आर्थिक

माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र ए.एम.भी. टेलकम्पनी बिच त्रि–पक्षीय सम्झौता

काठमाण्डौ । माछापुच्छ्रे बैंक, टाइम्स रेमीट रए.एम.भी. टेलकम्पनी बीचबैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागी सुविधा स्वरुपरेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रि–पक्षीय सम्झौता भएको छ ।

सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमीट र ए.एम.भी. टेलको तर्फबाट क्रमशः प्रबन्ध निर्देशक अनिल स्थापितर प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरे । यस समारोहमा टाइम्स रेमीटका महा प्रबन्धक सुदन सिंह सिलवालको पनि उपस्थिती रहेको थियो ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहक एवंम सर्वसाधारणले रेमिटएप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिटेन्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिटेन्सर बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउने छन् । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् । यस रेमिटएप (Remitap), आईओएस (ios) तथा एन्ड्रोएड (android) दुबै ओपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध छ ।

 बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९० वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टरलगायत ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।