प्रदेश 1

दुई शिक्षक सङ्गठनबीच एकीकरण

इनरुवा । नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको एकता भेलामा नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको हो ।

नेकपा माओवादी केन्द्रको भ्रातृसंस्थाको रुपमा रहेको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुनसरी र नेकपा एमालेको निकट रुपमा रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनबीच एकीकरण भएको कार्यदल सदस्य सत्यनारायण मेहताले जानकारी दिए ।

सुनसरीमा पार्टीको एकीकरणको निणर्यअनुसार शिक्षक सङ्गठनको एकीकरण भएको सदस्य मेहताले बताए । एकीकरण भेलाबाट रामबहादुर विष्टको संयोजकत्वमा ६५ सदस्य समिति एकीकृत सङ्गठन निर्माण गरिएको छ ।

एकीकृत सङ्गठन समितिको सह संयोजकमा भोजराज न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यमा बेचन यादव, चिरञ्जीवी रेग्मी, बद्री कार्की, रमानन्द मण्डल, सकिला सुब्बा, सरितादेवी मेहता, प्रमुनारायाण चौधरी, बोधराज घिमिरे, सत्यनारायण मेहतालगायतका रहेका छन् ।
देशभरका जिल्लामा एकता प्रयास जारी रहेको बेला सुनसरीमा दुई सङ्गठनको एकता भेलाबाट एकीकृत सङ्गठनको समितिसमेत सार्वजनिक गरेको छ ।