आर्थिक

सहकारी पत्रकार बस्नेत सम्मानित

जावलाखेल । सुर्यखबर अनलाईतन तथा समुन्नत नेपाल राष्ट्रिय मासिक पत्रिकामा पत्रकार कृष्ण चन्द्र बस्नेत सम्मानित भएका छन् । ललीतपुर जिल्लाको बहुउद्देशीय सहकारी संघले आफ्नो छौटौं बार्षिक साधारण सभाको अवशरमा सम्मान गरेको हो । सहकारीकर्मी समेत रहेका बत्रकार बस्नेत १० बर्षदेखी समुन्नत नेपाल राष्ट्रिय मासिक मा सहकारी बिट हेर्ने अनुभबी पत्रकार हुन् ।
बिहीबार सम्मानित भएका बस्नेत बिभिन्न एफएममा लोकप्रीय कार्यक्रम संचालन समत गर्छन् । सुनसरी स्थायी ठेगाना भएका बस्नेत सम्मानित भएपछि आफूलाई बहुउद्देशीय संले सम्मान गरेकोमा अझ पेशाप्रति जिम्मेवार बन्न प्रेरणा मिलेको दाबी गरेका छन् । संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पत्रबार बस्नेतलाई सम्मान गरेका थिए ।