समाचार

विकास र समृद्धिका लागि म सधैं सकारात्मक हुन्छुः पूर्वराष्ट्रपति डा. यादव

दाङ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई समृद्धिको मार्गमा लैजान आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । आज दाङको टरिगाउँ विमानस्थलमा रिपोर्टर्स क्लब दाङले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा उनले भने, “मुलुकको विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ ।”

पूर्वराष्ट्रपति डा. यादवले मुलुकलाई सही ढङ्गबाट सञ्चालन गर्नका लागि संविधान अक्षरशः कार्यान्वयन हुनुपर्छ भन्ने आम जनताको आशा र भरोसा जस्तै आफ्नो पनि चाहाना रहेको छ उल्लेख गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ बलियो र सुदृढ बनाउनुपर्ने बताए ।

वनजङ्गल तथा वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा पनि उनले जोड दिए ।