आर्थिक

एनआई सी एशिया बैंक र वल्र्ड रेमिट बिच रेमिटेन्स सम्झौता

काठमाण्डौ । एनआई सी एशिया बैंकले वल्र्ड रेमिट सँगको सहकार्यमा ५० भन्दा बढी देशबाटइनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा वल्र्ड रेमिट युके सँग सम्झौतागरि नेपाल राष्ट्र बैंकबाट बुधबारमा स्वीकृतिप्राप्त गरेसँगै विभिन्न५० भन्दा बढी देशहरुबाटइन वार्ड रेमिटेन्स सुरु गरेको हो ।

उक्त सम्झौता अनुसार वल्र्ड रेमिट मार्फत कतार, साउदी अरेबिया, यूएई, कुवेत, जापान, क्यानडा, अष्टे«लीया, न्यूजिल्याण्ड, यूके, यूएसए, युरोप लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २७० वटा शाखा कार्यालयहरु तथा ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

वल्र्डको ग्राहकमहरुले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो mobile मार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउनेगरी पैसापठाउन सक्नेछन् । यो सेवाले ग्राहकको समय तथा पैसाको बचत हुनेछ । वल्र्ड कोन्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने वल्र्ड रेमिट मार्फतका कारोवार वार्षिक १६०% ले बृद्धी भइरहेको छ । वल्र्ड रेमिटले आफ्ना ग्राहकवर्गहरुलाई आफ्नो परिवार तथा साथीलाई विभिन्न माध्यम क्यास पिकअप तथा बैंक ट्रान्सफर द्वारापैसा पठाउने सेवा दिरहेको छ ।

एनआई सी एशिया बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएकोछ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १४७ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।