सुदूरपश्चिम

मध्ये पहाडी लोकमार्गका निर्माणमा स्थानियको चासो

काठमाडौं । पुष्पलाल मध्ये पहाडी लोकमार्ग निर्माणका विषयमा अछाम र डोटीका स्थानिय तहहरुको चाँसो बढेको छ ।

अन्तरगाउँपालिका भेटघाट तथा अनुभव आदानप्रदान गर्न डोटीको केआईसिँह गाँउपालिका पुगेको अछाम जिल्लाको चौरपाटी गाउँपालिकाको टोली विचको सम्वादमा लोकमार्ग निर्माणका लागी दुबै गाँउपालिकालाई फाईदा पुग्ने गरि निर्माण गर्न प्रदेश सरकार र संघिय सरकारलाई अनुरोध गर्ने विषयमा सहमति भएको हो । चौरपाटी गाँउपालिकाले आफ्नो गाँउपालिकालाई कसरी नवितम रुपमा प्रस्तुत गर्न सकिन्छ भन्दै अन्तरपालिका स्तरिय भेटघाटलाई अगाडी बढाएको हो ।

दुबै गाँउपालिकामा भएको विकास निर्माणका कार्य, प्रशासनिक कार्य, नवितम अनुकरणिय कार्यहरुका बारेमा दुबै गाँउपालिकाका टोली विच छलफल भएको बताईएको छ । राजनितिक आस्था भन्दा पनि देशमा आएको परिवर्तनका बारेमा जनतालाई महशुसीकरण गराउने गरि सबै स्थानिय तहहरु अहिलेको अबस्थामा मिलेर कार्य सम्पादन गर्नु पर्ने र मुलुकको मुहार फेर्नका लागी टेवा पुग्ने गरि काम गर्नु पर्ने आजको आबश्यकता समेत भएको दुबै गाँउपालिकाका अध्यक्षहरुको बुझाई रहेको छ ।

चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको नेतृत्वको टोली लाई के आइ सिह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही उपाध्यक्ष मिना देबि बिष्ट वडा अध्यक्षहरुका साथै कार्यपालिका सदस्य लगायतले स्वागत गरेको थिए ।