समाचार

उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक

परासी । अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक हुन पुगेका छन्। नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक छन् । गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उनलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उपचारको खर्च करीब नौ लाख लागेकोमा बिरामी पक्षले अहिलेसम्म चार लाख तिरेको उहाँकी श्रीमती ज्ञान बेलदारले जानकारी दिए ।

बाँकी पाँच लाख अस्पताललाई तिर्न नसकेपछि पछिल्लो दुई महीनादेखि बेलदार अस्पतालमा नै बन्दी बनेको बेलदारकी श्रीमती ज्ञानले गुनासो गरे। ठेकेदार थगवा चौधरीको ट्र्याक्टरले खेत जोत्दै गर्दा बेलदार ट्र्याक्टरबाट खेसेर ट्र्याक्टरको हलोमुनि परी गम्भीर घाइते भएका थिए। अहिलेसम्मको केही पैसा ट्र्याक्टरधनी चौधरीले तिरिदिएको भए पनि बाँकी पैसा तिर्न नसकेपछि बिरामीलाई अस्पतालले घर जान दिएको छैन । केही पैसा गाउँमा चन्दा उठाएर दिने र केही पैसा अस्पतालले छुट गरिदिन माग गर्दासमेत अस्पतालले अस्वीकार गरेको सुनवलकी समाजसेवी विमला अर्यालले जानकारी दिए ।

ज्यालादारी गरेर परिवार चलाउँदै आएका मजदुर बेलदारको परिवारमा ससाना तीन बच्चासहित पाँच जनाको परिवार छ । परिवारको मुख्य व्यक्ति नै अस्पतालमा बन्धक भएपछि बेलदार परिवारलाई अहिले दैनिक छाक टार्न समस्या भएको छ ।  परासी । अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक हुन पुगेका छन्। नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक छन् ।

गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उनलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उपचारको खर्च करीब नौ लाख लागेकोमा बिरामी पक्षले अहिलेसम्म चार लाख तिरेको उहाँकी श्रीमती ज्ञान बेलदारले जानकारी दिए । बाँकी पाँच लाख अस्पताललाई तिर्न नसकेपछि पछिल्लो दुई महीनादेखि बेलदार अस्पतालमा नै बन्दी बनेको बेलदारकी श्रीमती ज्ञानले गुनासो गरे। ठेकेदार थगवा चौधरीको ट्र्याक्टरले खेत जोत्दै गर्दा बेलदार ट्र्याक्टरबाट खेसेर ट्र्याक्टरको हलोमुनि परी गम्भीर घाइते भएका थिए।

अहिलेसम्मको केही पैसा ट्र्याक्टरधनी चौधरीले तिरिदिएको भए पनि बाँकी पैसा तिर्न नसकेपछि बिरामीलाई अस्पतालले घर जान दिएको छैन । केही पैसा गाउँमा चन्दा उठाएर दिने र केही पैसा अस्पतालले छुट गरिदिन माग गर्दासमेत अस्पतालले अस्वीकार गरेको सुनवलकी समाजसेवी विमला अर्यालले जानकारी दिए । ज्यालादारी गरेर परिवार चलाउँदै आएका मजदुर बेलदारको परिवारमा ससाना तीन बच्चासहित पाँच जनाको परिवार छ । परिवारको मुख्य व्यक्ति नै अस्पतालमा बन्धक भएपछि बेलदार परिवारलाई अहिले दैनिक छाक टार्न समस्या भएको छ ।