पर्यटन/संस्कृति

होटल ¥याडिसनका अध्यक्ष श्रेष्ठको निधन

काठमाडौँ । होटल ¥याडिसनका अध्यक्ष गोविन्ददास श्रेष्ठको आज निधन भएको छ । होटल एशोसिएशन अफ नेपाल (हान)का सक्रिय सदस्य श्रेष्ठको ८७ वर्षको उमेरमा भारतको मुम्बईस्थित लीलावती अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको हो ।

हानका अध्यक्ष अमरमान शाक्यले एक शोक पत्र जारी गर्दै आफ्नो सदस्य पाँचतारे होटल ¥याडिसनका सञ्चालनको निधनले संस्थाका समस्त सदस्यलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।

‘स्व श्रेष्ठले पर्यटन क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ,’ शोक पत्रमा भनिएको छ । स्व श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।