आर्थिक

सन नेपाल लाइफद्वारा बीमा जागरण तथा बीमा दावी भुक्तानी

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा लम्कीमा एक कार्यक्रमका बीच कम्पनीका महाप्रवन्धक कमल राजगौत, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुमुस” र कुञ्जना घिमिरे “सुन्तली”लम्की चुहा नगरपालिकाका मेयर महादेब बजगाईको उपस्थितीमा बीमा जागरण अभियान तथा मृत्यु दावी भुक्तानी कार्यक्रम सम्पन्न गर्यो ।

यस कम्पनीमा तीन लाख बीमाङ्गको बीमा गरेका लम्की कैलालीका बीमित डिल्लीराज उपाध्याय बस दुर्घटनामा परि अपाङ्ग भएकामा निजलाई अशक्तता लाभ बापतको चेक हस्तान्तरण गरियो । कम्पनीले निजलाई मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ र निजले बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमा शुल्क मिनाहा गरी १५ बर्ष पछि बीमाङ्क वापतको तील लाख र सोमा आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गर्नेछ ।

साथै कम्पनीले सोहीदिन लम्कीमा हजारौ जनसमुदायको उपस्थिीतिमा बृहतबीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । उक्त कार्यक्रममा महा प्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना धिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पोकी थिईन् ।