झौतापत्रमा सङ्गठनका तर्फबाट निवर्तमान अध्यक्ष्ँ मुकेश उपाध्याय, पूर्व अध्यक्ष्ँ सुशील धनावत, शिवशङ्कर अग्रवाल, वरिष्ठ उपाध्यक्ष्ँ सूर्य प्याकुरेल, उपाध्यक्ष्ँ प्रदीप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, तथा सत्यनाराण मन्दिर सञ्चालन समितिका तर्फबाट ई किशोर थापा, रामप्रसाद खतिवडा, मावधप्रसाद कोइराला, वल्लभप्रसाद अधिकारी, जगदीश राजवंशी, लक्ष्मीकान्त विश्वासले हस्ताक्ष्ँर गरेका थिए ।